Om ॐ

Om ॐ

Friday, August 2, 2019

ग्रह परिचय

समस्त ज्योतिष शास्त्रमा रहेका ग्रह हरुले हाम्रो शरीरमा कुन कुन कुरा को प्रतिनिधित्व गर्दछन् त आउनुहोस् एक छिन् चर्चा परिचर्चा गरौं
ग्रह परिचय🙂
सूर्य : हाम्रो वैदिक ज्योतिष शास्त्रअनुसार सूर्य हाम्रो शरीर अवयवहरु मध्येको आत्मालाई प्रतिनिधित्व गर्ने ग्रह हो र यसको बालबाल विचार गरेर नै हाम्रो आत्मा शक्तिको पहिचान गर्न सकिन्छ। अर्थात् सूर्य कमजोर अवस्थामा रहेको भएँ आत्मबल कमजोर हुने तथा बलवान् अवस्थामा भएँ आत्मबलमा बढोत्तरी हुने गर्दछ ।

चन्द्रमा : चन्द्रमा हाम्रो पृथ्वीको उपग्रह हो र यसले पृथ्वीलाई परिक्रमा गर्ने हुँदा  ग्रहबाट पर्ने प्रभावहरु यसमाथि परिरहेको हुन्छ, ज्योतिष शास्त्र अनुसार चन्द्रमाले हाम्रो शरीरमा मन /चित्त स्थानलाई आफ्नो अधिकार क्षेत्र बनाएर राखेको छ यानिकी मन् विषयक कुनै पनि विषयमा खोज अनुसन्धान गर्नुपर्दा चन्द्रमाको अवस्थिति हेर्नुपर्ने हुन्छ । जसरी औंसी पूर्णिमामा समुन्द्रमा चन्द्रमा को प्रभावले ज्वार भाटा हरु उत्पन्न हुन्छन् , त्यस्तै चन्द्रमाको बढ्दो र घट्दो कलाले पनि मानव शरीरमा मनलाई नियन्त्रण गरिरहेको हुन्छ ।

मङ्गल : मङ्गल ग्रह हाम्रो ज्योतिष शास्त्र अनुसार अत्यन्तै क्रोधी ग्रह मानिन्छ त्यस्तै यसको मानव शरीरमा अधिकार क्षेत्र भनेको बाहुबल अर्थात् बल क्षेत्र हो, शारीरिक कमजोरी तथा तन्दुरुस्तीको पनि कारक मानिने मङ्गलले राज अधिकारको विषयमा सेनापति पद ग्रहण गर्दछ।

बुध: ज्योतिष शास्त्र अनुसार बुधलाई वाणीको मालिक मान्ने गरिएको छ, बोलीवचन तथा ज्ञानको क्षेत्रमा बुध ग्रहको अधिकार रहन्छ भने राजकाज अधिकारमा बुध राजकुमार हो ।

बृहस्पति: ग्रहहरु मध्येको सबै भन्दा सौम्य ग्रह मानिने बृहस्पति देवता हरुको पनि गुरु हुन्, व्यक्ति शरीरमा ज्ञान र सुखलाई दर्साउने बृहस्पति राज अधिकारमा मन्त्री अर्थात् सचिव हुन् र बृहस्पतिलाई सबैभन्दा सुभ ग्रह पनि मानिन्छ ।

शुक्र : समग्र दाम्पत्य जीवनको कारक, दाम्पत्य सुखको दाताको रूपमा र भौतिक सुख सुविधाहरुको प्रदाता शुक्र ग्रह ज्योतिष शास्त्र अनुसार मद अर्थात् रति राग( सेक्सलाइफ) सम्बन्धी विषयलाई विशेष गरि अनुसन्धान गर्दछ , शौखिन बस्तु, विलासिताका साधन तथा स्त्री प्रसंगमा विशेष रुचि राख्ने शुक्र दानवहरुको पनि गुरु हुन् सुक्रको अवस्थिति मन्त्री/सचिव पदमा हुने गरेको छ।

शनि : पृथ्बी ग्रहबाट अत्यन्तै टाढा रहेको ग्रह सनि सूर्यको पुत्र मानिन्छ भने टाढा भएकै कारणले सबैभन्दा ढिलो परिक्रमा गर्ने ग्रहको रूपमा मानिन्छ , ज्योतिष शास्त्र अनुसार सनि दुःख को कारक हो , गरीब, दुखी अपाङ्ग माग्ने रुग्णजस्ता कमजोर अवस्था भएका हरुको प्रतिनिधित्व सनि ग्रहले गर्दछ भने व्यक्तिगत जीवनमा काम गर्ने भरिया अर्थात् नोकरको रूपमा राजकाजमा रहने गरेको छ ।

त्यस्तै राहु र केतुलाई भ्रम, संका, दुर्घटना, छाया को रूपमा मानिने गरेको छ। अदृष्ट तत्व जस्तै भूत प्रेत वायु तथा कुल पितृ हरु पनि राहु केतु मार्फत नै अध्ययन  गरिन्छ।

लेखक:  आचार्य ज्योतिष  नवीन कँडेल
स्रोत: लघुजातक
सम्पर्क:९८४५३६१८२८

Nabinbhai33@gmail.com

Tuesday, April 9, 2019

कुरिलाे खानुहोस पिशाब पाेल्ने,पेटकाे ट्युमर,घाँटीमा भएकाे संक्रमणबाट बच्नुहोस!!!


24 hours ago 1,753  1 minute read
अंग्रेजीमा Asparagus भनिने Asparagus racemosus वानस्पतिक नाम भएकाे कुरिलाेलाइ संस्कृतमा शतावरी भनिन्छ । नेपालकाे मैदानी जंगल देखि लिएर चार हजार फिट देखी नाै हजार फिटकाे उच्च हिमाली भूभागसम्ममा पाइने कुरिलाेलाइ अायुर्वेदले अाैषधिकी रानी भनेकाे छ

काँडा भएका् र नभएकाे गरि दुइ प्रकारकाे हुने याे वनस्पती मध्ये उच्च हिमाली भेगमा पाइने कुरिलाेलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसकाे काँडा हुँदैन तर अाैषधिय गुण भने समान हुन्छ । एस्मेरेगेमिन ए नामक पाेलीसाइक्लिक अल्कालाइड स्टेराइ

अायुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदाैर्बल्य नाश गर्ने अाैषधिय गुण भएकाे भनेर चर्चा गरेकाे कुरिलाेकाे सेवन पीडा कम गर्न स्तनपान गराइरहेका महिलाकाे दुध अाउन छाडे दुधकाे बृध्दि गर्न पिशाब पाेल्ने समस्यामा कामाेत्तेजना वृधदिका लागी अनिद्रा भाेक नलाग्ने समस्या पाचन प्रणालीमा सुधार पेटकाे ट्युमर घाँटीमा भएकाे संक्रमण ब्राे‌ंकाइटिस लगायतका राेगमा यसकाे जरा र काण्डकाे प्रयाेग उत्तम मानिन्छ ।

अंग्रेजीमा Asparagus भनिने Asparagus racemosus वानस्पतिक नाम भएकाे कुरिलाेलाइ संस्कृतमा शतावरी भनिन्छ । नेपालकाे मैदानी जंगल देखि लिएर चार हजार फिट देखी नाै हजार फिटकाे उच्च हिमाली भूभागसम्ममा पाइने कुरिलाेलाइ अायुर्वेदले अाैषधिकी रानी भनेकाे छ

काँडा भएका् र नभएकाे गरि दुइ प्रकारकाे हुने याे वनस्पती मध्ये उच्च हिमाली भेगमा पाइने कुरिलाेलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसकाे काँडा हुँदैन तर अाैषधिय गुण भने समान हुन्छ । एस्मेरेगेमिन ए नामक पाेलीसाइक्लिक अल्कालाइड स्टेराइ

अायुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदाैर्बल्य नाश गर्ने अाैषधिय गुण भएकाे भनेर चर्चा गरेकाे कुरिलाेकाे सेवन पीडा कम गर्न स्तनपान गराइरहेका महिलाकाे दुध अाउन छाडे दुधकाे बृध्दि गर्न पिशाब पाेल्ने समस्यामा कामाेत्तेजना वृधदिका लागी अनिद्रा भाेक नलाग्ने समस्या पाचन प्रणालीमा सुधार पेटकाे ट्युमर घाँटीमा भएकाे संक्रमण ब्राे‌ंकाइटिस लगायतका राेगमा यसकाे जरा र काण्डकाे प्रयाेग उत्तम मानिन्छ ।

Tuesday, April 2, 2019

नक्षत्र अनुसार ब्यक्तिको परिचय र गुणको विष्लेशण

नक्षत्र अनुसार ब्यक्तिको परिचय र गुणको विष्लेशण



मैले तपाईहरुलाई काठमाण्डु बस्छु भन्दा पनि काठमाण्डुको बालकुमारी पुल नजिक बस्छु भन्दा बढि उपयुक्त भएझै ज्योतिष शास्त्रमा प्रत्येक राशि भित्र परेका नक्षत्र हरुलाई बेग्ला बेग्लै केलाएर विवेचना गरियो भने विशेषगरि तपाई भित्र कस्ता कस्ता गुण विद्यमान छन् अनि राशि स्वामी र नक्षत्र स्वामी ग्रहले ईसारा गरेको ज्यादा भन्दा ज्यादा सफलता मिल्ने क्षेत्र कुन हो र कता हो ,प्रयोग गर्दा सुहाउने शुभ रंग कुन हो आदी इत्यादी कुरा अझ प्रस्ट रुपमा थाहा पाउन सकिनछ ।

script type="text/javascript" src="//astrologyfutureeye.com/wjsfiles/widgetgokulpanchagam.js"></script>

                   मेष राशि

१.अश्विनी नक्षत्र २. भरणी नक्षत्र ३. कृतिका नक्षत्र 

१. अश्विनी नक्षत्र भित्र पर्ने नामहरु (चु,चे,चो,ला)

अग्नि तत्व राशि भित्र पर्ने यो देवगण नक्षत्रको स्वामी केतु ग्रह हो । यसको राशि स्वामी मंगल भएकाले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट ब्यक्तिको नैसर्गिक गुण , क्षमता र स्वाभाव निर्माण भएको हुन्छ । रंगमा रातो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरका लागि सधैं उत्तर पूर्व दिशा अनुकुल हुने गर्छ । आफु भित्र उठ्ने विद्रोह र वैराग्यको बिच अनौठो तालमेल गराउन सफल हुने यिनले सधैं अरुलाई हौसला दिने गरेका हुन्छन् । थोरै समयमा धेरै पराक्रम गर्ने , उदार सोंच सुन्दर अनि स्वतन्त्र विचार प्रस्ट रुपमा राख्ने, यथास्थिती वादी हुन मन नपराउने, परेको खण्डमा घाटा नाफा केहि नहेरी साहसिलो निर्णय गर्न सक्ने सामर्थ यो नक्षत्रमा जन्मने मानीसमा हुन्छ ।
काममा अनुशासनप्रिय ,एकहोरो आज्ञाकारी ब्यवहारमा सहरिदयी, एक्लो हुदा प्राय भाबुक अनि भित्री रुपमा असान्त रहने यिनको मुल स्वभाब हो । फूल र नृत्यको शौकिन यिनलाई मुख्यगरि अन्वेषण , होटल , पर्यटन , औषधी र र्र्धािर्मक क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

२. भरणी नक्षत्र भित्र पर्ने नामहरु –(ली,लु,ले,लो)

अग्नि तत्व राशि भित्र पर्ने यो मानव गण नक्षत्रको स्वामी शुक्र ग्रह हो । यसको राशि स्वामी मंगल ग्रह भएकाले यी दुबै ग्रहमा पाइने तत्व र किरण हरुबाट ब्यक्तिको नैसर्गिक गुण , क्षमता र स्वभाब निर्माण भएको हुन्छ । रंगमा सेतो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं दक्षिण पश्चिम दिशा अनुकुल हुने गर्छ । पौरखी अनि रसिक स्वभाबले युक्त यी ब्यक्तिलाई कर्तब्य संगै मनोरञ्जन पनि धेरै गर्नु पर्छ । मान र अपमानको हिसाब सधंै राख्ने , सबै संग साचो बोल्ने , ईमानदार ब्यवहार गर्ने , नचाहिदो ठाउँमा उर्जा खर्च गर्ने , गलत संगतमा परेर पथ भ्रष्ट छिटो हुने , ठुलै समस्या आए पनि शान्त भएर दृढ संकल्पका साथ निराकरण गरेर देखाउने , शरिरमा चोट पटक छिटो लगाउने यिनको मुख्य गुण हो ।
खेलकुद र सिनेमाको सौकीन यिनलाई मुख्यगरि खेलौना ,स्टेसनरी ,विज्ञानको सामाग्री, वीउ वीजन ,मलखाद ,मासु र मदिरा पसल ,वाद्ययवादन वजाउने वा बिक्रि गर्ने काममा विशेष लाभ हुन्छ ।

