��हामी कहाँ सम्पुर्ण प्रकारका ज्योतिषीय परामर्श तथा वास्तु परामर्शहरु उपलब्ध छन्। ��वैवाहिक सम्बन्ध, प्रेम प्रसङ्ग , पढाइसम्बन्ध, स्वास्थ्य जानकारी, वास्तु दोष र समाधान, पुजा पाठ, सप्ताह, ग्रहशान्ति, रुद्रि, जप, ब्रतबन्ध बिबाह लगायतका सम्पुर्ण वैदिक कार्यहरु विशिष्ट विधि बाट गरिन्छ। विदेश यात्रा, सन्तान प्राप्ति योग, कालसर्प योग, चिना लेख्ने हेर्ने लगायतका सम्पूर्ण कार्यहरुको यथार्थ विश्लेषण तथा निर्माण गरिनेछ।
Sunday, December 13, 2015
Saturday, August 15, 2015
Ho ma bahun Hun
Wednesday, June 10, 2015
यौन रोग र हस्तमैथुन
Tuesday, June 9, 2015
Monday, June 1, 2015
ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ। वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्षौ बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएकाछन्। ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। ग्रिस हुँदै भारतमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ। भारतीय उपमहाद्विपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रूप नै अर्को जस्तो भैसक्यो। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो। राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ। यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यसैलाई एउटा राशीको नाम प्रदान गरिएको हुन्छ। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन। एकमा मेष र एवम् क्रमले बाह्रमा मीन। यिनीहरूले मोटामोटी रूपमा यिनै शब्दहरूले सङ्केत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन् – मेषको मतलब भेडा, वृषको मतलब साँढे आदि। अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनी – जम्मा सात। यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि गणना गरिन्छ। यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्षद्वारा काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन्। त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन्। ज्योतिषशास्त्रले राशी र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ। राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ – जस्तै मेष-मङ्गल वृष-शुक्र मिथुन-बुध कर्कट-चन्द्र सिंह-सूर्य कन्या-बुध तुला-शुक्र वृश्चिक-मङ्गल धनु-वृहस्पति मकर-शनी कुम्भ-शनी मीन-वृहस्पति। राशी स्थिर रहन्छ। ग्रहहरू गतिशील। कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ। सम्बन्धित राशीहरू यी ग्रहका नैसर्गिक घर हुन्। आफ्नो स्वभावअनुसार ग्रहले सम्बन्धित घरको प्रवृत्तिलाई कमजोर पार्ने वा बल दिने गर्दछ। आफ्ना आफ्ना घरमा भएका बेला यिनीहरू बलवान हुन्छन्। ग्रहहरूबीच शत्रुभाव, मित्रभाव वा समभावको सम्बन्ध रहेको हुन्छ। शत्रुको घरमा पुगेको बेलामा ग्रह कमजोर हुन्छ। ज्योतिषशास्त्रको खास रमाइलो यी ग्रहहरूमा आरोपित विभिन्न अर्थहरू हुन्। मङ्गल ग्रहको रङ रातो हुन्छ, त्यसैले यसले रिस, युद्ध, लडाईँ आदिको सङ्केत गर्दछ। त्यस्तै वृहस्पतिलाई देवगुरु मानिन्छ र वृहस्पतिले शिक्षा र विद्वताको सङ्केत गर्दछ। वृहस्पति प्रधान भएको व्यक्ति विद्वान हुन्छ भनेर ज्योतिषहरू भविष्यवाणी गर्दछन्। शुक्र दानवगुरु हुन्। त्यसैले वृहस्पति शुक्रको शत्रु भयो। शुक्रले यौनको पनि सङ्केत गर्दछ। शुक्र प्रधान हुने व्यक्ति कामी हुन्छ भन्ने गरिन्छ। शनी पाप ग्रह हो। यसको प्रभाव पाप कर्ममा हुन्छ। धन पनि पाप कर्म हो। शनीको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ। चन्द्रमा सुन्दरता, कल्पनाको प्रतिक हो। यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ। यस्तै यस्तै। कुण्डलीमा प्रथम, चतुर्थ, सप्तम र दशम घरहरू अर्थात यो कुण्डलीमा १२, ३, ६ र ९ अङ्क भएका घरहरूलाई केन्द्र भनिन्छ। पहिलो घरबाट कुण्डलीवाला व्यक्ति (जातक)को निजी चरित्र अनुमान गरिन्छ। चौँथो घरबाट मातृपक्ष, शरीर आदि, सातौँ घरबाट पति/पत्नी, कुटुम्भ र दशम घरबाट पितृपक्ष, अध्यवशाय आदिको अनुमान गरिन्छ। केन्द्रमा शुभ ग्रह हुनु शुभ सङ्केत हो। त्यस्तै तृतीय, पञ्चम, नवम र एकादश घरलाई त्रिकोण भनिन्छ। द्वितीय, षष्ठम, अष्टम र द्वादश घरबाट नोक्सानी र हानिको फलादेश गरिन्छ। द्वितीय घरले आफन्तसँग विछोड अर्थात परदेशको सङ्केत गर्दछ। (आजभोलि त यहाँ शुभ ग्रह बसेको राम्रो हुन्छ किनभने विदेश त प्राथमिकता हो नि हामीहरूको!) षष्ठम घरबाट स्वास्थ, रोग आदि, अष्टम घरबाट आयु र द्वादश घरबाट धनसम्पत्तिको क्षय विचार गरिन्छ। कुनै ग्रह आफ्नै घरमा बसेको छ भने त्यसलाई स्वगृही भनिन्छ। पूर्ण फलादेशको लागि धेरै कुराको विचार आवश्यक हुन्छ। एउटा हो दृष्टि। ठाडो दृष्टि र विशेष दृष्टि महत्वका हुन्छन्। कुनै पनि ग्रहले आफू रहेको स्थानबाट सातौँ घर (आफू रहेको घरसमेत गरेर घडीको उल्टो दिशामा गन्दा सातौँ स्थानमा आउने घर)मा ठाडो दृष्टि दिन्छ। यो दृष्टिलाई ज्योतिषशास्त्रमा बलवान दृष्टि मानिन्छ। त्यस्तै अर्को दृष्टि हो विशेष दृष्टि। शनी ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मङ्गल ग्रहले चौथो र अष्टम घरमा र वृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ। फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो। दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ। त्यस्तै कुण्डलीमा नदेखाइने तर महत्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्त। राशीमा भर्खर प्रवेश गरेको ग्रह उदाउँदो हो भने, अर्को राशीमा प्रवेश गर्ने बेला भएको ग्रह अस्ताउँदो। उदाउँदो ग्रहको प्रभाव बलवान हुन्छ। ग्रहका आफ्ना भोगकाल हुन्छन्। त्यसलाई दशा भनिन्छ – वृहस्पतिको १६ वर्ष, शनीको १९ वर्ष, केतुको ७ वर्ष, शुक्रको २० वर्ष आदि। दशाहरू पनि बिभिन्न खालका हुन्छन् – विंशोत्तरी दशा, योगिनी दशा आदि। योगिनी दशा अलिक बेग्लै हो, तर यो महत्वपूर्ण मानिन्छ। फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा हुन्छन् – एउटा ग्रहको दशाभित्र फेरि सबै ग्रहको भोगकाल विभाजित हुन्छ। त्यसलाई अन्तरदशा भनिन्छ र अन्तरदशालाई पुनः विभाजन गरेर प्रत्यन्तर दशा निकालिन्छ। लग्नमा ग्रहहरूको स्थिति र सम्बन्धित दशा, अन्तरदशा, प्रत्यन्तर दशासमेतको विचार गरेर मात्र कुनै कुराको वास्तविक भविष्यवाणी गर्दछन् ज्योतिषीहरू।(ज्योतिषी भनेको सम्पूर्ण सौरमण्डललाई अध्ययन गरेको, तारा, नक्षत्र र ग्रहहरूको गणितीय पद्धतिबाट विश्लेषण गरि सत्य प्रभाव कुनै मनोविज्ञान र अड्कलन लगाईकन वैज्ञानिक विधि अनुसार सप्रमाण कथन गर्ने क्षमता भएको अभिव्यक्ति हो।