Om ॐ

Om ॐ

Tuesday, May 5, 2015

Bastu sastra

वास्तु दोषमुक्ति तथा वास्तु शास्त्रबाट लिन सकिने लाभ
१. पूर्व
२. पश्चिम
३. उत्तर
४. दक्षिण
५. उत्तर पूर्व (ईशान कोण)
६. दक्षिण पूर्व (आग्नेय कोण)
७. उत्तर पश्चिम (वायव्य कोण )
वास्तुमा यिनै आठ दिशाको वर्णन र कार्य धेरै महत्वपूर्ण छन् । प्रत्येक दिशाको आफ्नो महत्व र कार्य रहेको हुन्छ । वास्तुशास्त्रमा उल्लेख गरिएका दिशा र पत्येक दिशाका स्वामी साथै प्रत्येक दिशामा रहने दोष र दोषबाट मुक्त रहने उपायहरु निम्नानुसार रहेका छन् ।
पूर्व ः घरको पूर्वको स्थान खुल्ला र हल्का हुनु आवश्यक छ । पूर्वदिशाको प्रतिनिधि स्वामी सूर्य हो र यो दिशामा दोष छ भने वंशवृद्धिमा वाधक हुने देखिन्छ । पूर्वदिशामा झ्याल वा मुख्य ढोकाको व्यवस्था हुनु राम्रो हुन्छ र पूर्वदिशामा रहेका झ्यालढोकाहरु ज्यादा खुल्ला राख्नु फलदायी हुन्छ । पढ्ने विद्याार्थीहरुका लागि पढ्दाको समय मुख पूर्वदिशातर्फ बनाइ पढ्ने र खाना पकाउँदा वा खाँदा पनि पूर्वमुख गरेर पकाउने खाने व्यवस्था हुनुपर्दछ । वास्तुमा पूर्वस्थानको दोष भएमा पूर्वस्नाथमा ठूलो ऐना राखी सूर्यदेवताको चित्र वा यन्त्र राख्नुहोस् । विहान विहान सूर्य देवतालाई जल चढाई सूर्यदेवताको निम्न मन्त्रजाप गर्नुहोस् ॐ ह्राँ ह्री ह्रौ सः सूर्याय नमः ।
पश्चिम ः पश्चिम दिशाको स्वामी गृह शनि हो । यो स्थानमा गमला, वगैँचा वा रुख विरुवा लगाउन सकिन्छ । यो स्थान खाली नराख्दा राम्रो हुन्छ जति भरि राखिन्छ उति नै राम्रो फलप्राप्त हुन्छ । यो स्थानमा जमिनमुनि पानीको श्रोत वा फोहरा राख्न सकिन्छ । भारि वजनदार सामान यो दिशामा राख्न सकिन्छ । यो दिशामा दोष भएमा शनि यन्त्र राखी यो ॐ प्रां प्रिं प्रौं सः शन्ये नमः
मन्त्रको जाप गर्ने गरेमा फल प्राप्ती हुन्छ ।
उत्तर ः उत्तर दिशाको स्वामी कुवेर वा लक्ष्मीजी हो । उत्तरदिशालाई मातृस्थान पनि भनिन्छ । यदि घरको उत्तरदिशामा दोष छ भने मातालाई कष्ट र धनसम्पत्तिको हानी नोक्सानी भईरहन्छ । यो भाग काटिएको हुनुहुन्न । यदि काटिएको छ भने एउटा ऐना उत्तरी भित्तामा लगाउनुहोस् । उत्तरी भित्तामा सुगाको फोटो लगार्ईएमा बच्चाबच्चीको पढाइमा जादूको झैं काम गर्छ । यदी धनसम्पत्तिको हानी भईरहेको छ भने माता लक्ष्मीजीको फोटो राखिएमा फाइदाजनक हुन्छ । यो दिशामा ज्यादा वजन भएका वस्तुहरु राख्नुहुँदैन । यो दिशालाई पनि पूर्व दिशा झैं हल्का राखिनु पर्दछ । यदि उत्तरी दिशामा दोष भएमा निवारणार्थ बुध यन्त्र, लक्ष्मी यन्त्र वा कुवेर यन्त्रमध्ये कुनै एक राखी यो ॐ ब्रां ब्रीं ब्रौ सः बुधये नमः मन्त्र जाप गर्नुहोस् ।