३. कृतिका नक्षत्र भित्र पर्ने नाम – (अ)

अग्नि तत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी सूर्य हो । यसको राशि स्वामी मंगल ग्रह भएकाले यी दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट ब्यक्तिको नैसर्गिक गुण , क्षमता र स्वभाब निर्माण हुन्छ । रंगमा रातो सुहाउने र फाप्ने गर्छ भने भागय र अबसरको लागि सधैं उत्तर पूर्व अनुकुल हुने गर्छ । आफुमा ध्वंस र निर्माणको क्षमता राख्ने ,सिमित र विस्वाशिला सम्बन्ध रुचाउने ,खरो शैलिमा नियम पालन गर्ने गराउने, शत्रु संग सम्झौता नगर्ने ,अहंकारी , अंसन्तोषि, कुशल योजनाकार , निस्वार्थ अरुलाई सहयोग गर्न सक्नु यिनको मुल गुण हो ।
खाना र नेतृत्वको सारै सौकीन यि ब्यक्तिलाई मुख्य गरि सेना प्रहरी , गार्ड, कृषि औजार,मेकानिकल, वेकरी ,होटल ब्यवसाय ,धातुका सामाग्रीको निर्माण तथा ब्यपार र खेलको क्षेत्रमा विशेष सफलता मिल्छ ।
           
                    वृष राशि

१. कृतिका नक्षत्र २. रोहिणी नक्षत्र ३. मृगशिरा नक्षत्र

१. कृतिका नक्षत्र भित्र पर्ने नामहरु – (ई,उ,ए)

पृथ्वी तत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी सूर्य ग्रह हो । यसको राशि स्वामी शुक्र ग्रह भएकोले यी दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण , क्षमता र स्वभावको निर्माण भएको हुन्छ । रंगमा सेतो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अवसरको लागि सधैं दक्षिण पश्चिम दिशा अनुकुल हुने गर्छ । सामाजिक मुल्य र मान्यताको ख्याल गर्ने स सानो कुरामा छिटो रिसाउने तर कठोर हुन नसक्ने चञ्चल बोल्न सिपालु सबै संग रसिलो व्यवहार गर्ने , भाबुक , एकान्त प्रेमि , कर्तव्य निष्ठ , सुख दुख बाड्न चाहने शत्रुलाई पनि मिलाएर लान खोज्ने उत्साही र निरास छिटो हुने यो नक्षत्रको मुल गुण हो । कला र विपरित लिङ्गीको प्रेमलाई ज्यादा महत्व दिने यिनलाई नोकरी , सुगन्ध , शिशा र फेसनको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

२. रोहिणी नक्षत्र भित्र पर्ने नामहरु – (ओ,बा,बि,बु )

पृथ्वी तत्व राशि भित्र पर्ने यो मानव गण नक्षत्रको स्वामी ग्रह चन्द्रमा हो । यसको स्वामी ग्रह शुक्र भएकाले यी दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण , क्षमता र स्वभाब निर्माण भएको हुन्छ । रंगमा सेतोे सुहाउने र फाप्ने हुन्छ भने भाग्य र अबसरको लागि सधैं दक्षिण पश्चिम दिशा अनुकुल हुने गर्छ । प्राय विपरित लिङ्गीको सम्बन्धबाट प्रभावित हुने, चञ्चल, भाबुक, परिर्वतन सिल, छिटो अरुलाई बिश्वास गर्ने, सानो कुरामा धेरै रिसाउने चाँडै भुल स्वीकार गर्ने हुन्छन् । सबै संग खुल्ला व्यवहार गर्ने, अर्काको दुखमा छिटो पग्लने, प्रेम र कर्तव्यलाई ज्यादा महत्व दिने हुन्छन् । अबसरलाई पूर्ण रुपमा चिन्न नसक्नु , आत्माकेन्द्रित चिन्तनले सधैं ग्रसित भएर मान अपमानको हिसाब वर्षौ राख्नु , सधैं ईमान्दार शत्रु, ईमान्दार मित्रु हुनु यिनको मुल गुण हो । कला, साहित्य र खानपिनका सौखीन यि व्यक्तिलाई पर्यटन , फेसन ,कृषि ,लेखन र भूगर्व बाट निक्लेका वस्तुको व्यवसायको क्षेत्रमा विषेश सफलता प्राप्त हुनेगर्छ ।

३. मृगशिरा नक्षत्र भित्र पर्ने नामहरु – (बे , बो)

पृथ्वी तत्व राशि भित्र पर्ने यो देवगण नक्षत्रको स्वामी मंगल ग्रह हो । यसको राशि स्वामी शुक्र ग्रह भएकोले यी दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण , क्षमता र स्वभाब निर्माण भएको हुन्छ । रंगमा पहेंलो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं उत्तर र पूर्व दिशा अनुकुल हुने गर्छ । आफ्नो बिचारमा अडिग , सबै संग हाँसेर बाल्ने , साहसी , घमण्डी , कुशल व्यवस्थापक , आक्रमक शैली बाट प्रेममा प्रस्तुत हुने, इखालु , क्रोधी , मेहनती , चर्चाको बढि लोभ गर्ने यिनको मुल गुण हो । नृत्य र खेलकुदका सौखीन यी व्यक्तिलाई सिनेमा ,पर्यटन ,खगोल र पलास्टिकको क्षेत्र संग जोडिएमा विषेश सफलता प्राप्त हुन्छ ।
 
                   मिथुन राशि

१. मृगशिरा नक्षेत्र २. आद्रा नक्षेत्र ३. पुर्नवशुु नक्षेत्र

१. मृगशिरा नक्षेत्रमा पर्ने नामहरु ( का ,कि)

वायु तत्व राशि भित्र पर्ने यो देबगण नक्षेत्रको स्वामी मंगल ग्रह हो । यसको राशि स्वामी बुध भएकाले दुबै ग्रहमा पाइने तत्व र किरण हरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा हरियो रातो फाप्ने , सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि उत्तर पूर्व दिशा अनुकुल हुन्छ ।
बोल्न सिपालु , चञ्चल ,निडर , जुझारु , पराक्रमी ,जुनसुकै काम दु्रत गतिमा आक्रमक शैलिले काम सम्पन्न गर्ने , योजना धेरै बनाउने , प्रलोभनमा छिटो पर्ने , भाबुक ,दुखमा चाँडो आत्तिने, साथी शत्रु बराबर भएको यिनलाई कपडा , विज्ञापन निर्माण , खेलकुद , स्कुल संचालनको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

२. आद्रा नक्षेत्रमा पर्ने नामहरु (कु, घ ,ङ ,छ)

बायु तत्व राशि भित्र पर्ने मनुष्य गण नक्षेत्रको स्वामी राहु ग्रह हो । यसको राशि स्वामी बुध ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरुबाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा हरियो फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि उत्तर पूर्व दिशा सधैै अनुकुल हुने गर्छ । नयाँ मानिसलाई चाँडो प्रभाब पार्न सक्नु ,ठाउँ अनुसार भाषा शैली परिर्बतन गर्न सक्नु , सानो कुरामा छिटो बिचलित हुनु ,अनाबश्यक चिन्ता र मनमा फाल्तु कुरा खेलाउनु ,कुनै न कुनै झन्झटमा परिरहनुु ,खर्चालु , इखालु ,क्रोधी ,परिश्रमी ,नाता सम्बन्धमा न्यानोपन र इमानदारिताको कमि देख्ने यिनलाई मलखाद ,किटनासक औषधी , कृषि औजार , संचार र इलोक्ट्रोनिक बस्तुको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

३. पुर्नबशु नक्षेत्रमा पर्ने नामहरु (के ,को ,ध)

वायु तत्व राशि भित्र पर्ने यो देबगण नक्षेत्रको स्वामी वृहस्पती ग्रह हो । यसको राशि स्वामी बुध ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरुबाट व्यक्तिको नैसर्गिक गुण , क्षेमता र स्वभाब निर्माण भएको हुन्छ । रंगमा हरियो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं उत्तर पूव दिशा अनुकुल हुने गर्छ ।
कुनै पनि काममा जाखिम लिन नचाहने , एकै ठाउँमा अडिन नसक्ने ,बौद्घिक ,सन्तोषी ,नम्र, काम र कुरा गर्दा दिल र दिमाग लाई सन्तुलनमा राख्न सक्ने , समाजमा आफुलाई मिलनसार व्यक्तिको रुपमा आफुलाई चिनाउन सक्नु यिनको मुल गुण हो र पर्यटन ,सिनेमा र साहित्यका सौखिन यिनलाई बजार प्रतिनिधी ,उद्घोषक ,शिक्षण र कानुनको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

                  कर्कट राशि

१. पुर्नवशु नक्षेत्र २. तिष्य नक्षेत्र ३. आद्रा नक्षेत्र

१. पुर्नवशुु नक्षेत्रमा पर्ने नाम (ही)

जल तत्व राशि भित्र पर्ने यो देबगण नक्षेत्रको स्वामि वृहस्पती ग्रह हो । यसको राशि स्वामि चन्द्रमा हो । यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा सेतो सुहाउने र फाप्ने हुन्छ भने भाग्य र अबसरको लागि सधैं उत्तर पूर्व दिशा अनुकुल हुने गर्छ ।
छिटो उत्साहि छिटो निरास , हेर्दा कठोर तर सम्बेदनसिल , अर्काको मान सम्मान र अधिकार प्रति सधैं सचेत , खर्चालु ,सहनसिल ,उदार ,कर्तव्य निष्ठ ,भाबुक ,जुनसुकै कुराको पनि चाँडो निर्णय दिन सक्ने यिनका मुल गुण हुन । यिनलाई कृषि ,पर्यटन ,शिक्षा र पानी संगको क्षेत्रमा जोडिएर काम गरेमा उच्च सफलता हासिल हुनेछ ।

२. तिष्य नक्षेत्रमा पर्ने नामहरु ( हु ,हे ,हो ,डा)

जल तत्व राशि भित्र पर्ने यो देबगण नक्षेत्रको स्वामी शनि ग्रह हो । यसको राशि स्वामी चन्द्रमा भएकोले यी दुबै ग्रहमा भएको तत्व र किरणहरु बाट नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा कालो सेतो उस्तै फाप्ने हुन्छ भने भाग्य र अबसरको लागि सधैं उत्तर र पश्चिम दिशा अनुकुल हुने गर्छ ।
शान्त गम्भिर मुद्रामा रहने , अरुको मनोविज्ञान चाँडो बुझ्ने ,यर्थातबादी सोंचले भरिएको अध्यनसिल ,नर्म ,भाबुक ,इखालु ,सहरिदयी यर्थातबादी सोंचलो भरिएको , दुख र रिस चाँडो नदेखाउने , खानपिन र साहित्यका सौखिन यिनलाई विशेष गरि पानी ,प्रविधि र फलामको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

३. आद्रा नक्षेत्रमा पर्ने नामहरु (डि ,डु ,डे , डो)

जल तत्व राशि भित्र पर्ने यो राक्षेस गणको नक्षेत्र स्वामी बुध ग्रह हो । यसको राशि स्वामी चन्द्रमा भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा हरियो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि उत्तर र पश्चिम दिशा अनुकुल हुुने गर्छ ।
परिश्रमी, राजनितिक ,कुटनितिक क्षमताले सम्पन्न, स–साना कुरामा सचेत, नम्र,चञ्चल,ठाउँ र मान्छे अनुसार भाषा र व्यबहार परिवर्तन गर्न सक्ने कुनै न कुनै झन्झट र चिन्ताले थिच्चिरहने , दुखमा छिटो रुने ,चापलुस्सि गर्न खप्पिस , सिनेमा ,प्रकृति र खानपानका सौखिन यिनलाई अभिनय ,जागिर ,पर्यटन ,उद्घोषण ,लेखनको क्षेत्रमा विशेष सफलता मिल्छ ।

             सिंह राशि

१. मघा नक्षेत्र    २. पूर्व फाल्गुणी   ३. उत्तर फाल्गुणी

१.मघा नक्षेत्र भित्र पर्ने नामहरु  (मा, मी, मु ,मे)