[१]) यस्तै तिथि, बार, महिना, प्रहर, करण, योग आदिलाई पनि फलादेशमा महत्व हुन्छ। पूर्वीय ज्योतिषमा नक्षत्रलाई पनि महत्व दिइन्छ। चन्द्रमाले पृथ्वीलाई घुम्ने अवधिको आधारमा नक्षत्र गणना गरिन्छ। नक्षत्र जम्मा २७ वटा छन्। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र एक एक पाउसँग एक एक अक्षर सम्बन्धित हुन्छन्। यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन। यिनै कुनै एउटा अक्षरबाट जातकको नाम राखिन्छ। बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुराउँदछ! यसप्रकार जातकको राशी पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ। तर पश्चिमी परम्परामा सूर्यको आधारमा निर्धारण हुन्छ। जनबोलीमा एउटै कुरालाई जोड्दै जोड्दै लम्ब्याउने प्रवृत्तिलाइ ‘बाह्र सत्ताइस कुरा’ भन्ने चलन छ। त्यो बाह्र राशी र सत्ताइस नक्षत्रलाई सङ्केत गरेको हो। मतलब कि यसको कुरा जति गरे पनि टुङ्गिदैँन। ज्योतिषविद्यामा अङ्कज्योतिष, प्रश्नज्योतिष आदि पनि प्रचलित छन्। परमहंस स्वामी विशुद्धानन्दको योगज्योतिष थियो। त्यस्तै तन्त्रमन्त्रसँग सम्बन्धित धेरै प्रकारका विद्याहरू समाजमा विद्यमान छन्। तन्त्रसँग सम्बन्धित प्रेतसाधना, मसानसाधनादेखि लिएर धामी, झाँक्री सबैमा आखत हेर्ने, भविष्यवाणी गर्ने विद्या पाइन्छ। ज्योतिष विज्ञान आफूमा पूर्ण सत्य विज्ञान हो यसमा कसैको शंका नरहोस् भन्ने भनाई ज्योतिषीहरूको रही आएकोछ। तर समयसंगै यसमा धेरै विकारहरू आएका छन्। यो विद्यालाई आज पैसा कमाउने भाडाको रूपमा प्रयोग गरिएको छ। आदि युगमा धेरै ऋषिहरूले धेरै विस्तृत विशाल विज्ञानको रूपमा विकास गरिसकेको ज्योतिष शास्त्र आज थोरै व्यक्तिहरूको गलत व्यवहारका कारण मृत तुल्य हुन पुगेको छ। नौ ग्रह र अठाईस नक्षत्रका नाम सम्म नजान्ने व्यक्तिहरू आफ्नो नामको अगाडि श्री ज्योतिषविज्ञ,ज्योतिष भास्कर, डक्टर सम्म लेख्न पछि पर्दैनन जसको फल स्वरूप आज यो दिव्य विज्ञान ओझेलमा परेको हो त्यसका केही दोषी हामीहरू पनि हौं। किनकि यस विषयलाई कमाई खाने भाडाको रूपमा प्रयोग गर्नु पूर्व हामी गहन अध्ययन गर्न चाहदैनौ। दुईचार वटा श्लोक रटेको भरमा मानव जीवन र सम्पूर्ण चराचरको मनगढन्त फलादेश गर्न थाल्दछौ संयोगबस कसैको मिल्छ, तर अधिकतर मिल्ने कुरामा तपाईं हामी आफै ग्यारेण्टी गर्न सक्दैनौ।; यसको अपवादमा दुईचार जना विद्वानहरू हुनुहुन्छ जसलाई उपरोक्त श्रेणीमा राख्न मिल्दैन। आज जसरि विज्ञानका विद्यार्थीहरूले नयाँनयाँ खोज र सिर्जनाहरू गरिरहेका छन्, त्यस्तै यसमा पनि विद्यार्थिहरूको अथक मिहेनत र खोजको आवश्यकता छ। यदि सही ढंगले तपाईले यो शास्त्रको अध्ययन गनुभयो भने तपाईं एउटा विश्वासिलो वैज्ञानिक पनि हुनुहुनेछ।कुनै व्यक्तिविशेषको मनगढन्त ग्रन्थ अध्ययन गरेर मानवजीवनको पूर्ण भविष्यफल कथन गर्ने ग्यारेण्टी गर्नु्, जुन अतीव गलत परम्परा हो, यसको न्यूनीकरण गर्नु अति आवश्यक छ।
Friday, May 29, 2015
Unknown fact about ancient Hindu temple
Friday, May 22, 2015
घ्यू कुमारी को महत्व
aloe vera plantAloe vera is a medicinal plant. It is used for treatment and as medicine for different kind of diseases.
It is necessary to know that in what situation it should be used.Some of them are:
–for eye diseases
if aloe vera’s inside portion is used mixing turmeric powder in eyes in moderate than eye problem is reduced.
–for ear problem
Aloe vera can be used by making in moderate temperature for two or three times in case of pain in ears
–for mental problem
Everyday if aloe vera is used in amount of one spoon than diseases like head pain and bile are reduced which cools the brain system.
–if the child has constipation
giving the child the grind aloe vera with some soap bolt can cure the constipation they have.
– old fever
Just 1 teaspoon of hot ghee virgin possibly cured through diet comes from chronic fever. By doing so, do not be afraid if vomiting bile goes out.
– if jaundice
1 teaspoon aleo vera, 1 snack in the morning in the evening if the eyes of drugs, shrouding the body of the yellow and heal.
skin rashes
Aloevera , the core lac aggressive boils and matures quickly bound the wound to heal.
– 1 teaspoon aloe vera’s core, 1 teaspoon turmeric 1 pinch of good side nuna hot with whipped possibly a few days of eating on an empty stomach is OK.
Diabetic(any symptoms) in
1 teaspoon Aloe vera along with 1 teaspoon of gurjoko and sugar whipped and ate can onset disease.
–To remain young
2 spoon of Aloe vera along two times a day keeps away from diseases, strengthen teeth, make good voice and always give energy to the body.
–destroy the toxic of the body
Daily intake of aloe vera keeps all the toxic substance from the body.
-headache
Applying aloe vera making is somewhat lukewarm on the fore head can relief from headache.
–sprained or wounds or swollen part
Applying aloe vera along with some turmeric on sprained, wounded or swollen part can relief the pain.
–for any mark in the body
Applying aloe vera along with garlic in the marked part can remove it
Monday, May 18, 2015
Saturday, May 16, 2015
ज्योतिषशास्त्र
ज्योतिष
ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ। वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्षौ बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएकाछन्।
ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। ग्रिस हुँदै भारतमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ। भारतीय उपमहाद्विपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रूप नै अर्को जस्तो भैसक्यो। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो।
राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ। यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यसैलाई एउटा राशीको नाम प्रदान गरिएको हुन्छ। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन। एकमा मेष र एवम् क्रमले बाह्रमा मीन। यिनीहरूले मोटामोटी रूपमा यिनै शब्दहरूले सङ्केत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन् – मेषको मतलब भेडा, वृषको मतलब साँढे आदि। अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनी – जम्मा सात। यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि गणना गरिन्छ। यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्षद्वारा काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन्। त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन्। ज्योतिषशास्त्रले राशी र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ। राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ – जस्तै
मेष-मङ्गल वृष-शुक्र मिथुन-बुध कर्कट-चन्द्र सिंह-सूर्य कन्या-बुध तुला-शुक्र वृश्चिक-मङ्गल धनु-वृहस्पति मकर-शनी कुम्भ-शनी मीन-वृहस्पति।
राशी स्थिर रहन्छ। ग्रहहरू गतिशील। कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ। सम्बन्धित राशीहरू यी ग्रहका नैसर्गिक घर हुन्। आफ्नो स्वभावअनुसार ग्रहले सम्बन्धित घरको प्रवृत्तिलाई कमजोर पार्ने वा बल दिने गर्दछ। आफ्ना आफ्ना घरमा भएका बेला यिनीहरू बलवान हुन्छन्। ग्रहहरूबीच शत्रुभाव, मित्रभाव वा समभावको सम्बन्ध रहेको हुन्छ। शत्रुको घरमा पुगेको बेलामा ग्रह कमजोर हुन्छ। ज्योतिषशास्त्रको खास रमाइलो यी ग्रहहरूमा आरोपित विभिन्न अर्थहरू हुन्।
मङ्गल ग्रहको रङ रातो हुन्छ, त्यसैले यसले रिस, युद्ध, लडाईँ आदिको सङ्केत गर्दछ। त्यस्तै वृहस्पतिलाई देवगुरु मानिन्छ र वृहस्पतिले शिक्षा र विद्वताको सङ्केत गर्दछ। वृहस्पति प्रधान भएको व्यक्ति विद्वान हुन्छ भनेर ज्योतिषहरू भविष्यवाणी गर्दछन्। शुक्र दानवगुरु हुन्। त्यसैले वृहस्पति शुक्रको शत्रु भयो। शुक्रले यौनको पनि सङ्केत गर्दछ। शुक्र प्रधान हुने व्यक्ति कामी हुन्छ भन्ने गरिन्छ। शनी पाप ग्रह हो। यसको प्रभाव पाप कर्ममा हुन्छ। धन पनि पाप कर्म हो। शनीको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ। चन्द्रमा सुन्दरता, कल्पनाको प्रतिक हो। यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ। यस्तै यस्तै।
कुण्डलीमा प्रथम, चतुर्थ, सप्तम र दशम घरहरू अर्थात यो कुण्डलीमा १२, ३, ६ र ९ अङ्क भएका घरहरूलाई केन्द्र भनिन्छ। पहिलो घरबाट कुण्डलीवाला व्यक्ति (जातक)को निजी चरित्र अनुमान गरिन्छ। चौँथो घरबाट मातृपक्ष, शरीर आदि, सातौँ घरबाट पति/पत्नी, कुटुम्भ र दशम घरबाट पितृपक्ष, अध्यवशाय आदिको अनुमान गरिन्छ। केन्द्रमा शुभ ग्रह हुनु शुभ सङ्केत हो। त्यस्तै तृतीय, पञ्चम, नवम र एकादश घरलाई त्रिकोण भनिन्छ। द्वितीय, षष्ठम, अष्टम र द्वादश घरबाट नोक्सानी र हानिको फलादेश गरिन्छ। द्वितीय घरले आफन्तसँग विछोड अर्थात परदेशको सङ्केत गर्दछ। (आजभोलि त यहाँ शुभ ग्रह बसेको राम्रो हुन्छ किनभने विदेश त प्राथमिकता हो नि हामीहरूको!) षष्ठम घरबाट स्वास्थ, रोग आदि, अष्टम घरबाट आयु र द्वादश घरबाट धनसम्पत्तिको क्षय विचार गरिन्छ। कुनै ग्रह आफ्नै घरमा बसेको छ भने त्यसलाई स्वगृही भनिन्छ।
पूर्ण फलादेशको लागि धेरै कुराको विचार आवश्यक हुन्छ। एउटा हो दृष्टि। ठाडो दृष्टि र विशेष दृष्टि महत्वका हुन्छन्। कुनै पनि ग्रहले आफू रहेको स्थानबाट सातौँ घर (आफू रहेको घरसमेत गरेर घडीको उल्टो दिशामा गन्दा सातौँ स्थानमा आउने घर)मा ठाडो दृष्टि दिन्छ। यो दृष्टिलाई ज्योतिषशास्त्रमा बलवान दृष्टि मानिन्छ। त्यस्तै अर्को दृष्टि हो विशेष दृष्टि। शनी ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मङ्गल ग्रहले चौथो र अष्टम घरमा र वृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ। फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो। दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ। त्यस्तै कुण्डलीमा नदेखाइने तर महत्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्त। राशीमा भर्खर प्रवेश गरेको ग्रह उदाउँदो हो भने, अर्को राशीमा प्रवेश गर्ने बेला भएको ग्रह अस्ताउँदो। उदाउँदो ग्रहको प्रभाव बलवान हुन्छ। ग्रहका आफ्ना भोगकाल हुन्छन्। त्यसलाई दशा भनिन्छ – वृहस्पतिको १६ वर्ष, शनीको १९ वर्ष, केतुको ७ वर्ष, शुक्रको २० वर्ष आदि। दशाहरू पनि बिभिन्न खालका हुन्छन् – विंशोत्तरी दशा, योगिनी दशा आदि। योगिनी दशा अलिक बेग्लै हो, तर यो महत्वपूर्ण मानिन्छ। फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा हुन्छन् – एउटा ग्रहको दशाभित्र फेरि सबै ग्रहको भोगकाल विभाजित हुन्छ। त्यसलाई अन्तरदशा भनिन्छ र अन्तरदशालाई पुनः विभाजन गरेर प्रत्यन्तर दशा निकालिन्छ। लग्नमा ग्रहहरूको स्थिति र सम्बन्धित दशा, अन्तरदशा, प्रत्यन्तर दशासमेतको विचार गरेर मात्र कुनै कुराको वास्तविक भविष्यवाणी गर्दछन् ज्योतिषीहरू।(ज्योतिषी भनेको सम्पूर्ण सौरमण्डललाई अध्ययन गरेको, तारा, नक्षत्र र ग्रहहरूको गणितीय पद्धतिबाट विश्लेषण गरि सत्य प्रभाव कुनै मनोविज्ञान र अड्कलन लगाईकन वैज्ञानिक विधि अनुसार सप्रमाण कथन गर्ने क्षमता भएको अभिव्यक्ति हो। [१] )
यस्तै तिथि, बार, महिना, प्रहर, करण, योग आदिलाई पनि फलादेशमा महत्व हुन्छ। पूर्वीय ज्योतिषमा नक्षत्रलाई पनि महत्व दिइन्छ। चन्द्रमाले पृथ्वीलाई घुम्ने अवधिको आधारमा नक्षत्र गणना गरिन्छ। नक्षत्र जम्मा २७ वटा छन्। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र एक एक पाउसँग एक एक अक्षर सम्बन्धित हुन्छन्। यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन। यिनै कुनै एउटा अक्षरबाट जातकको नाम राखिन्छ। बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुराउँदछ! यसप्रकार जातकको राशी पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ। तर पश्चिमी परम्परामा सूर्यको आधारमा निर्धारण हुन्छ। जनबोलीमा एउटै कुरालाई जोड्दै जोड्दै लम्ब्याउने प्रवृत्तिलाइ ‘बाह्र सत्ताइस कुरा’ भन्ने चलन छ। त्यो बाह्र राशी र सत्ताइस नक्षत्रलाई सङ्केत गरेको हो। मतलब कि यसको कुरा जति गरे पनि टुङ्गिदैँन। ज्योतिषविद्यामा अङ्कज्योतिष, प्रश्नज्योतिष आदि पनि प्रचलित छन्। परमहंस स्वामी विशुद्धानन्दको योगज्योतिष थियो। त्यस्तै तन्त्रमन्त्रसँग सम्बन्धित धेरै प्रकारका विद्याहरू समाजमा विद्यमान छन्। तन्त्रसँग सम्बन्धित प्रेतसाधना, मसानसाधनादेखि लिएर धामी, झाँक्री सबैमा आखत हेर्ने, भविष्यवाणी गर्ने विद्या पाइन्छ।