दक्षिण ः दक्षिण दिशाको स्वामी मंगल हो । यो दिशामा घरका लागि प्रयोगहुने जस्तोसुकै भारी समान राख्न सकिन्छ । आलमारी, फ्रिज वा गमला इत्यादी राख्न यो दिशा उपयुक्त हुन्छ । यो दिशामा कदापी मुख्यद्वार बनाउनु हुँदैन । यो दिशामा दोष भएमा हनुमानजीको तस्वीर दक्षिण दिशामा लगाइ यो ॐ क्रां क्री क्रौ सः भौमाये नमः मन्त्रको जाप गर्नुपर्छ ।
उत्तरपूर्व ( ईशान कोण) ईशान दिशाका स्वामी गृह गुरु हो । यो स्थानमा स्नानधर हुनुपर्दछ । पानिको वहाव पनि यही दिशामा उत्तम हुन्छ । घरको मन्दिर यही दिशामा सर्वोपरी हुन्छ । यो दिशालाई सफासुग्गर राख्नुहोस् फोहोर हुन नदिनुहोस् कुनै कारण दूषित वा फोहर भएमा पनिको गाग्री यो दिशामा राख्नुहोस् वा ऋषिमुनीहरुको फोटा,े तस्वीर यो दिशामा लगाउनुहोस् र दोषमुक्तिका लागि यो ॐ ग्रां ग्रीं ग्रौ सः गुरुवे नमः मन्त्रको जाप गर्नुहोस् ।
दक्षिण पूर्व (आग्नेय कोण) यो दिशाको स्वामी शुक्र हुन । यो दिशामा भान्साघर हुनु पर्दछ किन कि यो दिशामा अग्निको बास हुन्छ । यदि यो दिशामा दोष रहेमा स्वास्थ्य सम्बन्धि समस्या हुनसक्छ तथा शरीर कमजोर हुनसक्छ । यो दिशाको दोषमुक्त बनाउन यो दिशामा हवन गराउनु वा अग्निको तस्वीर वा शुक्र यन्त्रको स्थापना गरी
ॐ द्रां द्रीं द्रौ सः शुक्राये नमः मन्त्रको जाप गर्नुपर्दछ ।
उत्तर पश्चिम (वायव्य कोण ) ः वायव्य दिशाको स्वामी चन्द्रमा हो । यो स्थानमा पानिको ट्याङ्की, माछाको एक्वारियम वा घर तथा पानिको फोहरा इत्यादि लगाउन सकिन्छ । यो दिशामा दोष रहेमा घुँडा वा कुहिनासँग सम्बन्धित दुखदर्द हुनसक्छ । वायव्य कोणको दोष शान्त गर्न श्वेत गणपति वा चन्द्र यन्त्र लगाइ यो ॐ श्रां श्री श्रौ सः चन्द्रमसे नमः मन्त्रको जाप गरेमा अत्यन्त फलदायी हुन्छ ।
दक्षिण पश्चिम (नैऋेत्य कोण) ः यो दिशाको स्वामी राहु हो । यो दिशा हमेशा सुख्खा राख्नु राम्रो हुन्छ । यो दिशामा दोष रहेमा मानसिक चिन्ता, कुनै कार्य नबन्नु, गोडासँग सम्बन्धित रोगहरु हुन्छ । यो दिशामा स्टोर बनाउन सकिन्छ र निश्चय नै ज्यादा भारिवाला सामान राख्न सकिन्छ तर यहाँ घरपरिवारका सदस्यहरुको ज्यादा आवतजावत नभएको राम्रो । यदि यो दिशाको दोषबाट ग्रस्त भएमा राहुयन्त्र लगाउने र यो ॐ भ्रां भ्रीं भ्रौ सः राहुवे नमः मन्त्रको जाप गर्नुहोस् |

No comments:

Post a Comment

धन्यवाद