अग्नि तत्व राशिभित्र पर्ने यो राक्षस गण नक्षेत्रको स्वामी केतु ग्रह हो । यसको राशि स्वामी सूर्य ग्रह भएकाले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाब निर्माण भएको हुन्छ । रंगमा रातो फाप्ने सुहाउने हुन्छ भने अबसर र भाग्यको लागि सधैं उत्तर दिशा अनुकुल हुने गर्छ ।
कुशल मध्यस्तकर्ता , नेतृत्व गर्न सिपालु , समय अनुसार संगत र सम्बन्ध फेर्ने, चञ्चल, आध्यात्म र शान्तीको खोजि गर्ने पितृ कुल परमपरा मान्ने, सबैलाई उचित सल्लाह दिने निजि स्वार्थ भन्दा सामुहिक स्वार्थलाई महत्व दिने, निस्वार्थ भाबले काम गर्दै जाँदा गुण भन्दा दोष देखिएर जस नपाउने, अति क्रोधि ,मेहनति, भाबुक, परोपकारी ,सहरिदयी यि व्यक्तिलाई औषधी ,कानुन र सहकारिको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

२. पूर्व फाल्गुणी भित्र पर्ने नामहरु   (मो, टा, टी, टु)

अग्नि तत्व भित्र पर्ने मनुष्य गण नक्षेत्रको स्वामी शुक्र ग्रह हो । यसको राशि स्वामी सूर्य ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र गुणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाब निर्माण भएको हुन्छ । रंगमा पहेंलो ,रातो फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं पूर्व दक्षिण दिशा अनुकुल हुने गर्छ ।
खानपिन , मनोरञ्जन ,श्रृङगार लाई विशेष महत्व दिने वादविवाद बाट सधैं टाढा रहन खोज्ने ,नम्र ,अभिमानी ,भौतिक बस्तुलाई ज्यादा महत्व दिने ,प्रतिभाशाली ,आफ्नो दोष लुकाउन सिपालु ,विपरित लिङ्गिलाई ज्यादा प्रभाब पार्न खोज्ने ,मनमा कुरा धेरै खेलाउने ,रिसउठे पनि नदेखाउने ,हाँसि मजाक गरिरहने ,गुप्त रुपमा कार्य सफल गर्ने , आफ्नो र परिवारको कुशल व्यवास्थापक यिनलाई शिशा ,रत्न ,अभिनय र सजाबटका बस्तुको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

३. उत्तर फाल्गुणी नक्षेत्रमा पर्ने नामहरु  (टे)

अग्नि तत्व राशि भित्र पर्ने यो मानव गण नक्षेत्रको स्वामी सूर्य हो । यसको राशि स्वामी पनि सूर्य नै भएकाले यसमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा रातो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि पूर्व दिशा अनुकुल हुने गर्छ ।
शारिरिक भन्दा मानसिक श्रमलाई जोडदिने ,उत्कृष्ट नेतृत्व र सहि परार्मश दिन सक्ने ,जिम्मेदारि बाट पछि नहटने ,प्रायजसो जागरणले भरिएको ,यर्थात परक र ओजपूर्ण बोलिव्यवहार देखाउन सक्ने ,आत्मचिन्तन र विवेकको आधारमा निर्णय दिनसक्ने ,निडर ,क्षमासिल ,सहनशिल ,धिर , आफ्नो दुःख समस्या कसैलाई नदेखाउने ,स्वाभीमानी ,परोपकारी ,गल्ति भए स्वीकार गर्ने भाबुक यि व्यक्तिलाई होटल ,राजनीति ,सहकारी ,उर्जा र ,कानुनको क्षेत्रको विशेष सफलता प्राप्त हुन्छ ।

 कन्या राशि

१. उत्तर फाल्गुणी नक्षेत्र  २. हस्ता नक्षेत्र  ३. चित्रा नक्षेत्र

१. उत्तर फाल्गुणी नक्षेत्रमा पर्ने नामहरु   (टो, पा ,पि)

पृथ्वी तत्व राशि भित्र पर्ने मानब गण यो नक्षेत्रको स्वामी सूर्य हो । यसको राशि स्वामी बुध ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाब निर्माण भएको हुन्छ । रंगमा हरियो फाप्ने, सुहाउने भने भाग्य र अबसरका लागि सधैं पूर्व दक्षिण दिशा अनुकुल हुने गर्छ ।
ख्याती चर्चा चाँडै आर्जन गर्न सक्ने ,बोलीमा अनौठो प्रभाब भएको ,आत्मै दखि खुलेर सबै संग यर्थातपरक व्यवहार गर्न सक्ने, भद्र, कुशल व्यबस्थापक, सानेतिनो कुरामा नअल्झिकन आफ्नो लक्ष्यमा अगाडि बढ्ने । उर्जावान, परिश्रमी , बोलेको बचन पुरा गरेर छाड्ने, राजनीति ,पहिरन र भ्रमणमा विशेष चासो राख्ने यिनलाई निर्माण, संचार र कृषिको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

२. हस्ता नक्षेत्र भित्र पर्ने नामहरु   (पु ,ष ,ण ,ठ)

पृथ्वी तत्व राशिभित्र पर्ने देबगण नक्षेत्रको स्वामी ग्रह चन्द्रमा हो । यसको राशि स्वामी बुध ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा सेतो,हरियो उस्तै फप्ने, सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि दक्षिण,पूर्व दिशा अनुकुल हुनेगर्छ ।
छिटो खुसि हुने छिटो दुखि हुने ,भाबुक,सुकोमल भाबनाले युक्त सरल, मृदुभाषी ,सहनसिल तर इखराखि रहने । नैतिक्ता ,कर्तव्य ,अधिकारको क्षेत्रमा सधैं सचेत रहने,स्वाभिमानी केहि न केहि गरिरहने । मौलीक विचारका धनि यि व्यक्तिलाई खाध्यान्न ,काठ ,कागजको उत्पादन तथा वितरणको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

३. चित्रा नक्षेत्रमा पर्ने नामहरु   (पे ,पो)

पृथ्वी तत्व राशि भित्र पर्ने राक्षस गण नक्षत्रको स्वामी मंगल ग्रह हो । यसको राशि स्वामी बुध ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा रातो फाप्ने, सुहाउने हुन्छ भने भाग्य र अबसरका लागि सधैं उत्तर पूर्व दिशा अनुकुल हुनेगर्छ ।
नियम ,कानुन र अनुशासन प्रेमि, दृढ संकल्पी ,परिपक्क निर्णय लिने क्षमता भएको ,छिटो क्रोधमा आउने ,सधैं सर्घष गर्न रुचाउने ,साहसी ,विद्रोही, दुख सहन सक्ने, फरक विचार राख्नसक्ने, नृत्य ,खेलकुद,खानपिनका विशेष सौखिन यिनलाई सुरक्षा, निर्माण ,फलाम र प्रविधिको क्षेत्रमा उच्च सफलता प्राप्त हुन्छ ।

तुला राशि

१. चित्रा नक्षेत्र  २. स्वाती नक्षेत्र  ३. विशाखा नक्षेत्र

१.चित्रा नक्षेत्रमा पर्ने नामहरु   (रा , री)

वायु तत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी मंगल ग्रह हो । यसको राशि स्वामी शुक्र ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरण हरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण हुनेगर्छ । रंगमा राते फाप्ने, सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं दक्षिण दिशा अनुकुल हुनेगर्छ ।
जुनसुकै कुरामा छिटो निर्णय दिनसक्ने ,सर्घष गर्न नडराउने ,उत्साही , महत्वकांक्षी ,एकठाउँमा अडिन नसक्ने ,खेलकुद ,फेसन , मनोरञ्न र कला प्रति विशेष लगाब रहने, विपरित लिङ्गी प्रति बढि उदार रहने ।नम्र, रसिक, आफ्ने बास्तबिक्ता भन्दा फरक स्वभाब देखाउने यिनलाई कला ,संगित, अभिनय र चम्किला बस्तुको व्याबसायमा उच्च सफलता प्राप्त हुन्छ ।

२. स्वाती नक्षेत्रमा पर्ने नामहरु   (रु, रे ,रो ,ता)

वायु तत्व राशिभित्र पर्ने यो देबगण नक्षेत्रको स्वामी राहु हो । यसको राशि स्वामी शुक्र ग्रह भएकोले यि दुबैमा पाइने तत्व र किरणहरुबाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा कालो , सेतो फाप्ने, सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं दक्षिण पश्चिम अनुकुल हुनेगर्छ ।
चतुर ,जिज्ञासु ,चञ्चल ,लजालु ,कल्पनाशिल ,प्रेममा चाँडो फस्ने ,पश्चताप चाँडो गर्ने । कुटनीतिज्ञ क्षमता आबश्यक्ता भन्दा बढि प्रयोग गर्ने । ज्यादा भन्दा ज्यादा मनोरञ्जन गर्न खोज्ने, मृदुभाषी, वास्तविक कुरामा बनाबटि कुरा थपेर प्रस्तुत गर्न सिपालु , राम्रा नराम्रा सबै व्यक्तिलाई सन्तुलनमा राखेर व्याबसायिक सफलता हासिल गर्नसक्नु यिनको विशेषता हो । यि व्यक्तिलाई खास गरेर शिशा , पलास्टिक र रंगको कारोबारमा विशेष सफलता प्राप्त हुन्छ ।

३. विशाखा नक्षेत्रमा पर्ने नामहरु  (ति , तु ,ते)

वायुतत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षेत्रको स्वामी वृहस्पती ग्रह हो । यसको राशि स्वामी शुक्र ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरण हरुबाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा सेतो ,पहेंलो फाप्ने ,सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि उत्तर ,पूर्व दिशा अनुकुल हुनेगर्छ ।
धेरै साथी सम्बन्ध बढाउने ,विपरित लिङ्गीसंग बढि खुसी हुने ,चतुर ,चञ्चल हँसमुख ,मनमा कुरा धेरै खेलाउने ,भित्रि रुपमा व्याकुल र असंन्तोष रहने, शत्रुता वा मित्रुता कुशलता पुर्वक निर्वाह गर्ने ,ज्ञान ,दर्शन ,कलाको पारखी यिनलाई शिक्षा ,रगंमञ्च ,आडम्बरी र चम्किलो बस्तुको व्यवसायमा उच्च सफलता मिल्छ ।

 वृश्चिक राशि

१. विशाखा नक्षत्र  २. अनुराधा नक्षत्र  ३. जेष्ठा नक्षत्र

१. विशाखा नक्षत्रमा पर्ने नाम   (तो)

जलतत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी वृहस्पती ग्रह हो । यसको राशि स्वामी मंगल भएकाले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा पहेंलो ,रातो फाप्ने ,सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं उत्तर पूर्व दिशा अनुकुल हुने गर्छ ।
परिर्वतनको सोचले सधै क्रान्तिकारी भैरहने ,मनमा प्रेम भएपनि व्यवहारमा प्रस्तुत गर्न नजान्ने ,बोल्दा प्रस्ट र कठोर भाषा प्रयोग गर्ने ,सधैं परिश्रमकै बलमा अगाडि बढ्न खोज्ने ,इखालु ,असंन्तोषी ,एकलकांटे ,दुःख सहन सक्ने जिद्घी स्वभाबका हुन्छन् । सधैं गुप्त रुपमा कार्य गर्न रुचाउने यिनलाई प्रविधि र खेलको क्षेत्रमा विशेष सफलता मिल्छ ।

२. अनुराधा नक्षत्रमा पर्ने नामहरु   (ना, नि, नु, ने)

जलतत्व राशि भित्र पर्ने यो देब गण नक्षत्रको स्वामी शनि ग्रह हो । यसको राशि स्वामी मंगल भएकाले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरुबाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा काला रातो फाप्ने,सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं पश्चिम दक्षिण दिशा अनुकुल हुनेगर्छ ।
सधै बिचारलाई महत्व दिने जोसिलो शैलीबाट आफ्नो व्यबहार प्रस्तुत गर्ने, यान्त्रिक तथा प्राविधिक ज्ञान छिटो ग्रहण गर्न सक्ने ,भाबुक ,चञ्चल ,घुमाउरो पाराले शत्रु परास्त गर्न सिपालु , दुख देखि नडराउने ,पिडा सहन सक्ने क्षमता भएको, धेरै रिसाउने,एउटै खालको काम सधै गर्न नरुचाउने , इखालु जिद्धी ,मिलनसार ,खेलकुदका सौखिन यि व्यक्तिलाई यन्त्र संचालन, बजार प्रतिनीधि र अन्वेषणको क्षेत्रमा विशेष सफलता मिल्छ ।

३. जेष्ठा नक्षत्रमा पर्ने नामहरु  (नो ,या ,यी ,यु)

जलतत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी बुध ग्रह हो । यसको राशि स्वामी मंगल ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरण हरुबाट व्यक्तिको नैसर्गिक गुण,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा हरियो ,रातो फाप्ने, सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै उत्तर पश्चिम दिशा अनुकुल हुने गर्छ ।
निडर ,जांगरिलो ,बोल्नमा माहिर , अरुमाथि चाँडै हाबी हुनसक्ने ,नेतृत्व ,इच्छा शक्ति र विश्लेषण क्षमता उच्च भएको ,शंकालु ,निर्मम ,छिटो रिसाउने ,गलत निर्णय गरेको खण्डमा पश्चताप पनि गर्न सक्ने ,सबैलाई मिलाएर लानसक्ने ,पर्यटन र खेलकुदमा बढि चासो राख्ने यिनलाई औषधी उपचार , छापाखाना र संचारको क्षेत्रमा विशेष सफलता मिबलछ ।