ज्योतिष विज्ञान आफूमा पूर्ण सत्य विज्ञान हो यसमा कसैको शंका नरहोस् भन्ने भनाई ज्योतिषीहरूको रही आएकोछ। तर समयसंगै यसमा धेरै विकारहरू आएका छन्। यो विद्यालाई आज पैसा कमाउने भाडाको रूपमा प्रयोग गरिएको छ। आदि युगमा धेरै ऋषिहरूले धेरै विस्तृत विशाल विज्ञानको रूपमा विकास गरिसकेको ज्योतिष शास्त्र आज थोरै व्यक्तिहरूको गलत व्यवहारका कारण मृत तुल्य हुन पुगेको छ। नौ ग्रह र अठाईस नक्षत्रका नाम सम्म नजान्ने व्यक्तिहरू आफ्नो नामको अगाडि श्री ज्योतिषविज्ञ,ज्योतिष भास्कर, डक्टर सम्म लेख्न पछि पर्दैनन जसको फल स्वरूप आज यो दिव्य विज्ञान ओझेलमा परेको हो त्यसका केही दोषी हामीहरू पनि हौं। किनकि यस विषयलाई कमाई खाने भाडाको रूपमा प्रयोग गर्नु पूर्व हामी गहन अध्ययन गर्न चाहदैनौ। दुईचार वटा श्लोक रटेको भरमा मानव जीवन र सम्पूर्ण चराचरको मनगढन्त फलादेश गर्न थाल्दछौ संयोगबस कसैको मिल्छ, तर अधिकतर मिल्ने कुरामा तपाईं हामी आफै ग्यारेण्टी गर्न सक्दैनौ।; यसको अपवादमा दुईचार जना विद्वानहरू हुनुहुन्छ जसलाई उपरोक्त श्रेणीमा राख्न मिल्दैन। आज जसरि विज्ञानका विद्यार्थीहरूले नयाँनयाँ खोज र सिर्जनाहरू गरिरहेका छन्, त्यस्तै यसमा पनि विद्यार्थिहरूको अथक मिहेनत र खोजको आवश्यकता छ। यदि सही ढंगले तपाईले यो शास्त्रको अध्ययन गनुभयो भने तपाईं एउटा विश्वासिलो वैज्ञानिक पनि हुनुहुनेछ।कुनै व्यक्तिविशेषको मनगढन्त ग्रन्थ अध्ययन गरेर मानवजीवनको पूर्ण भविष्यफल कथन गर्ने ग्यारेण्टी गर्नु्, जुन अतीव गलत परम्परा हो, यसको न्यूनीकरण गर्नु अति आवश्यक छ।
तारा पुञ्ज
इतिहास
वेद का छ अङ्ग मानिएका छन् । तिनका नाम
शिक्षा , कल्प , निरूक्त , व्याकरण , छन्द र ज्योतिष हुन्।
यद्वत शिखा मयुराणां नागानां मणयो यथा।। तद्वद वेदांग शास्त्राणां ज्यौतिषं मूधर्नि तिष्ठति।।।।
वेदका छ अंगमा ज्योतिष शास्त्र नेत्र भएका कारण सर्व श्रेष्ठ रहेको कुरा उपरोक्त श्लोकलपुष्टि गरेको छ।
वेद अपौरूषेय छ तसर्थ वेदांग भएका कारण ज्योतिष पनि अपौरूषेय भयो अर्थात श्रृष्टिको प्रारंभबाट नै प्रचलित रहि आएको सत्य विज्ञानको रूपमा रह्यो। कालक्रम अनुसार ज्योतिष शास्त्रका अठारह प्रणेताहरू भएका छन्। यथाः-
आधार
ज्योतिष विद्या जसलाई ज्योतिष शास्त्र पनि भनिएको छ। यो विद्या निम्न बिषय वस्तुहरूमा आधिरत हुन्छ। ज्योतिष शास्त्रको पौराणिक ग्रन्थ भृगु संहिता, वृहद ज्योतिष सार, मुहुर्त चिन्तामणी, सिघ्रबेध आदी ग्रन्थका अनुसार निम्न बिषय वस्तुहरूमा आधारीत पाईएको छ।
मुख्य लेख: राशि-चक्र
पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न पुरा १२ महिना लाग्छ । यो अन्तरालमा पृथ्वी र सूर्यको दुरी परिक्रमाको बाटो आदीमा समय फरक पर्दै जान्छ । करिब १ महिना सम्म पृथ्वी र सूर्यको दुरी समान रहेको रहेको पाइन्छ । यो हिसाबले खगोल शास्त्रीहरूले पुरा एक महिना सम्म सूर्य एकै रेखामा विचरण गरेको तथ्यलाई औँल्याउदै सूर्यको यो अवस्थालाई एक "राशि"को नाम दिएका छन् । राशिहरू १२ वटा हुन्छन् । सूर्यले एक महिना सम्म एक राशिमा विचरण गर्छ भने चन्द्रमाले एक राशिमा करिब २.५ (ढाइ) दिन भोग गर्छ । यसकारण ज्योतिषविधहरूले राशिलाई क्रमश: "सूर्य राशि" र "चन्द्र राशि" दुई भागमा बिभक्त गरेता पनि हिन्दू ज्योतिष प्रमाणीकरणका अनुशार चन्द्र राशिलाई नै मान्यता दिईएको छ। [२] राशिहरूका नाम यस प्रकार छन् :-
* राशि-नाम English राशि चिन्ह (नेपाली)
1 मेष राशि Aries
2 वृष राशि Taurus wrish
3 मिथुन राशि Gemini
4 कर्क राशि Cancer karka
5 सिंह राशि Leo simha
6 कन्या राशि Vigro kanya
7 तुला राशि Libra
8 वृश्चिक राशि Scorpio vrish
9 धनु राशि Sagittarius dhanu
10 मकर राशि Capricorn makar
11 कुम्भ राशि Aquarius kumbha
12 मीन राशि Pisces min
मुख्य लेख: नक्षत्र
नक्षत्र खगोलवीधहरूका अनुसार साना ठुला
तारा हरूको समुह हो। हिन्दू ज्योतिषका मतानुसार नक्षत्रहरू निम्नानुर २७ वटा छन्।
1. अश्विनी
2. भरणी
3. कृतिका
4. रोहिणी
5. मृगशिरा
6. आद्रा
7. पुनर्वसू
8. पुष्य (तिष्य)
9. अश्लेशा
10. मघा
11. पूर्व फाल्गुनी
12. उत्तर फाल्गुनी
13. हस्ता
14. चित्रा
15. स्वाती
16. विसाखा
17. अनुराधा
18. जेष्ठा
19. मूल
20. पूर्वाषाडा
21. उत्तराषाडा
22. श्रवण
23. धनिष्ठा
24. सतभिषा
25. पूर्व भाद्रपदा
26. उत्तर भाद्र
27. रेवती
एक नक्षत्र ६० घडी अथवा २४ घण्टाको हुन्छ।
सौर्य मण्डल मा धेरै तारा, नक्षत्रहरूको समुह छ। ति मध्य केही प्रमुख तथा ठुला आकार भएका र सूर्यको वरिपरी एक निश्चित घेरा बनाएर परिक्रमा गर्ने पिण्डहरूको समूहलाई खगोलशास्त्रीहरूले ग्रहको नाम दिएका छन्। प्राचिन कालका विद्वानहरूले ७ वटा ग्रहहरू मात्र भएको प्रमाणिकरण गरेका थिए। उनिहरूको मतानुसार चन्द्रमा पनि एक ग्रह हो। तर पृथ्वीलाई ग्रहमा राखिएको छैन। पछि आएर ज्योतिषहरूले ९ वटा ग्रहहरू भएको प्रमाणीत गरे। त्यस्तै खगोलविधहरूले पनि ९ वटा ग्रहहरू भएको प्रमाण गरे। तर हिन्दू ज्योतिषविध र पश्चात्य विद्वानहरूको मतानुशार ग्रहहरूको बारेमा फरक मत देखिएको पाइन्छ। खगोलविधहरूका अनुशार ग्रहको संख्या बढ्ने सम्भावना देखिएको छ। [३] अन्तरिक्षा सम्बन्धको खोज कार्यमा संलग्न "नासा" का खगोलवीधहरू अन्तरिक्षामा अरु ग्रहहरूको सम्भावना बताउदै ग्रह खोज कार्यमा जुटेका छन्।
खगोल विज्ञान अनुसार प्रमाणीकरण गरिएका ग्रहहरूको सूचि तालिकाको लागि जानकारी प्राप्त गर्न
मुख्य लेख: ग्रह
मा जानुहोस्।
ज्योतिष शास्त्रका अनुशार ग्रहहरूको बारेम जानकारी प्राप्त गर्न
मुख्य लेख: ग्रहहरू
मा जानुहोस्।
मुख्य लेख: तिथी
चन्द्रमा ले पृथ्वीको परिक्रमा गर्छ। चन्द्रमालाई पृथ्वीको परिक्रमा पुरा गर्न करिब एक महिनाको समय लाग्छ। यसै क्रममा कहिल्यै सूर्य तथा पृथ्वीको सन्मुख दिशा त कहिल्यै विपरीत दिशामा पर्ने भएकाले कहिले पूर्ण रूपमा देखिन्छ भने कहिले देखिदै देखिदैन, कहिल्यै आधा, कहिल्यै सानो अथवा ठूलो आकारको देखिन्छ। यसरी चन्द्रमाले कहिले दृष्य कहिल्य अदूष्य हुने क्रियालाई चन्द्रमाको कला भनिन्छ।[४] चन्द्रमाको कलाको आधारमा चद्रमा पुरा देखिएको दिनलाई
पूर्णीमा (पूर्णी) र अदृष्य भएको दिनलाई
आमावश्या (औँशी) भनिन्छ। यसै गरी औँशी देखि पूर्णि सम्म पुग्न चन्द्रमाले १६ दिन लगाउँछ। यि १६ दिनको अलग अलग नाम दिएको छ जसलाई तिथि भनिन्छ। तिथिहरूका नाम यस प्रकार छन्:
प्रतिपदा
(परेवा)
द्वितिया (दुज)
तृतिया
(तिज)
चतुर्थी
(चौथी)
पञ्चमी
षष्ठी
सप्तमी
अष्टमी
नवमी
दशमी
एकादशी
द्वादशी
त्रयोदशी
चतुर्दशी
(चौदशी)
आमावस्या (औंशी)
पूर्णीमा
(पूर्णी)
यि १६ तिथी दुई पक्ष शुक्ल पक्ष र कृष्ण पक्ष दुई अलग अलग पक्षमा औँशी पक्ष र पूर्णी पक्षमा पर्छन्।
ज्योतिषका हाँगाहरू
