Om ॐ

Om ॐ

Tuesday, April 2, 2019

नक्षत्र अनुसार ब्यक्तिको परिचय र गुणको विष्लेशण

नक्षत्र अनुसार ब्यक्तिको परिचय र गुणको विष्लेशण



मैले तपाईहरुलाई काठमाण्डु बस्छु भन्दा पनि काठमाण्डुको बालकुमारी पुल नजिक बस्छु भन्दा बढि उपयुक्त भएझै ज्योतिष शास्त्रमा प्रत्येक राशि भित्र परेका नक्षत्र हरुलाई बेग्ला बेग्लै केलाएर विवेचना गरियो भने विशेषगरि तपाई भित्र कस्ता कस्ता गुण विद्यमान छन् अनि राशि स्वामी र नक्षत्र स्वामी ग्रहले ईसारा गरेको ज्यादा भन्दा ज्यादा सफलता मिल्ने क्षेत्र कुन हो र कता हो ,प्रयोग गर्दा सुहाउने शुभ रंग कुन हो आदी इत्यादी कुरा अझ प्रस्ट रुपमा थाहा पाउन सकिनछ ।

script type="text/javascript" src="//astrologyfutureeye.com/wjsfiles/widgetgokulpanchagam.js"></script>

                   मेष राशि

१.अश्विनी नक्षत्र २. भरणी नक्षत्र ३. कृतिका नक्षत्र 

१. अश्विनी नक्षत्र भित्र पर्ने नामहरु (चु,चे,चो,ला)

अग्नि तत्व राशि भित्र पर्ने यो देवगण नक्षत्रको स्वामी केतु ग्रह हो । यसको राशि स्वामी मंगल भएकाले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट ब्यक्तिको नैसर्गिक गुण , क्षमता र स्वाभाव निर्माण भएको हुन्छ । रंगमा रातो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरका लागि सधैं उत्तर पूर्व दिशा अनुकुल हुने गर्छ । आफु भित्र उठ्ने विद्रोह र वैराग्यको बिच अनौठो तालमेल गराउन सफल हुने यिनले सधैं अरुलाई हौसला दिने गरेका हुन्छन् । थोरै समयमा धेरै पराक्रम गर्ने , उदार सोंच सुन्दर अनि स्वतन्त्र विचार प्रस्ट रुपमा राख्ने, यथास्थिती वादी हुन मन नपराउने, परेको खण्डमा घाटा नाफा केहि नहेरी साहसिलो निर्णय गर्न सक्ने सामर्थ यो नक्षत्रमा जन्मने मानीसमा हुन्छ ।
काममा अनुशासनप्रिय ,एकहोरो आज्ञाकारी ब्यवहारमा सहरिदयी, एक्लो हुदा प्राय भाबुक अनि भित्री रुपमा असान्त रहने यिनको मुल स्वभाब हो । फूल र नृत्यको शौकिन यिनलाई मुख्यगरि अन्वेषण , होटल , पर्यटन , औषधी र र्र्धािर्मक क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

२. भरणी नक्षत्र भित्र पर्ने नामहरु –(ली,लु,ले,लो)

अग्नि तत्व राशि भित्र पर्ने यो मानव गण नक्षत्रको स्वामी शुक्र ग्रह हो । यसको राशि स्वामी मंगल ग्रह भएकाले यी दुबै ग्रहमा पाइने तत्व र किरण हरुबाट ब्यक्तिको नैसर्गिक गुण , क्षमता र स्वभाब निर्माण भएको हुन्छ । रंगमा सेतो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं दक्षिण पश्चिम दिशा अनुकुल हुने गर्छ । पौरखी अनि रसिक स्वभाबले युक्त यी ब्यक्तिलाई कर्तब्य संगै मनोरञ्जन पनि धेरै गर्नु पर्छ । मान र अपमानको हिसाब सधंै राख्ने , सबै संग साचो बोल्ने , ईमानदार ब्यवहार गर्ने , नचाहिदो ठाउँमा उर्जा खर्च गर्ने , गलत संगतमा परेर पथ भ्रष्ट छिटो हुने , ठुलै समस्या आए पनि शान्त भएर दृढ संकल्पका साथ निराकरण गरेर देखाउने , शरिरमा चोट पटक छिटो लगाउने यिनको मुख्य गुण हो ।
खेलकुद र सिनेमाको सौकीन यिनलाई मुख्यगरि खेलौना ,स्टेसनरी ,विज्ञानको सामाग्री, वीउ वीजन ,मलखाद ,मासु र मदिरा पसल ,वाद्ययवादन वजाउने वा बिक्रि गर्ने काममा विशेष लाभ हुन्छ ।

३. कृतिका नक्षत्र भित्र पर्ने नाम – (अ)

अग्नि तत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी सूर्य हो । यसको राशि स्वामी मंगल ग्रह भएकाले यी दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट ब्यक्तिको नैसर्गिक गुण , क्षमता र स्वभाब निर्माण हुन्छ । रंगमा रातो सुहाउने र फाप्ने गर्छ भने भागय र अबसरको लागि सधैं उत्तर पूर्व अनुकुल हुने गर्छ । आफुमा ध्वंस र निर्माणको क्षमता राख्ने ,सिमित र विस्वाशिला सम्बन्ध रुचाउने ,खरो शैलिमा नियम पालन गर्ने गराउने, शत्रु संग सम्झौता नगर्ने ,अहंकारी , अंसन्तोषि, कुशल योजनाकार , निस्वार्थ अरुलाई सहयोग गर्न सक्नु यिनको मुल गुण हो ।
खाना र नेतृत्वको सारै सौकीन यि ब्यक्तिलाई मुख्य गरि सेना प्रहरी , गार्ड, कृषि औजार,मेकानिकल, वेकरी ,होटल ब्यवसाय ,धातुका सामाग्रीको निर्माण तथा ब्यपार र खेलको क्षेत्रमा विशेष सफलता मिल्छ ।
           
                    वृष राशि

१. कृतिका नक्षत्र २. रोहिणी नक्षत्र ३. मृगशिरा नक्षत्र

१. कृतिका नक्षत्र भित्र पर्ने नामहरु – (ई,उ,ए)