धनु राशि

१. मुल नक्षत्र  २. पूर्वषाढा नक्षत्र ३. उत्तरषाढा नक्षत्र

१. मुल नक्षत्रमा पर्ने नामहरु  (ये ,यो ,भा ,भी)

अग्नि तत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी केतु हो । यसको राशि स्वामी वृहस्पती ग्रह भएकोले यिनमा पाइने तत्व र किरणहरुबाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा पहेंलो , नीलो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि उत्तर पूर्व दिशा अनुकुल हुनेगर्छ ।
जुनसुकै कुराको तुरुन्त प्रतिक्रिया दिनसक्ने , कर्तव्य पालनमा उत्कृष्ठ ,आफ्नो कुरा सधैं माथि पार्ने , भाबनामा बगेर कहिले निर्णय नगर्ने ,सब्य , मृदुभाषी , दानी, धार्मिक ,अपमान भुलेर प्रेम बाड्न सक्ने ,राम्रो बैचारिक र उच्च कुटनैतिक क्षमता भएका यि व्यक्तिलाई धर्म ,आर्यूवेद ,खगोल र प्रट्रोलियमको क्षेत्र संग जोडिएर काम गर्दा विशेष सफलता मिल्छ ।

२. पूर्वषाढा नक्षत्रमा पर्ने नामहरु  (भू ,ध ,फा ,ढ)

अग्नि तत्व राशि भित्र पर्ने यो मनुष्य गण नक्षत्रको स्वामी शुक्र ग्रह हो । यसको राशि स्वामी वृहस्पती ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरुबाट व्यक्तिको गुण, क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा सेतो फाप्ने ,सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि पूर्व दक्षिण दिशा अनुकुल हुनेगर्छ ।
सहनशिल ,धिर ,चर्चा र तारिफको लोभ गर्ने , मानसिक अन्तरद्वन्दमा ज्यादा जेलिने ,समाज र राजनीति प्रति चासो दिने ,बौद्घिक ,त्यागी, निस्वार्थ सहयोग गर्न सक्ने ।इमान्दार शत्रु या इमान्दार मित्रुको सम्बन्ध निर्वाह गर्ने । सरल ,मिजासिलो ,मनोरञ्जन बढि गर्न रुचाउने यिनलाई सहकारि वा वित्त ,शिशा ,पलास्टिक र सुगन्धको क्षेत्र संग जोडिएर कारोबार गर्दा उच्च सफलता प्राप्त हुन्छ ।

३. उत्तरषाढा नक्षत्रमा पर्ने नाम   (भे)

अग्नि तत्व राशि भित्र पर्ने यो मनुष्य गण नक्षत्रको स्वामी सूर्य हो । यसको राशि स्वामी वृहस्पती ग्रह भएकोले यि दुबै ग्रहमा पाइने तत्व र किरणहरुबाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा रातो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधैं पूर्व दिशा अनुकुल हुनेगर्छ ।
जीबनलाई कलात्मक रुपमा जीउन जान्ने ,धीर ,पराक्रमी ,आत्मबल बलियो भएको ,सामाजिक र पारिवारिक दायित्वको ख्याल गर्ने, बौद्घिक ,यर्थाथबादी, उच्च नेतृत्व क्षमता भएको , प्रतिकुल अबस्थामा पनि धर्म र धर्य कहिले नगुमाउने यि व्यक्तिलाई राजनीति ,बैकिङ्ग सेवा ,होटल ,औषधीको क्षेत्रमा विशेष सफलता प्राप्त हुन्छ ।

मकर राशि
१. उत्तरषाढा नक्षत्र २. श्रबण नक्षत्र ३. अभिजित नक्षत्र ४. धनिष्ठा नक्षत्र
१. उत्तरषाढा नक्षत्रमा पर्ने नामहरु –( भो, जा, जि)
पृथ्वि तत्व राशि भित्र पर्ने यो मनुष्य गण नक्षत्रको स्वामी सूर्य हो । यसको राशि स्वामी शनि ग्रह भएकोले यि दुबैमा पाईने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण, क्षमता र स्वभाबको निर्माण भएको हुन्छ । रंगमा कालो फाप्ने र सुहाउने गर्छ भने भाग्य र अबसरको लागि संधै पश्चिम दिशा अनुकुल हुने गर्छ ।
यो नक्षत्रमा जन्मने मानिस अति भरपर्दा, बिश्वासिला सधै यर्थाथ परक व्यवहार गर्ने, आफ्नो कुरा सोंच विचार गरेर मात्र व्यक्त गर्ने, दुरदर्शी, चतुर, सहयोगि सधै उच्च मनोवल राखेर हिड्ने संघर्ष देखि नडराउने, दर्शन, साहित्य र राजनितिमा बिशेष चासो राख्ने, सधै मानसिक तनाब ज्यादा खेप्नु पर्ने यिनलाई उर्जा, यन्त्र र फलामको क्षेत्र संग जोडिएर काम गरेको खण्डमा बिशेष सफलता प्राप्त हुन्छ ।

२. श्रबण नक्षत्र भित्र पर्ने नामहरु  (खि, खु ,खे ,खो)
पृथ्वि तत्व राशि भित्र पर्ने यो देवगण नक्षत्रको स्वामि ग्रह चन्द्रमा हो । यसको राशि स्वामि शनि ग्रह भएकोले दुबै ग्रहमा पाईने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण, क्षमता र स्वभावको निर्माण भएको हुन्छ । रंगमा सेतो फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै उत्तर पश्चिम दिशा अनुकुल हुने गर्छ ।
अर्काको विषयमा खोजिनीति र ठेस पुर्याउने व्यवहार नगर्ने , खुल्ला स्वभावको मृदुभाषी, चञ्चल, प्रकृति प्रेमि, इखालु, कामलाई सानो ठुलो केहि नभनि ईमानदारि पूर्वक सम्पन्न गर्ने , सधै परिवर्तनको पक्षधर बन्न चाहने , अन्यायको विरुद्य छिटो उत्रने ,अरुलाई चाडो बिश्वास गर्ने ,सानो कुरामा छिटो चित्त दुखाउने ,घुमफिर र खानपिनका सौखिन यि व्यक्तिलाई भाषा, पर्यटन,कृषि उत्पादन र तरल पदार्थको विक्रि वितरणमा बिशेष सफलता प्राप्त हुन्छ ।

३. अभिजित नक्षत्रमा पर्ने नामहरु  (जु ,जे ,जो ,ख )
पृथ्वि तत्व राशि भित्र पर्ने यो मानब गण नक्षत्रको स्वामी ज्यातिष शास्त्रमा सृष्टिकर्ता व्रम्हालाई मानिएकोछ । यसको राशि स्वामी शनि ग्रह भएकाले यसमा पाईने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण, क्षमता र स्वभावको निर्माण भएको हुन्छ । रंगमा कालो फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै पश्चिम दिशा अनुकुल हुने गर्छ ।
गम्भीर, ढिलो स्वभाबका यि व्यक्तिहरु सहनशिल ,नम्र,निडर, एकान्त प्रेमि, संबेदनशिल सम्बन्धलाई पूणर््ारुपमा ईमानदारीका साथमा निर्वाह गर्ने , अरुलाई बिगारेर आफु बन्नु हुदैन भन्ने भाबना बोकेका हुुन्छन् । धार्मिक प्रवृतिका साथै शत्रुुमाथि पनि सद्भाब , क्षमा ,दिन सक्ने भएकाले यिनिहरु एक असल मानबका रुपमा समाजमा स्थापित हुन पुग्छन् । मनोरञ्जन र आराममा समय बढि खर्चने यिनलाई फलामजन्य बस्तु , छालाजन्य बस्तु, छापाखाना र सहकारिको क्षेत्रमा बिशेष सफलता मिल्छ ।

४.धनिष्ठा नक्षत्रमा पर्ने नामहरु  (गा , गि )
पृथ्वि तत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी मंगल ग्रह हो । यसको राशि स्वामी शनि ग्रह भएकोले यि दुबै ग्रहमा पाईने तत्व र किरण हरुबाट व्यक्तिको नैसर्गिक गुण, क्षमता र स्वभावको निर्माण भएको हुन्छ । रंगमा रातो फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै उत्तर पश्चिम दिशा अनुुकुल हुने गर्छ ।
आफ्नो तारिफ आफै नगरि नसक्ने कसैले सल्लाह दिंदा अपमान बोध गर्ने स–साना कुराको ठुलो प्रतिबाद गर्ने, झगडिया स्वभावको कठोर भन्दा कठोर निर्णय लिनसक्ने हुन्छन् । एकोहोरो परिश्रम गर्न सिपालु,चाँडो थकाई नमान्ने, बनाबटि व्यवहार नजान्ने, हतपति मन कसै संग नबाड्ने, आफ्नो कार्यक्षेत्रमा निपूर्ण र र्चचित, कामलाई सानो ठुलो नभन्ने , बचनको पक्का, ईखालु , गल्तिमा क्षमा नमाग्ने र नदिने यि व्यक्तिलाई सेना, प्रहरी, भू–पैदाबारका साथै माछा–मासुको व्यवसायको क्षेत्रमा बिशेष सफलता मिल्छ ।

कुम्भ राशि
१. धनिष्ठा नक्षत्र  २. शतभिषा नक्षत्र  ३. पूर्वाभाद्रपद नक्षत्र
१. धनिष्ठा नक्षत्रमा पर्ने नामहरु  (गु , गे)
वायु तत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी मंगल ग्रह हो । यसको राशि स्वामी शनि ग्रह भएकोले यि दुबै ग्रहमा पाईने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण ,क्षमता र स्वभावको निर्माण भएको हुन्छ । रंगमा रातो कालो उस्तै फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै उत्तर पश्चिम दिशा अनुकुल हुनेगर्छ ।
सम्पति कमाउन भन्दा कृति र मान सम्मान प्राप्तिका निम्ति आफु संग भएको उर्जा खर्च गर्ने, घुुमाउरो तरिकाले अरुमा प्रभाब पार्ने वा बद्ला लिन सिपालु , बहुमुखी प्रतिभाको धनि ,भाबुुक ,क्रोधि ,ईमान्दार ,विद्रोही , ढिलो स्वभाब भएपनि निरन्तर मिहेनत गरिरहन सकने एकै ठाउँमा बस्न नरुचाउने, ईश्वर र ज्योतिषमा बिश्वास राख्ने, ईखालु स्वभाबका यि व्यक्ति लाई सेना प्रहरीको नोकरी वा यन्त्र , औजारको क्षेत्रमा जोडिएर काम गर्दा बिशेष सफलता प्राप्त हुन्छ ।

२. शतभिषा नक्षत्रमा पर्ने नामहरु  (गो, सा, सी, स)
वायु तत्व राशि भित्र पर्ने यो राक्षस गण नक्षत्रको स्वामी राहु ग्रह हो । यसको राशि स्वामी शनि ग्रह भएकाले यि दुबै ग्रहमा पाईने तत्व र किरण हरुबाट व्यक्तिको नैसर्गिक गुण, क्षमता र स्वभावको निर्माण भएको हुन्छ । रंगमा कालो फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै पश्चिम दिशा अनुकुल हुने गर्छ ।
राहु ग्रहको प्रभाबले यिनको जीवनमा काम र बास परिवर्तनको योग आई रहन्छ भने व्यवहार र व्यक्तित्वमा कृतिमता र नाटकिय भाब प्रस्ट रुपमा देख्न पाईन्छ । व्यर्थको चिन्तन अनि चिन्तामा रुमल्लिरहने, जुनसुकै योजना र काम गोप्य रुपमा सम्पन्न गर्ने यिनको बानि हुन्छ । बोलेकोकुरा पुर्याउन नसकेर लज्जित हुनुपर्ने, ईख र बद्लाको भाबना प्रबल भएका यि व्यक्तिहरु लाई सिनेमा ,राजनिति ,औषधी र टेक्नेलोजीको क्षेत्रमा उच्च सफलता
३. पूर्वाभाद्रपद नक्षत्रमा पर्ने नामहरु  (से ,सो ,द)
वायु तत्व राशि भित्र पर्ने यो मनुष्य गण नक्षत्रको स्वामी वृहस्पती ग्रह हो । यसको राशि स्वामी शनि ग्रह भएकोले यी दुबै ग्रहमा पाईने तत्व र किरण हरुबाट व्यक्तिको नैसर्गिक गुुण, क्षमता र स्वभावको निर्माण भएको हुन्छ । रंगमा पहेंलो कालो उस्तै फाप्ने सुुहाउने हुन्छ भने भाग्य र अबसरको लागि पश्चिम दिशा अनुकुल हुने गर्छ ।
नकारात्मक सोंच नराख्ने भौतिक भन्दा आध्यात्मीक र दार्शनीक कुराबाट बढि प्रभाबित हुने मिलनसार, अहंकार र ईश्र्या नभएको आफ्नै पौरख गरेर बाँचौ भन्ने , एकठाउँमा चुपलागेर नबस्ने , सबैलाई समान व्यवहार गर्न सक्ने , उदार परोपकारी , चारै तिर सोंचेर सारर्गबित बिचार र ठोस निर्णय दिन सक्ने धीर , पराक्रमी यी व्यक्ति हतपति अरुको सुझाब नलिने र परि आएको खण्डमा कठोर भन्दा कठोर निर्णय लिन सक्ने र पालन गर्न सक्ने यी व्यक्तिहरु लाई बेकरि ,जडिबुटी ,धातु र कागजको काम गरेको खण्डमा उच्च सफलता प्राप्त हुन्छ ।