ज्योतिष विज्ञानलाई विभिन्न भागमा विभाजित गरिएको छ।
मुख्य लेख: वास्तुशास्त्र
वास्तुशास्त्र ज्योतिष विद्याको एक हाँगो
(विभाग) हो। जसमा भवन निर्माण सम्भन्धको सम्पूर्ण जानकारी दिएको हुन्छ। यसले भवन निर्माणकोलागी ठाउँको छनौट, दिशा निर्देशन, भवन निर्माणमा भएका गल्तीहरूको दोष निवारण आदीको बारेमा जानकारी दिन्छ।
मुख्य लेख: सामूद्रीकशास्त्र
सामुद्रीक शास्त्रले शरीरका विभिन्न अंगहरू जस्तै:- हात, खुट्टा, निधार आदीका रेखाहरूको आधारमा व्याक्तीको भूत, भविष्य र वर्तमान तिनै कालको फल बताउन सक्ने ज्ञान दिन्छ।
मुख्य लेख: फलादेश
जन्म कुण्डलीमा व्याक्तीको जन्म समयको आधारमा त्यो व्याक्तीको भुत, भविष्य र वर्तमानको रूप रेखा तयार गर्न सकिन्छ।
मुख्य लेख: अंक ज्योतिष
अङ्क ज्योतिषले व्याक्तीको नाम, जन्म मिति, परिवार संख्या आदीको संख्यामा जोड, घटाउ, गुणन, भाग गरेर व्याक्ती बिशेषको त्रिकालको फल घोषणा गर्न सकिन्छ।
मुख्य लेख: प्रश्न ज्योतिष
प्रश्न ज्योतिषले कुनै पनि व्याक्ती बिशेषको बारेमा सोधिने प्रश्नको आधारमा फलको घोषणा गर्न सकिने जानकारी दिन्छ।
मुख्य लेख: सकुन विचार
सकुन विचारले विभिन्न प्रकारका लक्षण कुलक्षणको आधारमा सकुन अपसकुन निकालेर फलको घोषणा गर्न सकिने ज्ञान दिन्छ।
मुख्य लेख: स्वप्न विचार
स्वपन विचारले व्याक्तिले निदाएको बेला देखको
सपनाको आधारमा फलादेश घोषणा गर्न सकिने ज्ञान दिन्छ।
मुख्य लेख: फलादेश
जन्म समयको आधारमा राशीहरूको घर निर्धाण गारेर र अन्य जानकारीको आधारमा गरिने ब्यक्तिको भविश्यवाणी।
शनि ग्रह
शनि ग्रह (ज्योतिषशास्त्र)
शनि ( संस्कृत : शनि वा शनिश्चर, कन्नड : ಶನಿ Śani,
तमिल: சனி, Caṉi, तेलुगु : శని) ज्योतिषशास्त्र अशुभ ग्रह वा दुखको कारण मानिन्छ ।
आधुनिक दृष्टिकोणमा शनि ग्रह
शनिग्रह सौर्यमण्डलमा सूर्यबाट छैटौं ग्रह हो। यो यौटा ग्यासको पिण्ड (अङ्ग्रेजीमा gas giant ), हो जसमा ग्यास नै ग्यास रहेको छ र शायद यसमा ठोस सतह नै छैन। यसको वरिपरी एकदमै ठूलो ग्रहीय चक्का छ जुन बरफ र खनिज चट्टानले बनेको छ।
शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ किन भनें यो एकदम तिब्र गतिले घुम्छ। शनि सौरमण्डलको एउटामात्र त्यस्तो ग्रह हो जसको
घनत्व पानीको भन्दा कम छ। त्यसैले यदि शनिलाई ठूलो पोखरीमा राख्ने हो भने पोखरीमा शनि तैरने छ।
शनिका धेरै चन्द्रहरू छन्। ३० वटा चन्द्रका नामाकरण गरीएका छन्। बाँकीका चन्द्रका नाम छैनन्। १९८० भन्दा पहिले भेटाइएका वा पत्ता लगाइएका चन्द्रलाई टाइटन , रिया , , डायोनी ,
टिथिस , एन्सेलडस , माइमस , हाइपेरियन, फिबी र
ज्यानस भनिन्छ। टाइटन शनिको सबैभन्दा ठूलो चन्द्र हो। डिसेम्बर २००४ र जनवरी २००५मा शनिका नजीकैबाट खिचिएका धेरै फोटाहरू लिइएका थिए। यसको श्रेय जान्छ त्यो मानव निर्मित भू-उपग्रह जसलाई भनिन्छ। त्यस भू-उपग्रहको एउटा भागले त अझ टाइटनमा अवतरण पनि गरेको थियो।
पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चर ग्रह(Saturn on Eastern Astrology)
शनि ग्रह
पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चरलाई सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह मानिन्छ।ज्योतिषशास्त्रमा अरुणात्मज, अर्कज, असित, आदित्यसूनु, काल, नीलवसन, मन्दग, शनि, शनि ग्रह, शनिश्चर, शनैश्चर, सौरि, सूर्यपुत्र, छायासुत र मन्द नामबाट यसको वर्णन गरिएको पाइन्छ। शनिद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र अर्थात् कर्मजीवन सञ्चालित भएको मानिन्छ। कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ। त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको भाव मानिन्छ। त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्त्वपूर्ण छ। वैज्ञानिक दृष्टिकोणमा खगोलशास्त्रअनुसार शनि ग्रहको व्यास १२०५०० किलोमिटर छ र यसले १० किलोमिटर प्रति सेकेण्डको औसत गतिले सूर्यको परिक्रमा गर्दछ। सूर्यको यसको परिक्रमावृत्तको परिधि साढे एक अरब किलोमिटर छ, जुन दूरीलाई यसले करिब २९ वर्षमा पूरा गर्दछ। यसको गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा ९५ गुणा बढी छ। सौर्यमण्डलका ग्रहहरूमध्ये आकारमा बृहस्पति ग्रह मात्र यसभन्दा ठूलो छ, आफ्नो अक्षमा यस ग्रहले प्रत्येक नौ घण्टामा एकपटक यो ग्रहले परिक्रमा गर्दछ। पौराणिक मान्यताअनुसार शनि ग्रहको शिरमा स्वर्णमुकुट, घाँटीमा माला र शरीरमा नीलो रङ्गको वस्त्र धारण गरिएको हुन्छ एवं यिनको शरीर पनि इन्द्रनीलमणि समान नीलो छ। यिनको वाहन गिद्ध हो र यिनले हातमा धनुष, बाण, त्रिशूल लिएका हुन्छन्। शनिको दृष्टिलाई खराब हुन्छ भनिएको छ, देवीदेवताहरूको त के कुरा भयो र यिनका कारणले शिवजीले समेत साँढे बनेर जङ्गलजङ्गलमा भौंतारिनु परेको प्रसङ्ग पनि सुन्न पाइन्छ। रावणजस्तो शक्ति र सामर्थ्ययुक्त राजाले पनि शनिश्चरकै प्रभावकालमा मृत्युवरण गर्नु परेको प्रसङ्ग पनि यिनको महत्त्व बताउने क्रममा उल्लेख गरिन्छ। शनि भगवान् सूर्यका पुत्र हुन्, यमराज(काल) यिनका भाइ हुन् भने यमुनालाई यिनकी बहिनीका रूपमा लिइन्छ।
पुराणमा शनि ग्रहका बारेमा प्रशस्त कथाहरू प्राप्त हुन्छन्। ब्रह्मपुराणका अनुसार पिता सूर्यले यिनको विवाह चित्ररथ गन्धर्वकी छोरीसँग गरिदिए। यिनकी पत्नी परम तेजस्वी थिइन्। कुनै एकदिनको रात्रीकालमा उनी ऋतुदानको कामना गर्दै शनिसमीपमा पुगिन्, तर त्य्ससमयमा यिनी भगवान् श्रीकृष्णको आराधनामा ध्यानमग्न थिए। कामतुर पत्नीले धेरैबेर प्रतीक्षा गर्नुपर्यो र उनको ऋतुकाल निष्फल हुनपुग्यो। त्यसैले उनकी कामक्रुद्धा पत्नीले यिनलाई आफुतर्फ फर्कँदै नफर्की ध्यानमा एकोहोरिएको देखेर श्राप दिइन्- आजबाट तिमीले जसलाई हेर्नेछौ, तिम्रो दृष्टि पर्नासाथ त्यसको नाश हुनेछ। झ्वाँकमा आफ्ना पतिलाई उनले सराप्न त सरापिन् तर पछि आफुले गरेको गल्तीमा उनलाई पछुतो भयो। पत्नीको श्रापलाई प्रतिकार गर्ने सामर्थ्य र शक्ति शनिदेवमा थिएन, त्यसैले त्यसपछि भरिशक्य आफ्नो दृष्टि कसैमा नपरोस् भनेर उनी टाउको निहुर्याएर बस्नथाले। उनी आफ्नो कारणले कसैलाई पनि अनिष्ट नहोस् भन्ने चाहन्थे। [१]