पृथ्वी तत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी सूर्य ग्रह हो । यसको राशि स्वामी शुक्र ग्रह भएकोले यी दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण , क्षमता र स्वभावको निर्माण भएको हुन्छ । रंगमा सेतो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अवसरको लागि सधैं दक्षिण पश्चिम दिशा अनुकुल हुने गर्छ । सामाजिक मुल्य र मान्यताको ख्याल गर्ने स सानो कुरामा छिटो रिसाउने तर कठोर हुन नसक्ने चञ्चल बोल्न सिपालु सबै संग रसिलो व्यवहार गर्ने , भाबुक , एकान्त प्रेमि , कर्तव्य निष्ठ , सुख दुख बाड्न चाहने शत्रुलाई पनि मिलाएर लान खोज्ने उत्साही र निरास छिटो हुने यो नक्षत्रको मुल गुण हो । कला र विपरित लिङ्गीको प्रेमलाई ज्यादा महत्व दिने यिनलाई नोकरी , सुगन्ध , शिशा र फेसनको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

२. रोहिणी नक्षत्र भित्र पर्ने नामहरु – (ओ,बा,बि,बु )

पृथ्वी तत्व राशि भित्र पर्ने यो मानव गण नक्षत्रको स्वामी ग्रह चन्द्रमा हो । यसको स्वामी ग्रह शुक्र भएकाले यी दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण , क्षमता र स्वभाब निर्माण भएको हुन्छ । रंगमा सेतोे सुहाउने र फाप्ने हुन्छ भने भाग्य र अबसरको लागि सधैं दक्षिण पश्चिम दिशा अनुकुल हुने गर्छ । प्राय विपरित लिङ्गीको सम्बन्धबाट प्रभावित हुने, चञ्चल, भाबुक, परिर्वतन सिल, छिटो अरुलाई बिश्वास गर्ने, सानो कुरामा धेरै रिसाउने चाँडै भुल स्वीकार गर्ने हुन्छन् । सबै संग खुल्ला व्यवहार गर्ने, अर्काको दुखमा छिटो पग्लने, प्रेम र कर्तव्यलाई ज्यादा महत्व दिने हुन्छन् । अबसरलाई पूर्ण रुपमा चिन्न नसक्नु , आत्माकेन्द्रित चिन्तनले सधैं ग्रसित भएर मान अपमानको हिसाब वर्षौ राख्नु , सधैं ईमान्दार शत्रु, ईमान्दार मित्रु हुनु यिनको मुल गुण हो । कला, साहित्य र खानपिनका सौखीन यि व्यक्तिलाई पर्यटन , फेसन ,कृषि ,लेखन र भूगर्व बाट निक्लेका वस्तुको व्यवसायको क्षेत्रमा विषेश सफलता प्राप्त हुनेगर्छ ।

३. मृगशिरा नक्षत्र भित्र पर्ने नामहरु – (बे , बो)

पृथ्वी तत्व राशि भित्र पर्ने यो देवगण नक्षत्रको स्वामी मंगल ग्रह हो । यसको राशि स्वामी शुक्र ग्रह भएकोले यी दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण , क्षमता र स्वभाब निर्माण भएको हुन्छ । रंगमा पहेंलो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं उत्तर र पूर्व दिशा अनुकुल हुने गर्छ । आफ्नो बिचारमा अडिग , सबै संग हाँसेर बाल्ने , साहसी , घमण्डी , कुशल व्यवस्थापक , आक्रमक शैली बाट प्रेममा प्रस्तुत हुने, इखालु , क्रोधी , मेहनती , चर्चाको बढि लोभ गर्ने यिनको मुल गुण हो । नृत्य र खेलकुदका सौखीन यी व्यक्तिलाई सिनेमा ,पर्यटन ,खगोल र पलास्टिकको क्षेत्र संग जोडिएमा विषेश सफलता प्राप्त हुन्छ ।
 
                   मिथुन राशि

१. मृगशिरा नक्षेत्र २. आद्रा नक्षेत्र ३. पुर्नवशुु नक्षेत्र

१. मृगशिरा नक्षेत्रमा पर्ने नामहरु ( का ,कि)

वायु तत्व राशि भित्र पर्ने यो देबगण नक्षेत्रको स्वामी मंगल ग्रह हो । यसको राशि स्वामी बुध भएकाले दुबै ग्रहमा पाइने तत्व र किरण हरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा हरियो रातो फाप्ने , सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि उत्तर पूर्व दिशा अनुकुल हुन्छ ।
बोल्न सिपालु , चञ्चल ,निडर , जुझारु , पराक्रमी ,जुनसुकै काम दु्रत गतिमा आक्रमक शैलिले काम सम्पन्न गर्ने , योजना धेरै बनाउने , प्रलोभनमा छिटो पर्ने , भाबुक ,दुखमा चाँडो आत्तिने, साथी शत्रु बराबर भएको यिनलाई कपडा , विज्ञापन निर्माण , खेलकुद , स्कुल संचालनको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

२. आद्रा नक्षेत्रमा पर्ने नामहरु (कु, घ ,ङ ,छ)

बायु तत्व राशि भित्र पर्ने मनुष्य गण नक्षेत्रको स्वामी राहु ग्रह हो । यसको राशि स्वामी बुध ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरुबाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा हरियो फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि उत्तर पूर्व दिशा सधैै अनुकुल हुने गर्छ । नयाँ मानिसलाई चाँडो प्रभाब पार्न सक्नु ,ठाउँ अनुसार भाषा शैली परिर्बतन गर्न सक्नु , सानो कुरामा छिटो बिचलित हुनु ,अनाबश्यक चिन्ता र मनमा फाल्तु कुरा खेलाउनु ,कुनै न कुनै झन्झटमा परिरहनुु ,खर्चालु , इखालु ,क्रोधी ,परिश्रमी ,नाता सम्बन्धमा न्यानोपन र इमानदारिताको कमि देख्ने यिनलाई मलखाद ,किटनासक औषधी , कृषि औजार , संचार र इलोक्ट्रोनिक बस्तुको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