मिन राशि
१. पूर्वाभाद्रपद नक्षत्र  २. उत्तरभाद्रपद नक्षत्र  ३. रेवती नक्षत्र
१. पूर्वाभाद्रपद नक्षत्रमा पर्ने नाम  (दी)
जल तत्व राशि भित्र पर्ने यो मनुष्य गण नक्षत्रको स्वामी वृहस्पति ग्रह हो । यसको राशि स्वामी पनि वृहस्पति ग्रहनै हो । यसै ग्रहमा पाईने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण , क्षमता र स्वभाबको निर्माण भएको हुन्छा । रंगमा पहेंलो र सुनौलो फाप्ने सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै उत्तरपूर्व दिशा (ईशान कोण) अनुकुल हुनेगर्छ ।
 वृहस्पति ज्ञान , व्यवसथापन र अन्वेषणको कारक ग्रह हो । सधै सामहिक स्वार्थ लाई सर्वोपरि ठान्ने ,अर्काको बिचारलाई पनि महत्व दिएर सुन्ने बुझ्ने र आफ्नो बिचार प्रस्ट राखेर अडान लिन सक्ने भएकाले कूशल नेतृत्व कर्ता , उत्कृष्ट आर्थिक योजनाकार , कमाउन र जोगाउन सिपालु भएकाले समाजमा धनि व्यक्तिका रुपमा चिनिन पुग्छन् ।कठोर भन्दा कठोर साधना र परिश्रम गर्न सक्ने धीर र निर्भय स्वभाबका यी व्यक्तिको मनमष्तिषक लाई कुनै न कुनै दुःख वा क्लेष ले पिरिरहेको हुन्छ भने बेलाबेला बैराग्यता र एक्लोपनले घेरिरहेको हुन्छ । व्यवसायको हकमा शिक्षा, सहकारि, धर्म र होस्टल संचालनको क्षेत्रमा बिशेष सफलता मिल्छ ।

२. उत्तरभाद्रपद नक्षत्रमा पर्ने नामहरु   (दू ,थ, झ, ञ)
जल तत्व राशि भित्र पर्ने यो मनुुष्य गण नक्षत्रको स्वामी शनि ग्रह हो । यसको राशि स्वामी वृहस्पति ग्रह हो । यी दुबै ग्रहमा पाईने तत्व र किरण हरुबाट व्यक्तिको नैसर्गिक गुुण, क्षमता र स्वभाबको निर्माण भएको हुन्छ ।  रंगमा पहेंलो , कालो उस्तै फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि पश्चिम दिशा अनुकुल हुन्छ ।
आफ्नो दुःख र भाबना कसैलाई नदेखाउने ,शान्ति प्रिय ,ईखालु भएपनि सबै संग लचिलो र लजालु भइ प्रस्तुुत हुने, सोंचेर बाल्ने ,सधै एकनासको स्वभाब प्रदर्शन गर्ने हतारमा भाबनामा बगेर कूुनै पनि निर्णय नगर्ने, दृण निश्चयी, धीर र रहस्यमयी व्यक्तित्वका धनि यीनलाई शनिका कारण रातमा हुने व्यवसाय र टेक्नोलोजीमा लाभ मिल्छ भने वृहस्पतिका कारण ईतिहास लेखन, योग र भू–सम्पदाको क्षेत्र भित्र पर्ने काममा बिशेष सफलता प्राप्त हुन्छ ।

३. रेवती नक्षत्रमा पर्ने नामहरु  (दे, दो, चा, ची)
जल तत्व राशि भित्र पर्ने यो देवगण नक्षत्रको स्वामी बुध ग्रह हो । यसको राशि स्वामी वृहस्पति ग्रह भएकाले यी दुबै ग्रहमा पाईने तत्व र किरणहरु बाट व्यक्तिको नैसर्गिक गुण, क्षमता र स्वभावको निमार्ण भएको हुन्छ । रंगमा हरियो, पहेंलो फाप्ने र सुहाउने हुन्छ भने भाग्य र अबसरको लागि सधै उत्तर तथा उत्तर पूर्व (ईशान कोण) अनुकुल हुने गर्छ ।
अति संबेदनसिल, भाबुक, निष्कपट, नम्र भई बोलीरहन मन पराउने सभ्य र सौम्य स्वभाबको सबैलाई सहि सल्लाह सुझाब दिने, सधै उज्यालो अनुहारमा रहने, जुनसुकै समस्याको छिटो समाधान निकाल्ने, अथिति सत्कार र परोपकार गर्न देखि पछि नहट्ने, बिरोधि बिचार लाई पनि सम्मान गर्ने, कूशल सामाजिक संगठन कर्ता यी व्यक्तिलाई अध्यापन, वोकालत, बजार प्रतिनिधी , पत्रकारिता तथा सञ्चारका क्षेत्रमा बिशेष सफलता प्राप्त हुन्छ ।


Friday, March 29, 2019

। हिन्दू धर्ममा, शंख धेरै पवित्र र शुभ मानिन्छ । शंखको उत्पत्ति समुद्र देखि हुने गर्दछ । छैटौं गण रत्नको रुपमा समुद्रमा शंख फेला परेको थियो । विष्णु पुराणको अनुसार, माता लक्ष्मी समुद्र को पुत्री हो र शंख उनको भाइ हो । यो विश्वास रहँदैं आएको छ कि जहाँ शंख हुन्छ त्यहाँ लक्ष्मी माता आफैं प्रकट भएर आउँछीन । धर्ममा हिन्दु शुभ काम, विवाह, धार्मिक समारोह र दैनिक प्रार्थनाहरुमा शंख फुकेर पुजा पाठ गर्ने चलन रहेको छ । घरमा शंख राख्नु र त्यसलाई नियमित बजाउँनु आफैंमा एक सकारात्मक कुरा हो । शंख बजाउँनुको धार्मिक कारण मात्रै रहेको छैन । यसलाई विज्ञानले भनेको छ शंखको ध्वनिद्धारा शुद्ध वातावरण बन्ने कुरामा सहयोग पुग्छ । आउँनुहोस् जानौं शंख बजाउँनुका केही धार्मिक र वैज्ञानिक कारणहरु।।।

दैनिक शंख बजाउने व्यक्तिको शरीरमा अनुकूल प्रभाव रहन्छ । शंख नियमित बजाउँने गर्ना मुटु लगायत अन्य रोगहरु को लागि विशेष रूपमा प्रभाव पर्दछ । आयुर्वेद को अनुसार यसरी नशा,श्वास,मुटुको र्इफ्लूएन्जा हटाउन सम्भव छ । तर यहाँ ख्याल गर्नुपर्ने कुरा के हो भने, यसले हाम्रो मृगौलालाई पनि गम्भिर प्रकारको लाभ दिने गर्दछ । धर्मशास्त्रमा यो वर्णन गरिएको छ कि ओमको आवाज, जो शंखबाट उत्पन्न हुन्छ, यसले मानसिक रोगहरू हटाउँन सहयोग गर्दछ । यसले कुन्डलिनी जागरणको शक्ति पनि बढाउँछ । हरेक बिहा शंखको आवाज सुन्ने गर्नाले तपाईको घर परिवार र सम्पुर्ण वातावरण नैं शुद्ध हुन जान्छ । यसमा कुनैं शंका छैन शंख बजाउँनु राम्रो हुन्छ । चाहे, त्यो धार्मिक कारण होस् वा वैज्ञानिक कारण तर हर समयमा यो बजाउँनु लाभदायक भने हुँदैन ।

धर्मशास्त्र अनुसार, सन्धापश्चात शंख बजाउँनु हुँदैन । यसरी बेलुको समयमा शंखकी दिदी लक्ष्मीलाई मन पर्दैन । तपाईलाई थाहा छ धनकी देवी लक्ष्मी रिसाइन भने ठुलो आर्थिक क्षति व्यहोर्नुपर्ने हुन्छ । महिलाको गर्भधारणको समयमा विज्ञानको परिप्रेक्ष्यमा शंख बजाउँनु हुदैंन । शंख बजाउँदा गर्भ तुहिएर जाने सम्भावन धेरैं हुन्छ । यदी कुनैंपनि बच्चालाई बोल्न डर लाग्छ वा उसको बोलीमा स्पष्टता रहेको छैंन यसमा पनि शंखले लाभ दिने गर्दछ । शंखमा पानी राखेर पिलाउनाले बच्चाको भाषण संग सम्बन्धित समस्याहरु हटाउन सकिन्छ । निःसन्तान दम्तीहरुले दक्षिणवर्ती शंखमा दुध भरेर शालिग्रामलाई चढाउने र त्यो दुधलाई प्रसादको रुपमा महिलाले पिउँने गर्नाले सन्तान शुःख प्राप्त हुने विश्वास रहँदैं आएको छ।

मलामी जाँदा "एकोहोरो" शङ्ख किन बजाइन्छ???

शङ्ख ध्वनि वातावरण शुध्दताको लागी प्रयोग गरिन्छ…यस्को ध्वनिले वातावरणमा भएका किटाणुहरुको विनाश गर्नुको साथै यस्को ध्वनिले वातावरणमा अत्याधिक मात्रामा साकारात्मक उर्जा प्रवाहित गर्छ…शङ्ख बजाउनाले मुटु,श्वास-प्रश्वास,पेट सम्बन्धि रोग हरु लाग्दैन…घरको वास्तु दोष ठीक गर्छ…र ज्योतीषिय विज्ञानको अाधारमा भन्ने हो भने शङ्ख बजाउनाले गुरु ग्रह बलियो हुन्छ…
जब अात्माले शरीर छाड्छ….शरीरमा भएका किटाणु वातावरण मा नफैलियोस र वातावरणमा भएका किटाणुहरुबाट मृत-शरीरमा अाक्रमण हुन नदिनको लागी शङ्ख बजाइन्छ… अझ शङ्खको एकोहोरो ध्वनिले धेरै मात्रामा काम(प्रभाव) गर्ने भएकोले एकोहोरो शङ्ख बजाइन्छ… (**एकोहोरो शङ्ख बजायो भने अलच्छिन लाग्छ भन्ने धारणा गलत हो)…अब सबैले ढुक्कले सधै बिहान/बेलुका घरमा शङ्ख बजाअौँ..…नारायण..
धर्मो रक्षति रक्षितः

Sunday, March 24, 2019

ज्योतिषशास्त्र


ज्योतिष

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ। वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्षौ बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएकाछन्।
ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। ग्रिस हुँदै भारतमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ। भारतीय उपमहाद्विपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रूप नै अर्को जस्तो भैसक्यो। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो।


राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ। यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यसैलाई एउटा राशीको नाम प्रदान गरिएको हुन्छ। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन। एकमा मेष र एवम् क्रमले बाह्रमा मीन। यिनीहरूले मोटामोटी रूपमा यिनै शब्दहरूले सङ्केत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन् – मेषको मतलब भेडा, वृषको मतलब साँढे आदि। अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनी – जम्मा सात। यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि गणना गरिन्छ। यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्षद्वारा काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन्। त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन्। ज्योतिषशास्त्रले राशी र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ। राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ – जस्तै
मेष-मङ्गल वृष-शुक्र मिथुन-बुध कर्कट-चन्द्र सिंह-सूर्य कन्या-बुध तुला-शुक्र वृश्चिक-मङ्गल धनु-वृहस्पति मकर-शनी कुम्भ-शनी मीन-वृहस्पति।
राशी स्थिर रहन्छ। ग्रहहरू गतिशील। कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ। सम्बन्धित राशीहरू यी ग्रहका नैसर्गिक घर हुन्। आफ्नो स्वभावअनुसार ग्रहले सम्बन्धित घरको प्रवृत्तिलाई कमजोर पार्ने वा बल दिने गर्दछ। आफ्ना आफ्ना घरमा भएका बेला यिनीहरू बलवान हुन्छन्। ग्रहहरूबीच शत्रुभाव, मित्रभाव वा समभावको सम्बन्ध रहेको हुन्छ। शत्रुको घरमा पुगेको बेलामा ग्रह कमजोर हुन्छ। ज्योतिषशास्त्रको खास रमाइलो यी ग्रहहरूमा आरोपित विभिन्न अर्थहरू हुन्।
मङ्गल ग्रहको रङ रातो हुन्छ, त्यसैले यसले रिस, युद्ध, लडाईँ आदिको सङ्केत गर्दछ। त्यस्तै वृहस्पतिलाई देवगुरु मानिन्छ र वृहस्पतिले शिक्षा र विद्वताको सङ्केत गर्दछ। वृहस्पति प्रधान भएको व्यक्ति विद्वान हुन्छ भनेर ज्योतिषहरू भविष्यवाणी गर्दछन्। शुक्र दानवगुरु हुन्। त्यसैले वृहस्पति शुक्रको शत्रु भयो। शुक्रले यौनको पनि सङ्केत गर्दछ। शुक्र प्रधान हुने व्यक्ति कामी हुन्छ भन्ने गरिन्छ। शनी पाप ग्रह हो। यसको प्रभाव पाप कर्ममा हुन्छ। धन पनि पाप कर्म हो। शनीको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ। चन्द्रमा सुन्दरता, कल्पनाको प्रतिक हो। यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ। यस्तै यस्तै।
कुण्डलीमा प्रथम, चतुर्थ, सप्तम र दशम घरहरू अर्थात यो कुण्डलीमा १२, ३, ६ र ९ अङ्क भएका घरहरूलाई केन्द्र भनिन्छ। पहिलो घरबाट कुण्डलीवाला व्यक्ति (जातक)को निजी चरित्र अनुमान गरिन्छ। चौँथो घरबाट मातृपक्ष, शरीर आदि, सातौँ घरबाट पति/पत्नी, कुटुम्भ र दशम घरबाट पितृपक्ष, अध्यवशाय आदिको अनुमान गरिन्छ। केन्द्रमा शुभ ग्रह हुनु शुभ सङ्केत हो। त्यस्तै तृतीय, पञ्चम, नवम र एकादश घरलाई त्रिकोण भनिन्छ। द्वितीय, षष्ठम, अष्टम र द्वादश घरबाट नोक्सानी र हानिको फलादेश गरिन्छ। द्वितीय घरले आफन्तसँग विछोड अर्थात परदेशको सङ्केत गर्दछ। (आजभोलि त यहाँ शुभ ग्रह बसेको राम्रो हुन्छ किनभने विदेश त प्राथमिकता हो नि हामीहरूको!) षष्ठम घरबाट स्वास्थ, रोग आदि, अष्टम घरबाट आयु र द्वादश घरबाट धनसम्पत्तिको क्षय विचार गरिन्छ। कुनै ग्रह आफ्नै घरमा बसेको छ भने त्यसलाई स्वगृही भनिन्छ।

पूर्ण फलादेशको लागि धेरै कुराको विचार आवश्यक हुन्छ। एउटा हो दृष्टि। ठाडो दृष्टि र विशेष दृष्टि महत्वका हुन्छन्। कुनै पनि ग्रहले आफू रहेको स्थानबाट सातौँ घर (आफू रहेको घरसमेत गरेर घडीको उल्टो दिशामा गन्दा सातौँ स्थानमा आउने घर)मा ठाडो दृष्टि दिन्छ। यो दृष्टिलाई ज्योतिषशास्त्रमा बलवान दृष्टि मानिन्छ। त्यस्तै अर्को दृष्टि हो विशेष दृष्टि। शनी ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मङ्गल ग्रहले चौथो र अष्टम घरमा र वृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ। फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो। दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ। त्यस्तै कुण्डलीमा नदेखाइने तर महत्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्त। राशीमा भर्खर प्रवेश गरेको ग्रह उदाउँदो हो भने, अर्को राशीमा प्रवेश गर्ने बेला भएको ग्रह अस्ताउँदो। उदाउँदो ग्रहको प्रभाव बलवान हुन्छ। ग्रहका आफ्ना भोगकाल हुन्छन्। त्यसलाई दशा भनिन्छ – वृहस्पतिको १६ वर्ष, शनीको १९ वर्ष, केतुको ७ वर्ष, शुक्रको २० वर्ष आदि। दशाहरू पनि बिभिन्न खालका हुन्छन् – विंशोत्तरी दशा, योगिनी दशा आदि। योगिनी दशा अलिक बेग्लै हो, तर यो महत्वपूर्ण मानिन्छ। फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा हुन्छन् – एउटा ग्रहको दशाभित्र फेरि सबै ग्रहको भोगकाल विभाजित हुन्छ। त्यसलाई अन्तरदशा भनिन्छ र अन्तरदशालाई पुनः विभाजन गरेर प्रत्यन्तर दशा निकालिन्छ। लग्नमा ग्रहहरूको स्थिति र सम्बन्धित दशा, अन्तरदशा, प्रत्यन्तर दशासमेतको विचार गरेर मात्र कुनै कुराको वास्तविक भविष्यवाणी गर्दछन् ज्योतिषीहरू।(ज्योतिषी भनेको सम्पूर्ण सौरमण्डललाई अध्ययन गरेको, तारा, नक्षत्र र ग्रहहरूको गणितीय पद्धतिबाट विश्लेषण गरि सत्य प्रभाव कुनै मनोविज्ञान र अड्कलन लगाईकन वैज्ञानिक विधि अनुसार सप्रमाण कथन गर्ने क्षमता भएको अभिव्यक्ति हो। [१] )

यस्तै तिथि, बार, महिना, प्रहर, करण, योग आदिलाई पनि फलादेशमा महत्व हुन्छ। पूर्वीय ज्योतिषमा नक्षत्रलाई पनि महत्व दिइन्छ। चन्द्रमाले पृथ्वीलाई घुम्ने अवधिको आधारमा नक्षत्र गणना गरिन्छ। नक्षत्र जम्मा २७ वटा छन्। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र एक एक पाउसँग एक एक अक्षर सम्बन्धित हुन्छन्। यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन। यिनै कुनै एउटा अक्षरबाट जातकको नाम राखिन्छ। बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुराउँदछ! यसप्रकार जातकको राशी पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ। तर पश्चिमी परम्परामा सूर्यको आधारमा निर्धारण हुन्छ। जनबोलीमा एउटै कुरालाई जोड्दै जोड्दै लम्ब्याउने प्रवृत्तिलाइ ‘बाह्र सत्ताइस कुरा’ भन्ने चलन छ। त्यो बाह्र राशी र सत्ताइस नक्षत्रलाई सङ्केत गरेको हो। मतलब कि यसको कुरा जति गरे पनि टुङ्गिदैँन। ज्योतिषविद्यामा अङ्कज्योतिष, प्रश्नज्योतिष आदि पनि प्रचलित छन्। परमहंस स्वामी विशुद्धानन्दको योगज्योतिष थियो। त्यस्तै तन्त्रमन्त्रसँग सम्बन्धित धेरै प्रकारका विद्याहरू समाजमा विद्यमान छन्। तन्त्रसँग सम्बन्धित प्रेतसाधना, मसानसाधनादेखि लिएर धामी, झाँक्री सबैमा आखत हेर्ने, भविष्यवाणी गर्ने विद्या पाइन्छ।
ज्योतिष विज्ञान आफूमा पूर्ण सत्य विज्ञान हो यसमा कसैको शंका नरहोस् भन्ने भनाई ज्योतिषीहरूको रही आएकोछ। तर समयसंगै यसमा धेरै विकारहरू आएका छन्। यो विद्यालाई आज पैसा कमाउने भाडाको रूपमा प्रयोग गरिएको छ। आदि युगमा धेरै ऋषिहरूले धेरै विस्तृत विशाल विज्ञानको रूपमा विकास गरिसकेको ज्योतिष शास्त्र आज थोरै व्यक्तिहरूको गलत व्यवहारका कारण मृत तुल्य हुन पुगेको छ। नौ ग्रह र अठाईस नक्षत्रका नाम सम्म नजान्ने व्यक्तिहरू आफ्नो नामको अगाडि श्री ज्योतिषविज्ञ,ज्योतिष भास्कर, डक्टर सम्म लेख्न पछि पर्दैनन जसको फल स्वरूप आज यो दिव्य विज्ञान ओझेलमा परेको हो त्यसका केही दोषी हामीहरू पनि हौं। किनकि यस विषयलाई कमाई खाने भाडाको रूपमा प्रयोग गर्नु पूर्व हामी गहन अध्ययन गर्न चाहदैनौ। दुईचार वटा श्लोक रटेको भरमा मानव जीवन र सम्पूर्ण चराचरको मनगढन्त फलादेश गर्न थाल्दछौ संयोगबस कसैको मिल्छ, तर अधिकतर मिल्ने कुरामा तपाईं हामी आफै ग्यारेण्टी गर्न सक्दैनौ।; यसको अपवादमा दुईचार जना विद्वानहरू हुनुहुन्छ जसलाई उपरोक्त श्रेणीमा राख्न मिल्दैन। आज जसरि विज्ञानका विद्यार्थीहरूले नयाँनयाँ खोज र सिर्जनाहरू गरिरहेका छन्, त्यस्तै यसमा पनि विद्यार्थिहरूको अथक मिहेनत र खोजको आवश्यकता छ। यदि सही ढंगले तपाईले यो शास्त्रको अध्ययन गनुभयो भने तपाईं एउटा विश्वासिलो वैज्ञानिक पनि हुनुहुनेछ।कुनै व्यक्तिविशेषको मनगढन्त ग्रन्थ अध्ययन गरेर मानवजीवनको पूर्ण भविष्यफल कथन गर्ने ग्यारेण्टी गर्नु्, जुन अतीव गलत परम्परा हो, यसको न्यूनीकरण गर्नु अति आवश्यक छ।
तारा पुञ्ज
इतिहास
वेद का छ अङ्ग मानिएका छन् । तिनका नाम
शिक्षा , कल्प , निरूक्त , व्याकरण , छन्द र ज्योतिष हुन्।
यद्वत शिखा मयुराणां नागानां मणयो यथा।। तद्वद वेदांग शास्त्राणां ज्यौतिषं मूधर्नि तिष्ठति।।।।
वेदका छ अंगमा ज्योतिष शास्त्र नेत्र भएका कारण सर्व श्रेष्ठ रहेको कुरा उपरोक्त श्लोकलपुष्टि गरेको छ।
वेद अपौरूषेय छ तसर्थ वेदांग भएका कारण ज्योतिष पनि अपौरूषेय भयो अर्थात श्रृष्टिको प्रारंभबाट नै प्रचलित रहि आएको सत्य विज्ञानको रूपमा रह्यो। कालक्रम अनुसार ज्योतिष शास्त्रका अठारह प्रणेताहरू भएका छन्। यथाः-
आधार
ज्योतिष विद्या जसलाई ज्योतिष शास्त्र पनि भनिएको छ। यो विद्या निम्न बिषय वस्तुहरूमा आधिरत हुन्छ। ज्योतिष शास्त्रको पौराणिक ग्रन्थ भृगु संहिता, वृहद ज्योतिष सार, मुहुर्त चिन्तामणी, सिघ्रबेध आदी ग्रन्थका अनुसार निम्न बिषय वस्तुहरूमा आधारीत पाईएको छ।


Saturday, March 23, 2019



ज्योतिष तथा बैज्ञानिक आधार !