राहु र केतु एउटै शरीरका दुईभाग हुन् र यी दुबैलाई भिन्नाभिन्नै छाया ग्रह मान्ने गरिन्छ। राहु र केतु यी दुबैलाई अशुभ फलदायक ग्रहका रूपमा पनि लिइन्छ र शनि ग्रहजस्तै कष्टकारी र अशुभ फलप्रदाता मानिन्छ। जब शनिको युति वा दृष्टिसम्बन्ध यी ग्रहसँग हुन्छ, त्यस्तो अवस्थामा शनि ग्रह सामान्यभन्दा अझ कडा, क्रूर र दुष्प्रभावी ग्रहका रूपमा देखा पर्दछन्। जन्मकुण्डली वा गोचरकुण्डलीमा राहु र शनिका माझमा सम्बन्ध स्थापित हुने परिस्थितिमा त्यसको प्रभावले जातकको स्वास्थ्यमा अशुभ प्रभाव पर्दछ। शनिको सम्बन्ध कम्मरमुनिको खुट्टाको क्षेत्रमा र हड्डीमा हुन्छ, राहुले पेट र पाचनप्रणालीमा आफ्नो प्रभाव देखाउँछ भने केतुले जोर्नी र रक्तसञ्चार(स्नायुप्रणाली)मा आफ्नो अधिकार क्षेत्र मान्दछ। त्यसैले शनि र राहुको एउटई राशीमा उपस्थिति हुँदा मनुष्यमा तिनको लग्नकुण्डलीको प्रभावबमोजिम यी क्षेत्रसँग सम्बद्ध रोगले असाध्यै सताउँछ। जन्मकुण्डलीमा अन्य शुभ योगको अभाव हुँदा धेरैको मृत्युको सिकार पनि हुनु पर्ने हुन्छ। राज्यमा शनिको सम्बन्ध श्रमिक, मजदूर, किसान र निमुखा जनतासँग हुने गर्दछ। शनि र राहुको सामिप्य बढ्दै जाँदा यी वर्ग आन्दोलित भई शासकहरूलाई सम्हाल्न गाह्रो पनि हुन्छ। यस्तो संयोग प्राप्त हुँदा जनविरोधी र तानाशाह शासकहरूले सत्ता छाडी रातारात भाग्नु पर्ने स्थिति पनि आउँछ। सामान्यतया व्यक्तिको कुण्डलीमा लग्नदेखि सातौं भावका बीचमा शनि र राहुको युति भएको अवस्थामा उसले कम्मरभन्दा मुनिको भागमा पीडा व्यहोर्नु पर्ने हुन्छ भने सातौंदेखि बाह्रौंभावमा युतिहुँदा शरीर उपल्लोभागमा प्रभाव देखिने छ। आर्थिक क्रियाकलापमा पनि कुण्डलीको अवस्थाबमोजिम असर पर्छ। यी दुबै ग्रह व्यक्तिको लग्न, सप्तम, दशम र एकादश भावमा रहँद यस्त व्यक्तिले मानसिक समस्या, सुस्त मनस्थिति, अपाङ्गता आदि व्यहोर्नु पर्दछ। कुण्डलीको योग गोचरमा समेत दोहोरिएको समयावधिमा यस्ता जातकमा नैराश्यता, नकात्मकता आदि देखिनुका साथै मृत्युसमेत हुन्छ वा मृत्युतुल्य कष्ट व्यहोर्नु पर्ने हुन्छ। शरीरमा हड्डीको, धातुमा फलामको र प्रविधिमा यन्त्रको अधिपति शनिलाई मान्ने गरिन्छ।
जब वर्तमान पात्रोमा शनि र राहुको उपस्थिति एउटै राशीमा हुनेछ त्यस समयमा शनि र राहुको युतिका कारणले मोटर र जहाज दुर्घटनाको भय अत्यधिक हुन्छ। धेरै मानिस चोटपटक र हाडजोर्नीको समस्याबाट ग्रस्त हुने गर्छन्। अस्पतालहरूमा हाडजोर्नी विभागलाई सेवा पुर्याउन धौधौ हुने गर्दछ।
राहु र केतु यी दुबै ग्रहलाई एउटै ग्रह मानिन्छ। आकशमण्डलमा यी दुबै ग्रहको स्वतन्त्र भौतिक अस्तित्व छैन। सूर्य, चन्द्रमा र पृथ्वीका माझ उत्पन्न हुने दुईवटा छायालाई राहु र केतु भनिन्छ। फल र जीवनमा पर्ने कार्यका आधारमा शनि ग्रहले शुक्र र बुध् ग्रहको सहयोगमा एउटा मण्डलीको नेतृत्व गर्दछन् भने सूर्यले चन्द्रमा, मङ्गल र बृहस्पतिको सहयोगमा अर्को मण्डलीको नेतृत्व गर्दछन्। यी दुबै मण्डलीका माझमा रस्साकस्सी चलिरहन्छ, जसको प्रत्यक्ष प्रभाव मनुष्य र अन्य प्राणीको जीवनमा पर्ने कुरामा ज्योतिषशास्त्रीहरूको मतैक्य छ। यस प्रसङ्गमा राहु ग्रहको सम्बन्ध शनिको मण्डलीमा हुन्छ भने केतुको सम्बन्ध सूर्यको समूहसँग हुन्छ। त्यसैले शनिका धेरैजसो स्वभावहरू राहु ग्रहसँग मिल्दाजुल्दा हुन्छन् भन्ने ज्योतिषीहरूको विश्वास छ। ज्योतिषशास्त्रमा शनि र राहुलाई समान विचार र गुण भएका ग्रह भन्नुको तात्पर्य पनि यही हो। सामान्यतया यी दुबै ग्रहलाई दु:ख र कष्टको कारक मानिन्छ। यद्यपि यी दुबै ग्रह कुनै जातकको कुण्डलीमा बलवान हुँदा राजयोगसमान फल प्रदान गर्ने सामर्थ्य पनि यिनमा हुन्छ (Strong Rahu or Saturn give results of a Raja yoga)। राहु र केतुमा कुनै पक्षमा समानता पाइन्छ भने कुनै पक्षमा यी दुबै विपरीत ध्रुवमा पनि रहन्छन्, जस्तै यौनका मामिलामा राहुले जातकलाई उत्तेजक बनाउने काम गर्दछ भने शनि निस्क्रिय रहन्छ, यी दुबै ग्रहका समान र असमान पक्षलाई निम्नानुसार केलाउन सकिन्छ-
१) शनि र राहु दुबै ग्रहलाई कार्मिक ग्रह मानिन्छ (Saturn and Rahu give results according to the Karma)। कार्मिक शब्दको अर्थ हो कर्म-अनुरूप फल प्रदान गर्ने। नौवटै ग्रहमा शनिलाई दण्डनायक मान्ने गरिन्छ। त्यसैले यस ग्रहको पूर्वजन्म र वर्तमान जन्ममा आर्जित गरेको कर्ममुताबिक सजाय र पुरस्कार शनिको महादशाकालमा प्राप्त हुने विश्वास ज्योतिषशास्त्रीहरूको छ। राहुले पनि शनि जसरी नै सञ्चित कर्मअनुसारको राम्रो वा नराम्रो फल दिने काम गर्दछ।
२) शनि र राहु दुबै ग्रहले दु:ख, कष्ट, रोग र आर्थिक कठिनाइ सिर्जना गर्दछन्। तर जन्मपत्रिकामा यी दुबै ग्रह शुभ अवस्थितिमा भएमा यी दुई ग्रहले प्रदान गरेको फलसँग ठूलोभन्दा ठूलो राजयोगको फलको समेत तुलना गर्न सकिंदैन। यी दुबै ग्रहले जातकलाई प्रखर बुद्धि, चतुर्याइँ, प्राविधिक शीप र योग्यता प्रदान गरेर धन र वैभवले परिपूर्ण बनाइदिन्छ। उच्चपद, मानसम्मान र प्रतिष्ठा प्रदान गर्ने कारकत्व पनि यी दुबै ग्रहमा विद्यमान छ।
शनि र राहुका माझमा केही समानता देखिए पनि कुनैकुनै विषयमा यी असमान पनि छन्।
१) शनिको भौतिक अस्तित्व छ अर्थात् यो सौर्यपरिवारको सदस्य पिण्डका रूपमा आकाशगङ्गामा उपस्थित छ जबकि राहु एउटा काल्पनिक र आभाषीय बिन्दु मात्र हो, यसको कुनै भौतिक अस्तित्व छैन। २) राशिचक्रका बाह्रवटा घरमध्ये मकर र कुम्भ यी दुईवटा राशिको स्वामित्व शनि ग्रहले प्राप्त गरेको छ, तर राहु ग्रहको आफ्नो राशी छैन, यद्यपि राहु ग्रह व्यक्तिको कुण्डलीमा जुन राशीमा अवस्थित हुन्छ त्यही घरलाई आफ्नो अधिकार क्षेत्र मान्दछ।
३) शनि ग्रहको गति मन्द(ढिलो) छ, त्यसैले शनि ग्रहले प्रदान गर्ने वास्तविक फल जीवनको उत्तरार्द्धमा (सामन्यतया ३६ वर्षपछि) त्यो पनि धिमा गतिमा प्राप्त हुन्छ जबकि राहु ग्रहको व्यक्तिको जीवनमा किशोरवय (चञ्चले उमेर)देखि नै प्राप्त हुनथाल्छ। यसले शीघ्र फल प्रदान गर्दछ भने तुरुन्त हरण पनि गरिहाल्छ (Rahu gives quick results while Saturn gives delared results)। यसले एकै पलमा मानिसलाई रोडपतिबाट करोडपति बनाइदिन्छ भने कत्ति मान्छेलाई यसले करोडपतिको स्थितिबाट सडकमा ल्याएर उभ्याएको प्रसङ्ग पनि सुन्न पाइन्छ।
४) जसको कुण्डलीमा शनिश्चर ग्रह प्रभावशाली हुन्छ त्यसलाई शनिश्चरले इमानदारी र परिश्रम गर्दै जीवनका गोरेटाहरू पहिल्याउने प्रेरणा प्रदान गर्दछन् भने राहु ग्रहले चतुर्याइँ, धूर्तता र सजिला बाटाबाट धन कमाउन उक्साउने गर्दछ।
सामान्यतया यस दोषको निवारण निम्नानुसार गर्न सकिन्छ-
१) दैनिक रूपमा आफ्ना नित्यकर्मबाट निवृत्त भई मानसिक र शारीरिक रूपमा शुद्ध भई शुद्धवस्त्र धारण गरी शुद्धासनमा बसी भक्तिपूर्वक निम्न श्लोकको २३ पटक पाठ गर्ने -
शनि ग्रह (ज्योतिषशास्त्र)
शनि ( संस्कृत : शनि वा शनिश्चर, कन्नड : ಶನಿ Śani,
तमिल: சனி, Caṉi, तेलुगु : శని) ज्योतिषशास्त्र अशुभ ग्रह वा दुखको कारण मानिन्छ ।
आधुनिक दृष्टिकोणमा शनि ग्रह
