Om ॐ

Om ॐ

Saturday, August 15, 2015

Ho ma bahun Hun

सबै बाहुन धनि छैनन् अनि सबै धनि बाहुन होइनन् - आज म एक खाट्टी लिम्बुको छोरालाई धेरै जनजाति साथीहरु ले बाहुनको धोति बोक्ने भनि गाली दिन्छन् | तर मलाई यस्तो घृणा र तिरस्कारको बोलीले केहि फरक पार्दैन | कारण मलाई रामरी थाहा छ कि म के कार्य गर्दैछु भनेर | म बाहुनको सपोर्टर भए भन्दैमा सम्पूर्ण भ्रस्टाचारी बाहुनहरू को पनि सपोर्टर कदापी होइन | तपाई हरु लाई थाहा नै छ मैले कदापी पनि र कहिले पनि ति भ्रस्टाचारी बाहुनहरू को सपोर्ट गरेको पोस्ट र लेखहरु तपाइहरु ले देख्नु भएको छैन | म त सिर्फ ति गरिब अनि निमुखा बाहुन जनताहरु जुन एक छाक खान खाना पनि धौ धौ परेको , त्यस्ता बाहुन जनताहरु जो दोकानमा काम गरि गरि कलेज पनि जान्छन् , ति बाहुनहरू जो एक छाक गर्जो टार्न सागका मुठालाई डोकोमा हाली घर घर बेच्न लैजान्छन् , साइकलमा दहि र तेल राखी आफ्नु छोरा, छोरी स्कुल पडाउने ति गरिब बाहुन जनताको पक्षमा बोलेको मात्र हो | आज नेपालका सम्पूर्ण बाहुन हरु लाई शोषकको आरोप लागेको यो समयमा तपाइहरु आफै थाहा पाउन सक्नु हुन्छ के साचै नेपालको सम्पूर्ण बाहुन हरु शामन्ती हुन् त ? यो थाहा पाउन तपाई धेरै टाडा जानु पर्दैन | काठमाडौँ वरपर का फाट फुटे बजारमा जानुहोस् | जहाँ तपाइले देख्नु हुनेछ ति गरिब बाहुन र बाहुनी हरु ४-५ किलो आलु भुइमा राखेर २-४ पैसाको आसमा समय काटिरहेका छन् | आधि डालो अकबरे खुर्शानी भुइमा राखेर भरै बेलुकाको गर्जो कसरी टार्ने भन्ने सोचिरहेका हुन्छन | साहुको पैसा ब्याजमा लिएर जुत्ता ,चप्पल र लुगाको खुद्रा ब्यापार गरिरहेका हुन्छन | के यी सबै गरिब बाहुन जनतालाई पनि तपाई शामन्ती अनि शोसक भन्ने ? के दिनका दिन यी गरिब र निमुखा बाहुनहरू लाई तपाई गाली ,बेईजत्ति गर्ने ? तपाई एक जानवर नभई धानलाई काचै नखाई पकाएर खाने संबेदनसिल मानब हुनु हुन्छ भने एक पल्ट भित्र मनले सोच्नुहोस | तपाई कसरी औलामा गन्न सकिने राजनीतिक बाहुनहरू को गल्ति लाई ति गरिब र निमुखा बाहुन जनतालाई दिनहु गाली र बेज्जती गर्ने उपाया बनाऊदै हुनुहुन्छ | काठमाडौँ उपत्यकामा पुस्तौ पुस्ता देखि मारवाडी ,चौधरी ,खेतान लगायत भारतीय मुलका नेपाली हरु ब्यापार ,सुनको बिजनेस , कलकारखाना आदि नेपालको त के संसारकै धनीको लिस्टमा आउछ तर शामन्ति मा तिनको नभई बाहुनको नाम आउछ | आज सम्म जति भारतीय मुलका नेपाली हरु धनि छन् सायदै कुनै बाहुन त्यति धनि छन् तर फेरी पनि शोसक बर्गमा नाम बाहुन कै आउछ | यो बिडम्बना पूर्ण सोच र घृणा पूर्ण सोच नत्यागे सम्म न त बाहुन न त जनजाती नै उभो लाग्न सक्छ | म दुई मुठा साग बेच्ने कुन तहको शामन्ती बाहुनी परे हजुर ?

No comments:

Post a Comment

धन्यवाद