ज्योतिष

ज्योतिष वा ज्योतिषी भन्ने बित्तिकै २ प्रकारको मान्छेहरूले आफ्नो आफ्नो तर्क गर्न थाल्दछन् । कसैले भविष्य कथन गर्ने मान्छे भनेर भन्ने गर्छन् भने कसैले अन्धविश्वासको दर्जामा राख्दिन्छन् । तर वास्तवमा ज्योतिषलाई यो भविष्य कथन र त्यो अन्धविश्वास यस्तो उस्तो भन्नु पूर्व ज्योतिष के हो भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ । यसको इतिहास कस्तो छ? बैज्ञानिक्ता कस्तो छ? ग्रहको के कस्तो प्रभाव पर्छ? आदि कुरा बुझ्नु पर्दछ ।

ज्योतिष इतिहास  

दि लस्ट बुक अफ भृगु नाम गरेको डकुमेन्ट्रीमा पुराण शास्त्रको एउटा कथा राखिएको छ कि, भगवान् विष्णुले भृगु महर्षिलाई राम्ररी स्वागत सत्कार नगरेको कारण भृगुले रिसाएर भगवान् विष्णुको छातीमा लात्तीले हान्नुहुन्छ । तेसपछी लक्ष्मीले भृगुलाइ “ब्राह्मण कुलमा धनको लक्ष्मीको कमी होस् मेरो कृपा छैन ब्राह्मणहरूलाई” भनेर श्राप दिनु हुन्छ । भृगुलाइ आफ्नो गल्तीको पस्चताप भएपछि भगवान् विष्णु र लक्ष्मी सङ्ग माफी माग्नु हुन्छ र ब्राह्मणको हितको लागी के गरौँ भनेर सल्लाह लिनु हुन्छ । त्यसै प्रसङ्गमा मानव जीवनको भविष्य कथन गर्न सक्ने ग्रन्थ रचना गर्ने सल्लाह लक्ष्मीले दिनुहुन्छ तर भृगुले कसरी गरौँ के आधारमा गरौँ भनी जिज्ञासा राख्दा भगवान् बिष्णुलेनै भृगु महर्षिलाई यो ज्योतिषको ज्ञान दिनुभयो भन्ने कुरा उल्लेख छ । भृगुद्वारा रचित ग्रन्थलाइ भृगु संहिता भनिन्छ । भृगु महर्षीलाइनै ज्योतिषको प्रणेता पनि भनिन्छ । वेस्ट्रन एस्ट्रोलोजीमा पनि ग्रीक युनानीहरुको कुनै विशेष देवताको बिषयको कथा जुडेको छ । कुनै देवता वा भगवान् सङ्ग जुडेको ईतिहासको त प्रमाण देखाउन सकिँदैन तर जे प्रमाण देखाउन सकिन्छ तेस सम्बन्धी जानकारी दिन चाहान्छु ।

बैज्ञानिक आधार
पक्षीममा इ.पू. ६,००० बर्ष अघि सुमेरीयनहरुको बिषयमा कथा पाइन्छ । आजको बैज्ञानिकहरुले पनि मानव जातिको वास्तविक इतिहास सुमेरीयनहरुले प्रारम्भ गरेका हुन् भन्ने कुरा पक्षीममा मान्दछन्। सुमेरीयनहरुले सुमेरु पर्वतमा ७०० फिट अग्लो लुनार बनाएर चौबिसै घण्टा ग्रह नक्षत्रको अध्यन गर्दथे किनकी सुमेरीयनहरुलाइ एउटा गहिरो शुत्र थाहा भएको थियो कि, “मानव जगतमा जे जति कुरा घट्दैछ र जे जस्तो बिमारी आदि भएको छ त्यो घटनाको प्रारम्भिक श्रोत ग्रह नक्षत्र सङ्ग कुनै न कुनै तरीकाले जोडिएको हुन्छ ।” यहि कारणले उनिहरुले विभिन्न श्रोतद्वारा ग्रहादी नक्षत्रको अध्यन गरे । सुमेरु पर्वतमा भेटिएको हड्डिको अबसेशहरुमा प्राचिन ज्योतिषको चिन्ह र चन्द्रमाको यात्राको चिन्ह अङ्कित छन् जुन चिन्ह इ.पू. २५,००० बर्ष पुरानो हो भनिएको छ ।
पक्षीममा जतिपनी खोजबिन अनुसन्धान आदि कार्य भयो त्यो सबै इ.पू. २५,००० बर्ष अघिबाट अघि बाट हुँदै आएको हो भन्ने उनिहरुको मान्यता छ । तर भारतबर्षको इतिहास निकै पुरानो छ । ऋग्वेदमा ९५,००० बर्ष अगाडि जे जस्तो ग्रह नक्षत्रको स्थीती थियो तेसको उल्लेख पाइन्छ । यहि कुरालाइ आधार मानेर लोकमान्य तिलकले भनेका थिए, “ज्योतिष ९० हजार बर्ष पुरानो त निश्चित हुनै पर्छ किनकी वेदमा ९५ हजार बर्ष अगाडि ग्रह नक्षत्रको स्थीती कस्तो छ भनेर लेखीएको छ भने त्यो लेख एति पुरानो त अबस्य हुन्छ नै ।” पैली ग्रह नक्षत्रको स्थीति कस्तो छ भन्ने बिषयमा जान्नको लागी कुनै उपाय साधन थिएन तर ऐले एस्तो बैज्ञानिक साधन र उपकरण छन जसले गर्दा बिगतमा ग्रह नक्षत्रको कस्तो स्थीती थियो भनि पत्ता लगाउन सकिन्छ ।

ज्योतिषको सर्वाधिक मान्यतानै भारतबर्षबाट सुरु भएको हो भन्ने दावी छ । यो अर्को सत्य पनि हो कि ज्योतिषकै कारण गणीतको जन्म भयो । अङ्क गणीतको जतिपनी अङ्क छ त्यो सबै कुराको गणनाकार प्राचिन भारतिय हुन् । (प्राचीनभारतमा नेपाल, इण्डिया, बङ्गलादेश, पाकिस्थान,भुटान आदि अरु अन्य देश पर्छन् ।) भारतबर्ष देखीनै ज्योतिषको पहिलो किरण सुमेरुको सभ्यतामा पुगेको थियो । सुमेरु पर्वतको पनि धेरै कुरा पुराणहरुमा पाइन्छ । भगवान् बिष्णुको मक्षाबतार पछी सुमेरुबाटै वैवस्तभ मनुको सभ्यता सुरु भयो भन्ने कुरा पनि पुराणमा छ । इ.पू. ५००-६०० बर्ष अघि प्यारासिलसले भारतबर्ष र युरोप भ्रमण गरेका थिए । उनले भारतवर्ष भ्रमण गर्दा यहाँ बाट ज्योतिष सम्बन्धी अध्यन गरेर गएका थिए । प्यारासिलसले ग्रहको सम्बन्धमा प्रत्यक ग्रहले छुट्टा छुट्टै ध्वनी उत्पन्न गर्छ भन्ने शिद्वान्त स्थापीत गरे ।
ग्रह नक्षत्र आदिबाट निस्कने उर्जा शक्ति निरन्तर पृथ्वीमा प्रवाह भैनै राखेको हुन्छ । ग्रहहरु आकाशमा भ्रमणशिल छन् । प्रत्यक ग्रह नक्षत्र भ्रमण गर्दा छुट्टा छुट्टै किसीमको ध्वनि उत्पन्न गर्छ र जीव जगतमा प्रभाव पारीराखेको हुन्छ । जब जीवन जन्म हुन्छ त्यो समयमा जुन नक्षत्रको तरङ्ग बायुमण्डलमा पर्वाह भैराखेको हुन्छ त्यो ध्वनी जिवनमा हावी हुन्छ र जीवन स्वास्थ हुने वा अस्वस्थ हुने गर्दछ भनी प्यारासिलसको भनाइ थियो । तेतिबेलाको चिकित्सकहरुले ठिक पार्न नसकेको रोगीहरुलाइ प्यारासिलसले ती रोगीहरुको जन्मको समय आदि सबै अध्यन गरेर कस्तो खालको नक्षत्रले यिनिहरुलाइ असर गरेको छ भनी खोज गरि के कस्तो रोग छ, त्यो रोग पत्ता लगाएर निको पार्दिएको भन्ने इतिहास पनि पक्षीममा छ ।
सन् १९२० मा चिजेब्रस्की नाम गरेका एक रुसका बैज्ञानिकले सुर्यमा हरेक ११ बर्षमा एउटा ठुलो विस्फोट हुन्छ र तेसको कारण पृथ्वीमा युद्ध र क्रान्तीफैलीन्छ भनी पत्ता लगाए । चिजेब्रस्कीले ७०० बर्षको एति बिश्लेषणात्मक व्याख्या गरेकाका थिए कि आजको बिज्ञानले गलत हो भनेर भन्न पनि सकेन । माक्सबादको सिद्वान्त अनुसार युद्ध र क्रान्तीको कारण गरिबी हो भन्ने थियो तर चिजेब्रस्कीको शिद्वान्त सुर्यको कारण हो भनी भन्दा माक्सबादको शिद्वान्तको विरुद्ध भयो भन्दै चिजेब्रस्कीलाइ जेल समेत हालीयो । जेलबाट छुटेपछी उनि ४/६ महिना भन्दा धेरै बाचेनन् तैपनी धेरै ज्योतिषको निकै प्रमाण छोडेर गए ।

सन् १९५० देखी ज्योतिषमा एउटा अर्को नया बिज्ञान र शिद्वान्त स्थापीत भयो । जुन शिद्वान्तलाइ “कजमीक केमेस्ट्री” भनेर नाम दिइयो । यो शिद्वान्त स्थापीत गर्ने बैज्ञानिक जियोजार्गी गिर्योडी थिए । धेरै अनुसन्धान गरेपछी उनले भनेकि यो सम्पुर्ण जगत नै एउटा “अर्ज्ञानीक युनिटी” हो र यहाँ सबै कुरा एउटै तत्वको हो भनेर भने । यो जगत र जगतमा भएको सम्पुर्ण कुरा एउटै शरीर हो । यहाँ एक सरीरको एउटा अङ्गले अर्को अङ्गलाइ महसुस गर्न सक्छ जस्तै: मेरो शिरमा चोट लाग्छ भने मेरो खुट्टा हडबडाएर म लड्न सक्छु अथवा मेरो खुट्टामा चोट लाग्छ भने मेरो हृदयले पनि अनुभव गर्छ । तेसैगरी ब्रह्माण्डमा कुनै नक्षत्रमा (तारामा) वा ग्रहमा कुनै परीवर्तन आउँछ भने मानव जिवनमानै परीवर्तन ल्याउँछ ।
सुर्यमा भएको सानो परीवर्तनले पनि पृथ्वीमा जिवनलाइ प्रभाव गर्छ । पृथ्वीमा तेस्तो कुनै घटना घटेको छैन जुन सुर्यमा नघटि पृथ्वीमा मात्रै घटेको होस् । किनकी पृथ्वी सुर्यको अशं हो र यसमा भएको जीवन पृथ्वीको अंश
। हामीले हेर्दा सुर्य टाढा छ तर हाम्रो रगतको कण कणमा सुर्य स्थीत छ । सुर्यमा हुने परीवर्तनले हाम्रो सरीरमा रगत बग्ने सैलीनै परीवर्तन गराइदिन्छ । सुर्यमा प्रत्यक ९० बर्षमा हुने अर्को ठूलो (विस्फोट) परीवर्तनले पृथ्वीमा पुरै भुकम्प जाने हुन्छ । यहि कारणले पनि प्रत्यक ८०/९० बर्षमा एउटा माहा भुकम्प जान्छ भनिएको हो । सन् २०१५-१६ मा लग्भग पृथ्वी भरीनै भुकम्प गएको थियो । पुर्णीमा नजिकिदै गर्दा समुन्द्रमा भएको पानी छछल्किएर छाल आउने गर्छ । समुन्द्रमा भएको नुनको मात्रा र हाम्रो शरीरमा हुने नुनको मात्रा लग्भग एकै हुन्छ । अब सोच्नुस कि समुन्द्रमा प्रभाव ल्याउँछ भने मानव जीवन प्रभावित नभएको होला त?? यसै गरी अन्य ग्रह नक्षत्रको प्रभावले पनि जिवनमा परीवर्तन ल्याउँछ । हाल नासाले पनि यो कुरा पत्ता लगायो कि पृथ्वीमा भएको मौसम परीवर्तनमा पनि ग्रहहरुको भ्रमणले प्रभाव पार्छ । पृथ्वीको कुनै देशको कुनै स्थान मात्र नभै पुरै पृथ्वी भरीकै मौसममा प्रभाव पार्दछ । तेसैले “द क्लाइमेट अफ दि अर्थ” भनेर पृथ्वीकै मौसमको बिषयमा अध्यन गर्न आजको बैज्ञानिक जुटेका छन् ।


ज्योतिष के हो ?
आकासमा रहेको आकासीय पिण्ड ग्रह नक्षत्रहरु र ग्रह नक्षत्रबाट उत्पन्न हुने तरङ्गहरुको अध्यायन गरेर तेसबाट मानव जिवनमा हुन सक्ने (घटित) घटनाको व्याख्या गर्नु नै ज्योतिष हो । ज्योतिष बिषय अध्ययन गर्नेलाई जोतिषी भनिन्छ । यो एउटा पुर्ण बिज्ञान नै थियो तर समयको कालान्तरमा धेरै
कुराहरु लोप हुँदै गयो । यथाकतित २/४ महिना ज्योतिषको किताब हेरेर आफुले आफुलाइ ज्योतिषी भन्दै नामको अगाडि “ज्योतिष” राखेर ठग्न बसेकाहरुले गर्दापनी आज यो बिज्ञान ओझेलमा परेको हो । अब यसरी ठग्नेलाइ देशमा भएको ठुला ज्योतिषी र ज्योतिष केन्द्रहरुले कार्वाही गर्नु आवश्यक छ । तथा ज्योतिष सम्बन्धी अनुसन्धान आदि कार्य गर्नलाइ सर्कारले पनि यस बिषयमा चाहिने श्रोत उपकरणको बेबस्था गर्देर ज्योतिषको अनुसन्धान कार्य अगाडि बढाउनको लागी सहायता दिन आवश्यक छ ।

Nabin Kandel 9845361828 

के हो कालसर्प योग, अनि यो योगले जातकलाई कस्तो प्रभाव पर्छ??? ज्योतिर्विद् नवीन नवीन कण्डेल

के हो कालसर्प योग, अनि यो योगले जातकलाई कस्तो प्रभाव पर्छ??? 