३. पुर्नबशु नक्षेत्रमा पर्ने नामहरु (के ,को ,ध)

वायु तत्व राशि भित्र पर्ने यो देबगण नक्षेत्रको स्वामी वृहस्पती ग्रह हो । यसको राशि स्वामी बुध ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरुबाट व्यक्तिको नैसर्गिक गुण , क्षेमता र स्वभाब निर्माण भएको हुन्छ । रंगमा हरियो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं उत्तर पूव दिशा अनुकुल हुने गर्छ ।
कुनै पनि काममा जाखिम लिन नचाहने , एकै ठाउँमा अडिन नसक्ने ,बौद्घिक ,सन्तोषी ,नम्र, काम र कुरा गर्दा दिल र दिमाग लाई सन्तुलनमा राख्न सक्ने , समाजमा आफुलाई मिलनसार व्यक्तिको रुपमा आफुलाई चिनाउन सक्नु यिनको मुल गुण हो र पर्यटन ,सिनेमा र साहित्यका सौखिन यिनलाई बजार प्रतिनिधी ,उद्घोषक ,शिक्षण र कानुनको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

                  कर्कट राशि

१. पुर्नवशु नक्षेत्र २. तिष्य नक्षेत्र ३. आद्रा नक्षेत्र

१. पुर्नवशुु नक्षेत्रमा पर्ने नाम (ही)

जल तत्व राशि भित्र पर्ने यो देबगण नक्षेत्रको स्वामि वृहस्पती ग्रह हो । यसको राशि स्वामि चन्द्रमा हो । यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा सेतो सुहाउने र फाप्ने हुन्छ भने भाग्य र अबसरको लागि सधैं उत्तर पूर्व दिशा अनुकुल हुने गर्छ ।
छिटो उत्साहि छिटो निरास , हेर्दा कठोर तर सम्बेदनसिल , अर्काको मान सम्मान र अधिकार प्रति सधैं सचेत , खर्चालु ,सहनसिल ,उदार ,कर्तव्य निष्ठ ,भाबुक ,जुनसुकै कुराको पनि चाँडो निर्णय दिन सक्ने यिनका मुल गुण हुन । यिनलाई कृषि ,पर्यटन ,शिक्षा र पानी संगको क्षेत्रमा जोडिएर काम गरेमा उच्च सफलता हासिल हुनेछ ।

२. तिष्य नक्षेत्रमा पर्ने नामहरु ( हु ,हे ,हो ,डा)

जल तत्व राशि भित्र पर्ने यो देबगण नक्षेत्रको स्वामी शनि ग्रह हो । यसको राशि स्वामी चन्द्रमा भएकोले यी दुबै ग्रहमा भएको तत्व र किरणहरु बाट नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा कालो सेतो उस्तै फाप्ने हुन्छ भने भाग्य र अबसरको लागि सधैं उत्तर र पश्चिम दिशा अनुकुल हुने गर्छ ।
शान्त गम्भिर मुद्रामा रहने , अरुको मनोविज्ञान चाँडो बुझ्ने ,यर्थातबादी सोंचले भरिएको अध्यनसिल ,नर्म ,भाबुक ,इखालु ,सहरिदयी यर्थातबादी सोंचलो भरिएको , दुख र रिस चाँडो नदेखाउने , खानपिन र साहित्यका सौखिन यिनलाई विशेष गरि पानी ,प्रविधि र फलामको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

३. आद्रा नक्षेत्रमा पर्ने नामहरु (डि ,डु ,डे , डो)

जल तत्व राशि भित्र पर्ने यो राक्षेस गणको नक्षेत्र स्वामी बुध ग्रह हो । यसको राशि स्वामी चन्द्रमा भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा हरियो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि उत्तर र पश्चिम दिशा अनुकुल हुुने गर्छ ।
परिश्रमी, राजनितिक ,कुटनितिक क्षमताले सम्पन्न, स–साना कुरामा सचेत, नम्र,चञ्चल,ठाउँ र मान्छे अनुसार भाषा र व्यबहार परिवर्तन गर्न सक्ने कुनै न कुनै झन्झट र चिन्ताले थिच्चिरहने , दुखमा छिटो रुने ,चापलुस्सि गर्न खप्पिस , सिनेमा ,प्रकृति र खानपानका सौखिन यिनलाई अभिनय ,जागिर ,पर्यटन ,उद्घोषण ,लेखनको क्षेत्रमा विशेष सफलता मिल्छ ।

             सिंह राशि

१. मघा नक्षेत्र    २. पूर्व फाल्गुणी   ३. उत्तर फाल्गुणी

१.मघा नक्षेत्र भित्र पर्ने नामहरु  (मा, मी, मु ,मे)

अग्नि तत्व राशिभित्र पर्ने यो राक्षस गण नक्षेत्रको स्वामी केतु ग्रह हो । यसको राशि स्वामी सूर्य ग्रह भएकाले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाब निर्माण भएको हुन्छ । रंगमा रातो फाप्ने सुहाउने हुन्छ भने अबसर र भाग्यको लागि सधैं उत्तर दिशा अनुकुल हुने गर्छ ।
कुशल मध्यस्तकर्ता , नेतृत्व गर्न सिपालु , समय अनुसार संगत र सम्बन्ध फेर्ने, चञ्चल, आध्यात्म र शान्तीको खोजि गर्ने पितृ कुल परमपरा मान्ने, सबैलाई उचित सल्लाह दिने निजि स्वार्थ भन्दा सामुहिक स्वार्थलाई महत्व दिने, निस्वार्थ भाबले काम गर्दै जाँदा गुण भन्दा दोष देखिएर जस नपाउने, अति क्रोधि ,मेहनति, भाबुक, परोपकारी ,सहरिदयी यि व्यक्तिलाई औषधी ,कानुन र सहकारिको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

२. पूर्व फाल्गुणी भित्र पर्ने नामहरु   (मो, टा, टी, टु)