शनिग्रह सौर्यमण्डलमा सूर्यबाट छैटौं ग्रह हो। यो यौटा ग्यासको पिण्ड (अङ्ग्रेजीमा gas giant ), हो जसमा ग्यास नै ग्यास रहेको छ र शायद यसमा ठोस सतह नै छैन। यसको वरिपरी एकदमै ठूलो ग्रहीय चक्का छ जुन बरफ र खनिज चट्टानले बनेको छ।
शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ किन भनें यो एकदम तिब्र गतिले घुम्छ। शनि सौरमण्डलको एउटामात्र त्यस्तो ग्रह हो जसको
घनत्व पानीको भन्दा कम छ। त्यसैले यदि शनिलाई ठूलो पोखरीमा राख्ने हो भने पोखरीमा शनि तैरने छ।
शनिका धेरै चन्द्रहरू छन्। ३० वटा चन्द्रका नामाकरण गरीएका छन्। बाँकीका चन्द्रका नाम छैनन्। १९८० भन्दा पहिले भेटाइएका वा पत्ता लगाइएका चन्द्रलाई टाइटन , रिया , , डायोनी ,
टिथिस , एन्सेलडस , माइमस , हाइपेरियन, फिबी र
ज्यानस भनिन्छ। टाइटन शनिको सबैभन्दा ठूलो चन्द्र हो। डिसेम्बर २००४ र जनवरी २००५मा शनिका नजीकैबाट खिचिएका धेरै फोटाहरू लिइएका थिए। यसको श्रेय जान्छ त्यो मानव निर्मित भू-उपग्रह जसलाई भनिन्छ। त्यस भू-उपग्रहको एउटा भागले त अझ टाइटनमा अवतरण पनि गरेको थियो।
पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चर ग्रह(Saturn on Eastern Astrology)
शनि ग्रह
पूर्वीय ज्योतिषशास्त्रमा शनिश्चरलाई सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह मानिन्छ।ज्योतिषशास्त्रमा अरुणात्मज, अर्कज, असित, आदित्यसूनु, काल, नीलवसन, मन्दग, शनि, शनि ग्रह, शनिश्चर, शनैश्चर, सौरि, सूर्यपुत्र, छायासुत र मन्द नामबाट यसको वर्णन गरिएको पाइन्छ। शनिद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र अर्थात् कर्मजीवन सञ्चालित भएको मानिन्छ। कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ। त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको भाव मानिन्छ। त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्त्वपूर्ण छ। वैज्ञानिक दृष्टिकोणमा खगोलशास्त्रअनुसार शनि ग्रहको व्यास १२०५०० किलोमिटर छ र यसले १० किलोमिटर प्रति सेकेण्डको औसत गतिले सूर्यको परिक्रमा गर्दछ। सूर्यको यसको परिक्रमावृत्तको परिधि साढे एक अरब किलोमिटर छ, जुन दूरीलाई यसले करिब २९ वर्षमा पूरा गर्दछ। यसको गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा ९५ गुणा बढी छ। सौर्यमण्डलका ग्रहहरूमध्ये आकारमा बृहस्पति ग्रह मात्र यसभन्दा ठूलो छ, आफ्नो अक्षमा यस ग्रहले प्रत्येक नौ घण्टामा एकपटक यो ग्रहले परिक्रमा गर्दछ। पौराणिक मान्यताअनुसार शनि ग्रहको शिरमा स्वर्णमुकुट, घाँटीमा माला र शरीरमा नीलो रङ्गको वस्त्र धारण गरिएको हुन्छ एवं यिनको शरीर पनि इन्द्रनीलमणि समान नीलो छ। यिनको वाहन गिद्ध हो र यिनले हातमा धनुष, बाण, त्रिशूल लिएका हुन्छन्। शनिको दृष्टिलाई खराब हुन्छ भनिएको छ, देवीदेवताहरूको त के कुरा भयो र यिनका कारणले शिवजीले समेत साँढे बनेर जङ्गलजङ्गलमा भौंतारिनु परेको प्रसङ्ग पनि सुन्न पाइन्छ। रावणजस्तो शक्ति र सामर्थ्ययुक्त राजाले पनि शनिश्चरकै प्रभावकालमा मृत्युवरण गर्नु परेको प्रसङ्ग पनि यिनको महत्त्व बताउने क्रममा उल्लेख गरिन्छ। शनि भगवान् सूर्यका पुत्र हुन्, यमराज(काल) यिनका भाइ हुन् भने यमुनालाई यिनकी बहिनीका रूपमा लिइन्छ।
पुराणमा शनि ग्रहका बारेमा प्रशस्त कथाहरू प्राप्त हुन्छन्। ब्रह्मपुराणका अनुसार पिता सूर्यले यिनको विवाह चित्ररथ गन्धर्वकी छोरीसँग गरिदिए। यिनकी पत्नी परम तेजस्वी थिइन्। कुनै एकदिनको रात्रीकालमा उनी ऋतुदानको कामना गर्दै शनिसमीपमा पुगिन्, तर त्य्ससमयमा यिनी भगवान् श्रीकृष्णको आराधनामा ध्यानमग्न थिए। कामतुर पत्नीले धेरैबेर प्रतीक्षा गर्नुपर्यो र उनको ऋतुकाल निष्फल हुनपुग्यो। त्यसैले उनकी कामक्रुद्धा पत्नीले यिनलाई आफुतर्फ फर्कँदै नफर्की ध्यानमा एकोहोरिएको देखेर श्राप दिइन्- आजबाट तिमीले जसलाई हेर्नेछौ, तिम्रो दृष्टि पर्नासाथ त्यसको नाश हुनेछ। झ्वाँकमा आफ्ना पतिलाई उनले सराप्न त सरापिन् तर पछि आफुले गरेको गल्तीमा उनलाई पछुतो भयो। पत्नीको श्रापलाई प्रतिकार गर्ने सामर्थ्य र शक्ति शनिदेवमा थिएन, त्यसैले त्यसपछि भरिशक्य आफ्नो दृष्टि कसैमा नपरोस् भनेर उनी टाउको निहुर्याएर बस्नथाले। उनी आफ्नो कारणले कसैलाई पनि अनिष्ट नहोस् भन्ने चाहन्थे। [१]
राहु र केतु एउटै शरीरका दुईभाग हुन् र यी दुबैलाई भिन्नाभिन्नै छाया ग्रह मान्ने गरिन्छ। राहु र केतु यी दुबैलाई अशुभ फलदायक ग्रहका रूपमा पनि लिइन्छ र शनि ग्रहजस्तै कष्टकारी र अशुभ फलप्रदाता मानिन्छ। जब शनिको युति वा दृष्टिसम्बन्ध यी ग्रहसँग हुन्छ, त्यस्तो अवस्थामा शनि ग्रह सामान्यभन्दा अझ कडा, क्रूर र दुष्प्रभावी ग्रहका रूपमा देखा पर्दछन्। जन्मकुण्डली वा गोचरकुण्डलीमा राहु र शनिका माझमा सम्बन्ध स्थापित हुने परिस्थितिमा त्यसको प्रभावले जातकको स्वास्थ्यमा अशुभ प्रभाव पर्दछ। शनिको सम्बन्ध कम्मरमुनिको खुट्टाको क्षेत्रमा र हड्डीमा हुन्छ, राहुले पेट र पाचनप्रणालीमा आफ्नो प्रभाव देखाउँछ भने केतुले जोर्नी र रक्तसञ्चार(स्नायुप्रणाली)मा आफ्नो अधिकार क्षेत्र मान्दछ। त्यसैले शनि र राहुको एउटई राशीमा उपस्थिति हुँदा मनुष्यमा तिनको लग्नकुण्डलीको प्रभावबमोजिम यी क्षेत्रसँग सम्बद्ध रोगले असाध्यै सताउँछ। जन्मकुण्डलीमा अन्य शुभ योगको अभाव हुँदा धेरैको मृत्युको सिकार पनि हुनु पर्ने हुन्छ। राज्यमा शनिको सम्बन्ध श्रमिक, मजदूर, किसान र निमुखा जनतासँग हुने गर्दछ। शनि र राहुको सामिप्य बढ्दै जाँदा यी वर्ग आन्दोलित भई शासकहरूलाई सम्हाल्न गाह्रो पनि हुन्छ। यस्तो संयोग प्राप्त हुँदा जनविरोधी र तानाशाह शासकहरूले सत्ता छाडी रातारात भाग्नु पर्ने स्थिति पनि आउँछ। सामान्यतया व्यक्तिको कुण्डलीमा लग्नदेखि सातौं भावका बीचमा शनि र राहुको युति भएको अवस्थामा उसले कम्मरभन्दा मुनिको भागमा पीडा व्यहोर्नु पर्ने हुन्छ भने सातौंदेखि बाह्रौंभावमा युतिहुँदा शरीर उपल्लोभागमा प्रभाव देखिने छ। आर्थिक क्रियाकलापमा पनि कुण्डलीको अवस्थाबमोजिम असर पर्छ। यी दुबै ग्रह व्यक्तिको लग्न, सप्तम, दशम र एकादश भावमा रहँद यस्त व्यक्तिले मानसिक समस्या, सुस्त मनस्थिति, अपाङ्गता आदि व्यहोर्नु पर्दछ। कुण्डलीको योग गोचरमा समेत दोहोरिएको समयावधिमा यस्ता जातकमा नैराश्यता, नकात्मकता आदि देखिनुका साथै मृत्युसमेत हुन्छ वा मृत्युतुल्य कष्ट व्यहोर्नु पर्ने हुन्छ। शरीरमा हड्डीको, धातुमा फलामको र प्रविधिमा यन्त्रको अधिपति शनिलाई मान्ने गरिन्छ। जब वर्तमान पात्रोमा शनि र राहुको उपस्थिति एउटै राशीमा हुनेछ त्यस समयमा शनि र राहुको युतिका कारणले मोटर र जहाज दुर्घटनाको भय अत्यधिक हुन्छ। धेरै मानिस चोटपटक र हाडजोर्नीको समस्याबाट ग्रस्त हुने गर्छन्। अस्पतालहरूमा हाडजोर्नी विभागलाई सेवा पुर्याउन धौधौ हुने गर्दछ।
