- जन्म कुण्डलीमा कस्तो योग प्रेम विवाह कारक हुन्छ ?
• प्रेम विवाह गर्ने युवक तथा युवतीलाइ एक अर्कालाई बुझ्ने धेरै नै अवसर प्राप्त हुन्छ | फलस्वरूप दुवैमा एक अर्काको रुची, भावना,स्वभावलाई नजिकबाट नियाल्ने अवसर प्राप्त हुन्छ | प्रेम विवाह गर्ने वर् वधु भावना तथा स्नेहका साथ् सम्बन्ध चल्छ भने कसैको कठिन परिस्थितिलाई अगाल्दै बित्न पुग्छ |
• तर कहिलेकाही प्रेम विवाह गर्ने वर वधुको बैबाहिक जिन्दगीमा यसको विपरित अवस्था आएको हुन्छ | त्यस्तै यस्तो स्थिति आएको जोडी हतारको निर्णयमा पुगेर विवाह गरेको अक्सर पाइन्छ |
• जब राहु लग्नमा छ र सप्तमभावमा गुरुको दृष्टि छ भने प्रेम बिबाहको स्थिति हुन्छ | राहुको सप्तम भावमा सम्बन्ध रहनुले व्यक्ति परम्परागत रीति त्यागेर नयाँ ढंगले बिबाह गर्ने मनस्थितिमा पुग्छ र उसले प्रेम बिबाह गर्छ |
• जब कुण्डलीमा मंगलको शनि वा राहुसंग सम्बन्ध राख्दछ वा संगै गएर बस्दछ भने प्रेम विवाहको सम्भावना हुन्छ | कुण्डलीमा यी तीन ग्रह सबै भन्दा अशुभ र अधिक पापी मानिन्छन् | यी तीन ग्रहमध्ये कुनै एक पनि विवाह भावमा वा सप्तमेशसंग सम्बन्ध बनाउछ भने व्यक्ति पारम्परिक छोडेर प्रेम विवाह गर्ने हुन्छ |
• जन्मकुन्डलीमा शुक्र वा सप्तमेशमाथि शनि वा राहुको दृष्टि छ भने व्यक्तिले प्रेम विवाह गर्ने सम्भावना हुन्छ |
• यदि पंचमेशको उच्च राशिमा राहु वा केतु बसेको छ भने प्रेम विवाहको योग बन्छ |
No comments:
Post a Comment
धन्यवाद