अग्नि तत्व भित्र पर्ने मनुष्य गण नक्षेत्रको स्वामी शुक्र ग्रह हो । यसको राशि स्वामी सूर्य ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र गुणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाब निर्माण भएको हुन्छ । रंगमा पहेंलो ,रातो फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं पूर्व दक्षिण दिशा अनुकुल हुने गर्छ ।
खानपिन , मनोरञ्जन ,श्रृङगार लाई विशेष महत्व दिने वादविवाद बाट सधैं टाढा रहन खोज्ने ,नम्र ,अभिमानी ,भौतिक बस्तुलाई ज्यादा महत्व दिने ,प्रतिभाशाली ,आफ्नो दोष लुकाउन सिपालु ,विपरित लिङ्गिलाई ज्यादा प्रभाब पार्न खोज्ने ,मनमा कुरा धेरै खेलाउने ,रिसउठे पनि नदेखाउने ,हाँसि मजाक गरिरहने ,गुप्त रुपमा कार्य सफल गर्ने , आफ्नो र परिवारको कुशल व्यवास्थापक यिनलाई शिशा ,रत्न ,अभिनय र सजाबटका बस्तुको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

३. उत्तर फाल्गुणी नक्षेत्रमा पर्ने नामहरु  (टे)

अग्नि तत्व राशि भित्र पर्ने यो मानव गण नक्षेत्रको स्वामी सूर्य हो । यसको राशि स्वामी पनि सूर्य नै भएकाले यसमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा रातो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि पूर्व दिशा अनुकुल हुने गर्छ ।
शारिरिक भन्दा मानसिक श्रमलाई जोडदिने ,उत्कृष्ट नेतृत्व र सहि परार्मश दिन सक्ने ,जिम्मेदारि बाट पछि नहटने ,प्रायजसो जागरणले भरिएको ,यर्थात परक र ओजपूर्ण बोलिव्यवहार देखाउन सक्ने ,आत्मचिन्तन र विवेकको आधारमा निर्णय दिनसक्ने ,निडर ,क्षमासिल ,सहनशिल ,धिर , आफ्नो दुःख समस्या कसैलाई नदेखाउने ,स्वाभीमानी ,परोपकारी ,गल्ति भए स्वीकार गर्ने भाबुक यि व्यक्तिलाई होटल ,राजनीति ,सहकारी ,उर्जा र ,कानुनको क्षेत्रको विशेष सफलता प्राप्त हुन्छ ।

 कन्या राशि

१. उत्तर फाल्गुणी नक्षेत्र  २. हस्ता नक्षेत्र  ३. चित्रा नक्षेत्र

१. उत्तर फाल्गुणी नक्षेत्रमा पर्ने नामहरु   (टो, पा ,पि)

पृथ्वी तत्व राशि भित्र पर्ने मानब गण यो नक्षेत्रको स्वामी सूर्य हो । यसको राशि स्वामी बुध ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाब निर्माण भएको हुन्छ । रंगमा हरियो फाप्ने, सुहाउने भने भाग्य र अबसरका लागि सधैं पूर्व दक्षिण दिशा अनुकुल हुने गर्छ ।
ख्याती चर्चा चाँडै आर्जन गर्न सक्ने ,बोलीमा अनौठो प्रभाब भएको ,आत्मै दखि खुलेर सबै संग यर्थातपरक व्यवहार गर्न सक्ने, भद्र, कुशल व्यबस्थापक, सानेतिनो कुरामा नअल्झिकन आफ्नो लक्ष्यमा अगाडि बढ्ने । उर्जावान, परिश्रमी , बोलेको बचन पुरा गरेर छाड्ने, राजनीति ,पहिरन र भ्रमणमा विशेष चासो राख्ने यिनलाई निर्माण, संचार र कृषिको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

२. हस्ता नक्षेत्र भित्र पर्ने नामहरु   (पु ,ष ,ण ,ठ)

पृथ्वी तत्व राशिभित्र पर्ने देबगण नक्षेत्रको स्वामी ग्रह चन्द्रमा हो । यसको राशि स्वामी बुध ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा सेतो,हरियो उस्तै फप्ने, सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि दक्षिण,पूर्व दिशा अनुकुल हुनेगर्छ ।
छिटो खुसि हुने छिटो दुखि हुने ,भाबुक,सुकोमल भाबनाले युक्त सरल, मृदुभाषी ,सहनसिल तर इखराखि रहने । नैतिक्ता ,कर्तव्य ,अधिकारको क्षेत्रमा सधैं सचेत रहने,स्वाभिमानी केहि न केहि गरिरहने । मौलीक विचारका धनि यि व्यक्तिलाई खाध्यान्न ,काठ ,कागजको उत्पादन तथा वितरणको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

३. चित्रा नक्षेत्रमा पर्ने नामहरु   (पे ,पो)

पृथ्वी तत्व राशि भित्र पर्ने राक्षस गण नक्षत्रको स्वामी मंगल ग्रह हो । यसको राशि स्वामी बुध ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा रातो फाप्ने, सुहाउने हुन्छ भने भाग्य र अबसरका लागि सधैं उत्तर पूर्व दिशा अनुकुल हुनेगर्छ ।
नियम ,कानुन र अनुशासन प्रेमि, दृढ संकल्पी ,परिपक्क निर्णय लिने क्षमता भएको ,छिटो क्रोधमा आउने ,सधैं सर्घष गर्न रुचाउने ,साहसी ,विद्रोही, दुख सहन सक्ने, फरक विचार राख्नसक्ने, नृत्य ,खेलकुद,खानपिनका विशेष सौखिन यिनलाई सुरक्षा, निर्माण ,फलाम र प्रविधिको क्षेत्रमा उच्च सफलता प्राप्त हुन्छ ।

तुला राशि

१. चित्रा नक्षेत्र  २. स्वाती नक्षेत्र  ३. विशाखा नक्षेत्र

१.चित्रा नक्षेत्रमा पर्ने नामहरु   (रा , री)