राहु र केतु यी दुबै ग्रहलाई एउटै ग्रह मानिन्छ। आकशमण्डलमा यी दुबै ग्रहको स्वतन्त्र भौतिक अस्तित्व छैन। सूर्य, चन्द्रमा र पृथ्वीका माझ उत्पन्न हुने दुईवटा छायालाई राहु र केतु भनिन्छ। फल र जीवनमा पर्ने कार्यका आधारमा शनि ग्रहले शुक्र र बुध् ग्रहको सहयोगमा एउटा मण्डलीको नेतृत्व गर्दछन् भने सूर्यले चन्द्रमा, मङ्गल र बृहस्पतिको सहयोगमा अर्को मण्डलीको नेतृत्व गर्दछन्। यी दुबै मण्डलीका माझमा रस्साकस्सी चलिरहन्छ, जसको प्रत्यक्ष प्रभाव मनुष्य र अन्य प्राणीको जीवनमा पर्ने कुरामा ज्योतिषशास्त्रीहरूको मतैक्य छ। यस प्रसङ्गमा राहु ग्रहको सम्बन्ध शनिको मण्डलीमा हुन्छ भने केतुको सम्बन्ध सूर्यको समूहसँग हुन्छ। त्यसैले शनिका धेरैजसो स्वभावहरू राहु ग्रहसँग मिल्दाजुल्दा हुन्छन् भन्ने ज्योतिषीहरूको विश्वास छ। ज्योतिषशास्त्रमा शनि र राहुलाई समान विचार र गुण भएका ग्रह भन्नुको तात्पर्य पनि यही हो। सामान्यतया यी दुबै ग्रहलाई दु:ख र कष्टको कारक मानिन्छ। यद्यपि यी दुबै ग्रह कुनै जातकको कुण्डलीमा बलवान हुँदा राजयोगसमान फल प्रदान गर्ने सामर्थ्य पनि यिनमा हुन्छ (Strong Rahu or Saturn give results of a Raja yoga)। राहु र केतुमा कुनै पक्षमा समानता पाइन्छ भने कुनै पक्षमा यी दुबै विपरीत ध्रुवमा पनि रहन्छन्, जस्तै यौनका मामिलामा राहुले जातकलाई उत्तेजक बनाउने काम गर्दछ भने शनि निस्क्रिय रहन्छ, यी दुबै ग्रहका समान र असमान पक्षलाई निम्नानुसार केलाउन सकिन्छ-
१) शनि र राहु दुबै ग्रहलाई कार्मिक ग्रह मानिन्छ (Saturn and Rahu give results according to the Karma)। कार्मिक शब्दको अर्थ हो कर्म-अनुरूप फल प्रदान गर्ने। नौवटै ग्रहमा शनिलाई दण्डनायक मान्ने गरिन्छ। त्यसैले यस ग्रहको पूर्वजन्म र वर्तमान जन्ममा आर्जित गरेको कर्ममुताबिक सजाय र पुरस्कार शनिको महादशाकालमा प्राप्त हुने विश्वास ज्योतिषशास्त्रीहरूको छ। राहुले पनि शनि जसरी नै सञ्चित कर्मअनुसारको राम्रो वा नराम्रो फल दिने काम गर्दछ।
२) शनि र राहु दुबै ग्रहले दु:ख, कष्ट, रोग र आर्थिक कठिनाइ सिर्जना गर्दछन्। तर जन्मपत्रिकामा यी दुबै ग्रह शुभ अवस्थितिमा भएमा यी दुई ग्रहले प्रदान गरेको फलसँग ठूलोभन्दा ठूलो राजयोगको फलको समेत तुलना गर्न सकिंदैन। यी दुबै ग्रहले जातकलाई प्रखर बुद्धि, चतुर्याइँ, प्राविधिक शीप र योग्यता प्रदान गरेर धन र वैभवले परिपूर्ण बनाइदिन्छ। उच्चपद, मानसम्मान र प्रतिष्ठा प्रदान गर्ने कारकत्व पनि यी दुबै ग्रहमा विद्यमान छ।
शनि र राहुका माझमा केही समानता देखिए पनि कुनैकुनै विषयमा यी असमान पनि छन्।
१) शनिको भौतिक अस्तित्व छ अर्थात् यो सौर्यपरिवारको सदस्य पिण्डका रूपमा आकाशगङ्गामा उपस्थित छ जबकि राहु एउटा काल्पनिक र आभाषीय बिन्दु मात्र हो, यसको कुनै भौतिक अस्तित्व छैन। २) राशिचक्रका बाह्रवटा घरमध्ये मकर र कुम्भ यी दुईवटा राशिको स्वामित्व शनि ग्रहले प्राप्त गरेको छ, तर राहु ग्रहको आफ्नो राशी छैन, यद्यपि राहु ग्रह व्यक्तिको कुण्डलीमा जुन राशीमा अवस्थित हुन्छ त्यही घरलाई आफ्नो अधिकार क्षेत्र मान्दछ।
३) शनि ग्रहको गति मन्द(ढिलो) छ, त्यसैले शनि ग्रहले प्रदान गर्ने वास्तविक फल जीवनको उत्तरार्द्धमा (सामन्यतया ३६ वर्षपछि) त्यो पनि धिमा गतिमा प्राप्त हुन्छ जबकि राहु ग्रहको व्यक्तिको जीवनमा किशोरवय (चञ्चले उमेर)देखि नै प्राप्त हुनथाल्छ। यसले शीघ्र फल प्रदान गर्दछ भने तुरुन्त हरण पनि गरिहाल्छ (Rahu gives quick results while Saturn gives delared results)। यसले एकै पलमा मानिसलाई रोडपतिबाट करोडपति बनाइदिन्छ भने कत्ति मान्छेलाई यसले करोडपतिको स्थितिबाट सडकमा ल्याएर उभ्याएको प्रसङ्ग पनि सुन्न पाइन्छ।
४) जसको कुण्डलीमा शनिश्चर ग्रह प्रभावशाली हुन्छ त्यसलाई शनिश्चरले इमानदारी र परिश्रम गर्दै जीवनका गोरेटाहरू पहिल्याउने प्रेरणा प्रदान गर्दछन् भने राहु ग्रहले चतुर्याइँ, धूर्तता र सजिला बाटाबाट धन कमाउन उक्साउने गर्दछ।
सामान्यतया यस दोषको निवारण निम्नानुसार गर्न सकिन्छ-
१) दैनिक रूपमा आफ्ना नित्यकर्मबाट निवृत्त भई मानसिक र शारीरिक रूपमा शुद्ध भई शुद्धवस्त्र धारण गरी शुद्धासनमा बसी भक्तिपूर्वक निम्न श्लोकको २३ पटक पाठ गर्ने -
नमस्ते कोणसंस्थाय पिङ्गलाय नमोस्तुते। नमस्ते विभुरूपाय कृष्णाय च नमोस्तुते॥
नमस्ते रौद्रदेहाय नमस्ते चान्तकाय च। नमस्ते यमसंज्ञाय नमस्ते सौरये विभो॥
नमस्ते मन्दसंज्ञाय शनैश्चर नमोस्तुते। प्रसादं कुरु देवेश दीनस्य प्रणतस्य च॥
शनैश्चर नमस्तुभ्यं नमस्तेत्वथ राहवे। केतवेथ नमस्तुभ्यं सर्वशान्ति प्रदो भव।।
ॐ ऊर्ध्वकायं महाघोरं चण्डादित्यविमर्दनम्। सिहिंकाया: सुतं रौद्रं तं राहुं प्रणमाम्यहम्।
ॐ पातालधूमसङ्काशं ताराग्रहविमर्दनम्। रौद्रं रौद्रात्मकं क्रूरं तं केतुं प्रणमाम्यहम्।।
२) पितृदोषको विवेचना गर्ने क्रममा ज्योतिषशास्त्रमा मतैक्य नरहे पनि मनुष्यको जन्मकुण्डलीमा राहु वा केतु सूर्य, शनि र बृहस्पतिमध्ये कुनै ग्रहसँग एउटै राशीमा उपस्थित रहँदा त्यसलाई पितृदोष नै माने चलन छ। पितृदोषको प्रभावले परिवारका सदस्यहरू माझमा अन्तर्कलह, आर्थिक कष्ट, मतभेद, पितापुत्रमा मनोमालिन्य र उन्नतिमा अवरोध जस्ता कष्टहरू खेप्नु पर्दछ। त्यसैले व्यक्तिले शनि र राहुको संयोगले हुने यस अनिष्ट दोषको निवारण गर्नु आवश्यक हुन्छ। अमावस्या(औंसी) तिथिका स्वामी पितृदेवतालाई मान्ने गरिन्छ। यस दिन पितृलाई सम्झने दिन पनि हो। धार्मिक र सांस्कृतिक दृष्टिले यस तिथिलाई पितृदोष निवारण गर्ने विशेष दिनका रूपमा लिइन्छ। अमावस्या (औंसी) तिथिमा तीर्थस्नान गर्नु पर्छ। श्राद्धाधिकार भएमा तीर्थश्राद्धसमेत गर्नुपर्छ र त्यसपछि नदी, सरोवर वा पानीको स्रोत नजिकै बालुवा, माटो वा धातुको शनि, राहु र केतुको प्रतिमा बनाई ती प्रतिमालाई कालो कपडा, काला रङका पूजनसामाग्री(चन्दनाक्षतादि) र कालो कमलको फूल वा कुनै फूल चढाएर श्रमिक, मजदूर, माग्ने(भिखारी वा याचक) वा गरीवगुरुबा (सकिन्छ भने २३ को सङ्ख्यामा)लाई आफ्नो गच्छेअनुसार भोजन, वस्त्र, आभूषण, दक्षिणा आदि बाँड्नु पर्दछ। त्यसरी मूर्तिको स्थापना गर्दा मध्यभागमा शनिलाई र शनिको दायाँतर्फ राहु तथा शनिको बायाँतर्फ केतुको प्रतिमा स्थापना गर्नुपर्दछ।
माथिका उपायमध्ये कुनै एउटा उपायको अवलम्बन गरेमा शनि ग्रहको पीडाबाट मुक्तिहुने कुरा ज्योतिशविदहरू बताउँदछन्।