वायु तत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी मंगल ग्रह हो । यसको राशि स्वामी शुक्र ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरण हरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण हुनेगर्छ । रंगमा राते फाप्ने, सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं दक्षिण दिशा अनुकुल हुनेगर्छ ।
जुनसुकै कुरामा छिटो निर्णय दिनसक्ने ,सर्घष गर्न नडराउने ,उत्साही , महत्वकांक्षी ,एकठाउँमा अडिन नसक्ने ,खेलकुद ,फेसन , मनोरञ्न र कला प्रति विशेष लगाब रहने, विपरित लिङ्गी प्रति बढि उदार रहने ।नम्र, रसिक, आफ्ने बास्तबिक्ता भन्दा फरक स्वभाब देखाउने यिनलाई कला ,संगित, अभिनय र चम्किला बस्तुको व्याबसायमा उच्च सफलता प्राप्त हुन्छ ।

२. स्वाती नक्षेत्रमा पर्ने नामहरु   (रु, रे ,रो ,ता)

वायु तत्व राशिभित्र पर्ने यो देबगण नक्षेत्रको स्वामी राहु हो । यसको राशि स्वामी शुक्र ग्रह भएकोले यि दुबैमा पाइने तत्व र किरणहरुबाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा कालो , सेतो फाप्ने, सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं दक्षिण पश्चिम अनुकुल हुनेगर्छ ।
चतुर ,जिज्ञासु ,चञ्चल ,लजालु ,कल्पनाशिल ,प्रेममा चाँडो फस्ने ,पश्चताप चाँडो गर्ने । कुटनीतिज्ञ क्षमता आबश्यक्ता भन्दा बढि प्रयोग गर्ने । ज्यादा भन्दा ज्यादा मनोरञ्जन गर्न खोज्ने, मृदुभाषी, वास्तविक कुरामा बनाबटि कुरा थपेर प्रस्तुत गर्न सिपालु , राम्रा नराम्रा सबै व्यक्तिलाई सन्तुलनमा राखेर व्याबसायिक सफलता हासिल गर्नसक्नु यिनको विशेषता हो । यि व्यक्तिलाई खास गरेर शिशा , पलास्टिक र रंगको कारोबारमा विशेष सफलता प्राप्त हुन्छ ।

३. विशाखा नक्षेत्रमा पर्ने नामहरु  (ति , तु ,ते)

वायुतत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षेत्रको स्वामी वृहस्पती ग्रह हो । यसको राशि स्वामी शुक्र ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरण हरुबाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा सेतो ,पहेंलो फाप्ने ,सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि उत्तर ,पूर्व दिशा अनुकुल हुनेगर्छ ।
धेरै साथी सम्बन्ध बढाउने ,विपरित लिङ्गीसंग बढि खुसी हुने ,चतुर ,चञ्चल हँसमुख ,मनमा कुरा धेरै खेलाउने ,भित्रि रुपमा व्याकुल र असंन्तोष रहने, शत्रुता वा मित्रुता कुशलता पुर्वक निर्वाह गर्ने ,ज्ञान ,दर्शन ,कलाको पारखी यिनलाई शिक्षा ,रगंमञ्च ,आडम्बरी र चम्किलो बस्तुको व्यवसायमा उच्च सफलता मिल्छ ।

 वृश्चिक राशि

१. विशाखा नक्षत्र  २. अनुराधा नक्षत्र  ३. जेष्ठा नक्षत्र

१. विशाखा नक्षत्रमा पर्ने नाम   (तो)

जलतत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी वृहस्पती ग्रह हो । यसको राशि स्वामी मंगल भएकाले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा पहेंलो ,रातो फाप्ने ,सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं उत्तर पूर्व दिशा अनुकुल हुने गर्छ ।
परिर्वतनको सोचले सधै क्रान्तिकारी भैरहने ,मनमा प्रेम भएपनि व्यवहारमा प्रस्तुत गर्न नजान्ने ,बोल्दा प्रस्ट र कठोर भाषा प्रयोग गर्ने ,सधैं परिश्रमकै बलमा अगाडि बढ्न खोज्ने ,इखालु ,असंन्तोषी ,एकलकांटे ,दुःख सहन सक्ने जिद्घी स्वभाबका हुन्छन् । सधैं गुप्त रुपमा कार्य गर्न रुचाउने यिनलाई प्रविधि र खेलको क्षेत्रमा विशेष सफलता मिल्छ ।

२. अनुराधा नक्षत्रमा पर्ने नामहरु   (ना, नि, नु, ने)

जलतत्व राशि भित्र पर्ने यो देब गण नक्षत्रको स्वामी शनि ग्रह हो । यसको राशि स्वामी मंगल भएकाले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरुबाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा काला रातो फाप्ने,सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं पश्चिम दक्षिण दिशा अनुकुल हुनेगर्छ ।
सधै बिचारलाई महत्व दिने जोसिलो शैलीबाट आफ्नो व्यबहार प्रस्तुत गर्ने, यान्त्रिक तथा प्राविधिक ज्ञान छिटो ग्रहण गर्न सक्ने ,भाबुक ,चञ्चल ,घुमाउरो पाराले शत्रु परास्त गर्न सिपालु , दुख देखि नडराउने ,पिडा सहन सक्ने क्षमता भएको, धेरै रिसाउने,एउटै खालको काम सधै गर्न नरुचाउने , इखालु जिद्धी ,मिलनसार ,खेलकुदका सौखिन यि व्यक्तिलाई यन्त्र संचालन, बजार प्रतिनीधि र अन्वेषणको क्षेत्रमा विशेष सफलता मिल्छ ।

३. जेष्ठा नक्षत्रमा पर्ने नामहरु  (नो ,या ,यी ,यु)

जलतत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी बुध ग्रह हो । यसको राशि स्वामी मंगल ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरण हरुबाट व्यक्तिको नैसर्गिक गुण,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा हरियो ,रातो फाप्ने, सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै उत्तर पश्चिम दिशा अनुकुल हुने गर्छ ।
निडर ,जांगरिलो ,बोल्नमा माहिर , अरुमाथि चाँडै हाबी हुनसक्ने ,नेतृत्व ,इच्छा शक्ति र विश्लेषण क्षमता उच्च भएको ,शंकालु ,निर्मम ,छिटो रिसाउने ,गलत निर्णय गरेको खण्डमा पश्चताप पनि गर्न सक्ने ,सबैलाई मिलाएर लानसक्ने ,पर्यटन र खेलकुदमा बढि चासो राख्ने यिनलाई औषधी उपचार , छापाखाना र संचारको क्षेत्रमा विशेष सफलता मिबलछ ।

धनु राशि

१. मुल नक्षत्र  २. पूर्वषाढा नक्षत्र ३. उत्तरषाढा नक्षत्र

१. मुल नक्षत्रमा पर्ने नामहरु  (ये ,यो ,भा ,भी)

अग्नि तत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी केतु हो । यसको राशि स्वामी वृहस्पती ग्रह भएकोले यिनमा पाइने तत्व र किरणहरुबाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा पहेंलो , नीलो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि उत्तर पूर्व दिशा अनुकुल हुनेगर्छ ।
जुनसुकै कुराको तुरुन्त प्रतिक्रिया दिनसक्ने , कर्तव्य पालनमा उत्कृष्ठ ,आफ्नो कुरा सधैं माथि पार्ने , भाबनामा बगेर कहिले निर्णय नगर्ने ,सब्य , मृदुभाषी , दानी, धार्मिक ,अपमान भुलेर प्रेम बाड्न सक्ने ,राम्रो बैचारिक र उच्च कुटनैतिक क्षमता भएका यि व्यक्तिलाई धर्म ,आर्यूवेद ,खगोल र प्रट्रोलियमको क्षेत्र संग जोडिएर काम गर्दा विशेष सफलता मिल्छ ।

२. पूर्वषाढा नक्षत्रमा पर्ने नामहरु  (भू ,ध ,फा ,ढ)

अग्नि तत्व राशि भित्र पर्ने यो मनुष्य गण नक्षत्रको स्वामी शुक्र ग्रह हो । यसको राशि स्वामी वृहस्पती ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरुबाट व्यक्तिको गुण, क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा सेतो फाप्ने ,सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि पूर्व दक्षिण दिशा अनुकुल हुनेगर्छ ।
सहनशिल ,धिर ,चर्चा र तारिफको लोभ गर्ने , मानसिक अन्तरद्वन्दमा ज्यादा जेलिने ,समाज र राजनीति प्रति चासो दिने ,बौद्घिक ,त्यागी, निस्वार्थ सहयोग गर्न सक्ने ।इमान्दार शत्रु या इमान्दार मित्रुको सम्बन्ध निर्वाह गर्ने । सरल ,मिजासिलो ,मनोरञ्जन बढि गर्न रुचाउने यिनलाई सहकारि वा वित्त ,शिशा ,पलास्टिक र सुगन्धको क्षेत्र संग जोडिएर कारोबार गर्दा उच्च सफलता प्राप्त हुन्छ ।

३. उत्तरषाढा नक्षत्रमा पर्ने नाम   (भे)

अग्नि तत्व राशि भित्र पर्ने यो मनुष्य गण नक्षत्रको स्वामी सूर्य हो । यसको राशि स्वामी वृहस्पती ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरुबाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा रातो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं पूर्व दिशा अनुकुल हुनेगर्छ ।
जीबनलाई कलात्मक रुपमा जीउन जान्ने ,धीर ,पराक्रमी ,आत्मबल बलियो भएको ,सामाजिक र पारिवारिक दायित्वको ख्याल गर्ने, बौद्घिक ,यर्थाथबादी, उच्च नेतृत्व क्षमता भएको , प्रतिकुल अबस्थामा पनि धर्म र धर्य कहिले नगुमाउने यि व्यक्तिलाई राजनीति ,बैकिङ्ग सेवा ,होटल ,औषधीको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

मकर राशि
१. उत्तरषाढा नक्षत्र २. श्रबण नक्षत्र ३. अभिजित नक्षत्र ४. धनिष्ठा नक्षत्र
१. उत्तरषाढा नक्षत्रमा पर्ने नामहरु –( भो, जा, जि)
पृथ्वि तत्व राशि भित्र पर्ने यो मनुष्य गण नक्षत्रको स्वामी सूर्य हो । यसको राशि स्वामी शनि ग्रह भएकोले यि दुबैमा पाईने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण, क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा कालो फाप्ने र सुहाउने गर्छ भने भाग्य र अबसरको लागि संधै पश्चिम दिशा अनुकुल हुने गर्छ ।
यो नक्षत्रमा जन्मने मानिस अति भरपर्दा, बिश्वासिला सधै यर्थाथ परक व्यवहार गर्ने, आफ्नो कुरा सोंच विचार गरेर मात्र व्यक्त गर्ने, दुरदर्शी, चतुर, सहयोगि सधै उच्च मनोवल राखेर हिड्ने संघर्ष देखि नडराउने, दर्शन, साहित्य र राजनितिमा बिशेष चासो राख्ने, सधै मानसिक तनाब ज्यादा खेप्नु पर्ने यिनलाई उर्जा, यन्त्र र फलामको क्षेत्र संग जोडिएर काम गरेको खण्डमा बिशेष सफलता प्राप्त हुन्छ ।

२. श्रबण नक्षत्र भित्र पर्ने नामहरु  (खि, खु ,खे ,खो)
पृथ्वि तत्व राशि भित्र पर्ने यो देवगण नक्षत्रको स्वामि ग्रह चन्द्रमा हो । यसको राशि स्वामि शनि ग्रह भएकोले दुबै ग्रहमा पाईने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण, क्षमता र स्वभावको निर्माण भएको हुन्छ । रंगमा सेतो फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै उत्तर पश्चिम दिशा अनुकुल हुने गर्छ ।
अर्काको विषयमा खोजिनीति र ठेस पुर्याउने व्यवहार नगर्ने , खुल्ला स्वभावको मृदुभाषी, चञ्चल, प्रकृति प्रेमि, इखालु, कामलाई सानो ठुलो केहि नभनि ईमानदारि पूर्वक सम्पन्न गर्ने , सधै परिवर्तनको पक्षधर बन्न चाहने , अन्यायको विरुद्य छिटो उत्रने ,अरुलाई चाडो बिश्वास गर्ने ,सानो कुरामा छिटो चित्त दुखाउने ,घुमफिर र खानपिनका सौखिन यि व्यक्तिलाई भाषा, पर्यटन,कृषि उत्पादन र तरल पदार्थको विक्रि वितरणमा बिशेष सफलता प्राप्त हुन्छ ।

३. अभिजित नक्षत्रमा पर्ने नामहरु  (जु ,जे ,जो ,ख )
पृथ्वि तत्व राशि भित्र पर्ने यो मानब गण नक्षत्रको स्वामी ज्यातिष शास्त्रमा सृष्टिकर्ता व्रम्हालाई मानिएकोछ । यसको राशि स्वामी शनि ग्रह भएकाले यसमा पाईने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण, क्षमता र स्वभावको निर्माण भएको हुन्छ । रंगमा कालो फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै पश्चिम दिशा अनुकुल हुने गर्छ ।
गम्भीर, ढिलो स्वभाबका यि व्यक्तिहरु सहनशिल ,नम्र,निडर, एकान्त प्रेमि, संबेदनशिल सम्बन्धलाई पूणर््ारुपमा ईमानदारीका साथमा निर्वाह गर्ने , अरुलाई बिगारेर आफु बन्नु हुदैन भन्ने भाबना बोकेका हुुन्छन् । धार्मिक प्रवृतिका साथै शत्रुुमाथि पनि सद्भाब , क्षमा ,दिन सक्ने भएकाले यिनिहरु एक असल मानबका रुपमा समाजमा स्थापित हुन पुग्छन् । मनोरञ्जन र आराममा समय बढि खर्चने यिनलाई फलामजन्य बस्तु , छालाजन्य बस्तु, छापाखाना र सहकारिको क्षेत्रमा बिशेष सफलता मिल्छ ।

४.धनिष्ठा नक्षत्रमा पर्ने नामहरु  (गा , गि )
पृथ्वि तत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी मंगल ग्रह हो । यसको राशि स्वामी शनि ग्रह भएकोले यि दुबै ग्रहमा पाईने तत्व र किरण हरुबाट व्यक्तिको नैसर्गिक गुण, क्षमता र स्वभावको निर्माण भएको हुन्छ । रंगमा रातो फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै उत्तर पश्चिम दिशा अनुुकुल हुने गर्छ ।
आफ्नो तारिफ आफै नगरि नसक्ने कसैले सल्लाह दिंदा अपमान बोध गर्ने स–साना कुराको ठुलो प्रतिबाद गर्ने, झगडिया स्वभावको कठोर भन्दा कठोर निर्णय लिनसक्ने हुन्छन् । एकोहोरो परिश्रम गर्न सिपालु,चाँडो थकाई नमान्ने, बनाबटि व्यवहार नजान्ने, हतपति मन कसै संग नबाड्ने, आफ्नो कार्यक्षेत्रमा निपूर्ण र र्चचित, कामलाई सानो ठुलो नभन्ने , बचनको पक्का, ईखालु , गल्तिमा क्षमा नमाग्ने र नदिने यि व्यक्तिलाई सेना, प्रहरी, भू–पैदाबारका साथै माछा–मासुको व्यवसायको क्षेत्रमा बिशेष सफलता मिल्छ ।

कुम्भ राशि
१. धनिष्ठा नक्षत्र  २. शतभिषा नक्षत्र  ३. पूर्वाभाद्रपद नक्षत्र
१. धनिष्ठा नक्षत्रमा पर्ने नामहरु  (गु , गे)
वायु तत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी मंगल ग्रह हो । यसको राशि स्वामी शनि ग्रह भएकोले यि दुबै ग्रहमा पाईने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभावको निर्माण भएको हुन्छ । रंगमा रातो कालो उस्तै फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै उत्तर पश्चिम दिशा अनुकुल हुनेगर्छ ।
सम्पति कमाउन भन्दा कृति र मान सम्मान प्राप्तिका निम्ति आफु संग भएको उर्जा खर्च गर्ने, घुुमाउरो तरिकाले अरुमा प्रभाब पार्ने वा बद्ला लिन सिपालु , बहुमुखी प्रतिभाको धनि ,भाबुुक ,क्रोधि ,ईमान्दार ,विद्रोही , ढिलो स्वभाब भएपनि निरन्तर मिहेनत गरिरहन सकने एकै ठाउँमा बस्न नरुचाउने, ईश्वर र ज्योतिषमा बिश्वास राख्ने, ईखालु स्वभाबका यि व्यक्ति लाई सेना प्रहरीको नोकरी वा यन्त्र , औजारको क्षेत्रमा जोडिएर काम गर्दा बिशेष सफलता प्राप्त हुन्छ ।

२. शतभिषा नक्षत्रमा पर्ने नामहरु  (गो, सा, सी, स)
वायु तत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी राहु ग्रह हो । यसको राशि स्वामी शनि ग्रह भएकाले यि दुबै ग्रहमा पाईने तत्व र किरण हरुबाट व्यक्तिको नैसर्गिक गुण, क्षमता र स्वभावको निर्माण भएको हुन्छ । रंगमा कालो फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै पश्चिम दिशा अनुकुल हुने गर्छ ।
राहु ग्रहको प्रभाबले यिनको जीवनमा काम र बास परिवर्तनको योग आई रहन्छ भने व्यवहार र व्यक्तित्वमा कृतिमता र नाटकिय भाब प्रस्ट रुपमा देख्न पाईन्छ । व्यर्थको चिन्तन अनि चिन्तामा रुमल्लिरहने, जुनसुकै योजना र काम गोप्य रुपमा सम्पन्न गर्ने यिनको बानि हुन्छ । बोलेकोकुरा पुर्याउन नसकेर लज्जित हुनुपर्ने, ईख र बद्लाको भाबना प्रबल भएका यि व्यक्तिहरु लाई सिनेमा ,राजनिति ,औषधी र टेक्नेलोजीको क्षेत्रमा उच्च सफलता
३. पूर्वाभाद्रपद नक्षत्रमा पर्ने नामहरु  (से ,सो ,द)
वायु तत्व राशि भित्र पर्ने यो मनुष्य गण नक्षत्रको स्वामी वृहस्पती ग्रह हो । यसको राशि स्वामी शनि ग्रह भएकोले यी दुबै ग्रहमा पाईने तत्व र किरण हरुबाट व्यक्तिको नैसर्गिक गुुण, क्षमता र स्वभावको निर्माण भएको हुन्छ । रंगमा पहेंलो कालो उस्तै फाप्ने सुुहाउने हुन्छ भने भाग्य र अबसरको लागि पश्चिम दिशा अनुकुल हुने गर्छ ।
नकारात्मक सोंच नराख्ने भौतिक भन्दा आध्यात्मीक र दार्शनीक कुराबाट बढि प्रभाबित हुने मिलनसार, अहंकार र ईश्र्या नभएको आफ्नै पौरख गरेर बाँचौ भन्ने , एकठाउँमा चुपलागेर नबस्ने , सबैलाई समान व्यवहार गर्न सक्ने , उदार परोपकारी , चारै तिर सोंचेर सारर्गबित बिचार र ठोस निर्णय दिन सक्ने धीर , पराक्रमी यी व्यक्ति हतपति अरुको सुझाब नलिने र परि आएको खण्डमा कठोर भन्दा कठोर निर्णय लिन सक्ने र पालन गर्न सक्ने यी व्यक्तिहरु लाई बेकरि ,जडिबुटी ,धातु र कागजको काम गरेको खण्डमा उच्च सफलता प्राप्त हुन्छ ।

मिन राशि
१. पूर्वाभाद्रपद नक्षत्र  २. उत्तरभाद्रपद नक्षत्र  ३. रेवती नक्षत्र
१. पूर्वाभाद्रपद नक्षत्रमा पर्ने नाम  (दी)
जल तत्व राशि भित्र पर्ने यो मनुष्य गण नक्षत्रको स्वामी वृहस्पति ग्रह हो । यसको राशि स्वामी पनि वृहस्पति ग्रहनै हो । यसै ग्रहमा पाईने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण , क्षमता र स्वभाबको निर्माण भएको हुन्छा । रंगमा पहेंलो र सुनौलो फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै उत्तरपूर्व दिशा (ईशान कोण) अनुकुल हुनेगर्छ ।
 वृहस्पति ज्ञान , व्यवसथापन र अन्वेषणको कारक ग्रह हो । सधै सामहिक स्वार्थ लाई सर्वोपरि ठान्ने ,अर्काको बिचारलाई पनि महत्व दिएर सुन्ने बुझ्ने र आफ्नो बिचार प्रस्ट राखेर अडान लिन सक्ने भएकाले कूशल नेतृत्व कर्ता , उत्कृष्ट आर्थिक योजनाकार , कमाउन र जोगाउन सिपालु भएकाले समाजमा धनि व्यक्तिका रुपमा चिनिन पुग्छन् ।कठोर भन्दा कठोर साधना र परिश्रम गर्न सक्ने धीर र निर्भय स्वभाबका यी व्यक्तिको मनमष्तिषक लाई कुनै न कुनै दुःख वा क्लेष ले पिरिरहेको हुन्छ भने बेलाबेला बैराग्यता र एक्लोपनले घेरिरहेको हुन्छ । व्यवसायको हकमा शिक्षा, सहकारि, धर्म र होस्टल संचालनको क्षेत्रमा बिशेष सफलता मिल्छ ।

२. उत्तरभाद्रपद नक्षत्रमा पर्ने नामहरु   (दू ,थ, झ, ञ)
जल तत्व राशि भित्र पर्ने यो मनुुष्य गण नक्षत्रको स्वामी शनि ग्रह हो । यसको राशि स्वामी वृहस्पति ग्रह हो । यी दुबै ग्रहमा पाईने तत्व र किरण हरुबाट व्यक्तिको नैसर्गिक गुुण, क्षमता र स्वभाबको निर्माण भएको हुन्छ ।  रंगमा पहेंलो , कालो उस्तै फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि पश्चिम दिशा अनुकुल हुन्छ ।
आफ्नो दुःख र भाबना कसैलाई नदेखाउने ,शान्ति प्रिय ,ईखालु भएपनि सबै संग लचिलो र लजालु भइ प्रस्तुुत हुने, सोंचेर बाल्ने ,सधै एकनासको स्वभाब प्रदर्शन गर्ने हतारमा भाबनामा बगेर कूुनै पनि निर्णय नगर्ने, दृण निश्चयी, धीर र रहस्यमयी व्यक्तित्वका धनि यीनलाई शनिका कारण रातमा हुने व्यवसाय र टेक्नोलोजीमा लाभ मिल्छ भने वृहस्पतिका कारण ईतिहास लेखन, योग र भू–सम्पदाको क्षेत्र भित्र पर्ने काममा बिशेष सफलता प्राप्त हुन्छ ।

३. रेवती नक्षत्रमा पर्ने नामहरु  (दे, दो, चा, ची)
जल तत्व राशि भित्र पर्ने यो देवगण नक्षत्रको स्वामी बुध ग्रह हो । यसको राशि स्वामी वृहस्पति ग्रह भएकाले यी दुबै ग्रहमा पाईने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण, क्षमता र स्वभावको निमार्ण भएको हुन्छ । रंगमा हरियो, पहेंलो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै उत्तर तथा उत्तर पूर्व (ईशान कोण) अनुकुल हुने गर्छ ।
अति संबेदनसिल, भाबुक, निष्कपट, नम्र भई बोलीरहन मन पराउने सभ्य र सौम्य स्वभाबको सबैलाई सहि सल्लाह सुझाब दिने, सधै उज्यालो अनुहारमा रहने, जुनसुकै समस्याको छिटो समाधान निकाल्ने, अथिति सत्कार र परोपकार गर्न देखि पछि नहट्ने, बिरोधि बिचार लाई पनि सम्मान गर्ने, कूशल सामाजिक संगठन कर्ता यी व्यक्तिलाई अध्यापन, वोकालत, बजार प्रतिनिधी , पत्रकारिता तथा सञ्चारका क्षेत्रमा बिशेष सफलता प्राप्त हुन्छ ।


No comments:

Post a Comment

धन्यवाद