ज्योतिर्विद् नवीन नवीन कण्डेल 



जसरी मन्दिरमा भोग र अस्पतालमा रोगको महत्व हुन्छ, त्यसरी नै ज्योतिषमा योगको महत्व हुन्छ। ज्योतिषमा राम्रा र नराम्रा गरी ४०३५ वटा योग हरु छन् त्यसमध्ये ६३ प्रतिशत राम्रा हुन्छन् भने ३७ प्रतिशत नराम्रा हुन्छन् । ती नराम्रा मध्येको योग हो, कालसर्प योग । जसका कारण मानवले अरु असल योगहरुबाट पाउनु पर्ने राम्रा फ़लहरु पनि २५ प्रतिशतमात्र पाउने गर्छ ।

कालको अर्थ मृत्यु हो । शास्त्रमा सर्पलाई कालको पर्यायका रुपमा लिइएको पाइन्छ । काल स्वयं उत्पन्न भएको र यसलाई कसैले सृष्टि नगरेको पनि बताइन्छ । आदि, मध्य, अन्त्य र विनाशबाट रहित मानिन्छ काललाई । मनुष्यलगायत सम्पूर्ण चराचर जगत्को मृत्यु कालका अधीनमा छ । काल सधैं गतिशील रहन्छ । यो कहिल्यै कसैका लागि पर्खँदैन । यसैले प्राणिलाई मृत्युका सम्मुख पुर्याउँछ । सर्पलाई पनि कालकै अङ्ग मानिएको छ । कालसर्प योग सम्भवतः समयको आन्तरिक गतिसँग जोडिएको त्यस्तो परिस्थिति हो, जसले व्यक्तिविशेषलाई अति नै कष्ट प्रदान गर्दछ अनि उसको जीवन स्वतः सङ्घर्षसँग गाँसिन पुग्छ । हामीले व्यवहारमा मान्दै आएका नवग्रहहरूमध्ये आकाशमा हेर्दा औंल्याउन नसकिने दुईवटा ग्रह राहु र केतुलाई छायाग्रह भन्ने गरेको पाइन्छ । नक्षत्रविज्ञानका अनुसार राहुको नक्षत्र भरणी र केतुको नक्षत्र अश्लेषा मानिदैं आएको छ भने नक्षत्रपतिको गणना गर्दा भरणीको देवता यमराज वा काल र अश्लेषाको देवता सर्प मानिएको छ । त्यसैले नक्षत्रका अधिदेवताका नाममा राहुलाई काल र केतुलाई सर्पका रूपमा उल्लेख गरेर राहु र केतुको संयुक्त नामका रूपमा यदाकदा कालसर्प पनि भन्ने गरेको पाइन्छ । यस सन्दर्भमा एउटा श्लोक उदाहरणीय छ –के हो कालसर्प योग?

विषयाः क्रूराः निःस्वान्नित्यं दुःखार्तिदाः सुदीनाश्च । परभक्षपाननिरताः सर्पप्रभवाः भवन्ति नराः ।।[२]
अर्थात् सर्पयोगमा जन्म लिने व्यक्ति कुटिल, क्रूर, निर्धन, दीनदुःखी र परान्नमा निर्भर हुने गर्दछन् ।
कालसर्पयोगको उल्लेख धेरै प्राचीन ग्रन्थहरूमा भेटिएको छैन । यस प्रसङ्गमा राहुको आकार मुख र केतुको आकार पुच्छरका रूपमा विभाजित सर्पको जस्तो छ भनी कसैकसैले भनेका छन् भन्ने बराहमिहिरको लेखन विशेष स्मरणीय छ :-
मुखपुच्छविभक्ताङ्गं भुजङ्गमाकारमुपदिशन्त्यन्ये ।। [३]
कालसर्पयोग भन्ने नाम स्पष्ट उल्लेख नभए पनि प्रकारान्तरबाट बराहमिहिर, परासर, गर्ग आदिले सर्पयोगका विविध स्वरूपहरूका बारेमा चर्चा गरेको पाइन्छ । पछिल्लो समयमा सारावली, मानसागरी, जातकतत्व, भृगुसूत्र लगायतका ग्रन्थहरूमा यसबारेमा पर्याप्त चर्चा परिचर्चाहरू भएका छन् ।
[सम्पादन गर्ने]वैज्ञानिक विचार

राहु र केतु यी दुबै ग्रहलाई छायाग्रह भन्ने गरिन्छ, किनभने आकाशमा यी दुबै ग्रहको भौतिक पिण्ड छैन। खगोलीय वृत्तमा जुन ठाउँमा सूर्य र चन्द्रमाको भ्रमणपथको काल्पनिक रेखाको मिलन हुन्छ, त्यस बिन्दुविशेषलाई राहु र केतु छायाग्रह मानिन्छ। सूर्यादि ग्रहहरू आआफ्ना भ्रमणपथमा भिन्नभिन्न गतिले भ्रमण गर्ने हुनाले पृथ्वीमा बसेर अवलोकन गर्नेहरूले सबै जसो ग्रहहरू एउटै अर्द्धवृत्तमा वा १८०˚ भित्र देख्ने परिस्थिति पनि समयसमयमा आइपुग्दछ । हामीले मान्दै आएका सूर्य, चन्द्र, मङ्गल, बुध, बृहस्पति, शुक्र र शनिलाई एउटै निश्चित बिन्दुबाट १८०˚ वा अद्र्धवृत्त भित्रै देखिने यस्तो विशेष अवस्था दुर्लभ नै हुन्छ । अझ छायाग्रहका रूपमा मानिएका दुई विन्दुहरू राहु र केतुको बीचमा माथि उल्लेखित सातै ग्रहहरू एकत्रित हुनु त झनै दुर्लभ हुन्छ । यही राहु र केतुको बीचमा सबै ग्रहहरू रहेको देखिने दुर्लभ परिस्थिति­विशेषलाई नै वास्तवमा कालसर्पयोग भन्ने गरिन्छ । 
सामान्यतया कालसर्पयोगको अवस्थालाई ज्यौतिषमा दुर्लभ र व्यवहारमा दुःखद मान्ने गरिन्छ ।
तपाईंको चिनामा सबै ग्रहलाई तपाईंको जन्मसमय, जन्मस्थान र त्यस समयको ग्रहगोचरको वृत्त संरचना गरी हेर्दा एउटा अर्द्धवृत्तभित्र सबै ग्रह पर्नु र त्यस अर्द्धवृत्तको प्रारम्भ विन्दु र अन्तिम विन्दुमा राहु (छायाग्रह) वा केतु(छायाग्रह) रहेको स्थिति नै कालसर्प योग हो ।
🐍अर्को शब्दमा जब तपाइको चिनामा भएका सबै ग्रहहरु राहु र केतु को बिचमा हुन्छन् अनि निर्माण हुन्छ, तपाइको सुखमा ग्रहण लगाउने - काल सर्प योग । मूलत: राहु-केतु भौतिक ग्रह नभएर आध्यात्मिक ग्रह हुन्। अत: यी दुबै ग्रहका सम्बन्धमा विशेष अध्ययन गर्नु नितान्त आवश्यक छ। वास्तवमा राहु र केतु दुबै ग्रहको हाम्रो कर्मगत फलसँग अति गहिरो सम्बन्ध छ। यी ग्रह जीवनका सूक्ष्मतम बिन्दुसँग असाध्यै नजिक छन्। यी दुबैको सोझो सम्बन्ध हाम्रो चेतनासित छ। त्यसैले राहु र केतु यी दुईवटै ग्रह आफ्नो प्रभाव देखाउन शीघ्रता गर्दछन्।
[सम्पादन गर्ने]कालसर्पयोग परेका चर्चित व्यक्तित्वहरू

चर्चित व्यक्तिहरू किसिम
गौतमबुद्ध (आंशिक, पृष्ठोदय, धर्मप्रवर्तक)
पृथ्वीनारायण शाह (आंशिक, मुखोदय, आधुनिक नेपालका प्रथम राजा)
राजा प्रताप मल्ल (आंशिक, मुखोदय, कान्तिपुरका राजा)
राजमाता योगमती (आंशिक, मुखोदय, ललितपुरकी शासक, राजमाता)
बहादुर शाह (आंशिक, मुखोदय, नेपालका नायब, राजकुमार)
चन्द्र शम्सेर (आंशिक, मुखोदय, नेपालका प्रधानमन्त्री)
फत्येजङ्ग शाह (आंशिक, मुखोदय, नेपालका चौतरिया)
महात्मा गान्धी (आंशिक, पृष्ठोदय, भारतीय राष्ट्रपिता)
डा. शङ्करदयाल शर्मा (आंशिक, मुखोदय, भारतीय राष्ट्रपति)
अब्राहम लिङ्कन (पूर्ण, मुखोदय, अमेरीकी राष्ट्रपति)
मुसोलिनी (पूर्ण, मुखोदय, इटालीका राष्ट्रपति)
जवाहरलाल नेहरू (पूर्ण, पृष्ठोदय, भारतीय प्रधानमन्त्री)
अटलबिहारी बाजपेयी (आंशिक, पृष्ठोदय, भारतीय प्रधानमन्त्री)
राजीव गान्धी (आंशिक, पृष्ठोदय, भारतीय प्रधानमन्त्री)
पी. वी. नरसिंह राव (आंशिक, मुखोदय, भारतीय प्रधानमन्त्री)
टी. एन. शेषन (आंशिक, मुखोदय, भारतीय निर्वाचन आयुक्त)
शत्रुघन सिन्हा (आंशिक, पृष्ठोदय, भारतीय सिने कलाकार)
अनील कपुर (पूर्ण, पृष्ठोदय, भारतीय सिने कलाकार)
मार्भन आटापट्टु (आंशिक, मुखोदय, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी(श्रीलङ्काली))
लारा दत्ता (पूर्ण, मुखोदय, विख्यात विश्वसुन्दरी
[सम्पादन गर्ने]कालसर्पयोगका आधारभूत पक्षहरू

वर्तमान समयमा कालसर्पयोगलाई अत्यन्त संयोगका रूपमा व्याख्या गर्ने गरेको पनि पाइएको छ, जसलाई समयमा नै नियन्त्रण गर्नु जरुरी छ । वास्तवमा कालसर्पयोगलाई ग्रहभ्रमणका क्रममा हुने एउटा गतिपरक योगका रूपमा लिई सोको समसामयिक विश्लेषण गरी उपचार गर्नु उचित हुन्छ ।
सामान्यतया देहायका अवस्थालाई मात्र कालसर्पयोग मान्नु पर्ने पर्दछ :
सबै ग्रहहरू राहु र केतुको बीचमा एकापट्टी मात्र रहेको वा परेको हुनु पर्दछ । यसबारेमा भनिएको पनि छ ­-
अग्रे राहुरधः केतुः सर्वे मध्यगता ग्रहाः । योगोयं कालसर्पाख्यो शीघ्रं तं तु विनाशयेत् ।।
अथवा
अग्रे राहुः पृष्ठे केतुरन्तरस्थाः नवग्रहाः । कालसर्पो भवेद्योगो वंशनाशो भवेद् ध्रुवम् ।।[४]
 यदि सबै ग्रहहरू वा केही ग्रहहरू राहु वा केतुका साथमा रहेको भएमा पनि अंशात्मक रूपमा राहु र केतुको बीचमा सबै ग्रहहरू परेकै हुनुपर्दछ ।
 राहुबाट आठौंमा शनि परेमा पनि कालसर्पयोगको फल लागू हुन्छ ।
 चन्द्रमाबाट आठौं राहु वा केतु परेमा पनि यस्तै फल प्राप्त हुन्छ ।
कालसर्पयोगको फलका बारेमा चर्चा गर्दा, कुनै एउटा ग्रह राहु वा केतुको घेरा बाहिर परे पनि त्यसलाई आंशिक कालसर्पयोग भनेर व्याख्या गर्ने गरेको पाइन्छ । तर वास्तवमा त्यस्तो बाहिर परेको ग्रहले कालसर्पयोगको फल दुःखद बनाँउनबाट जोगाँउदछ । अतः यस किसिमको योग बनाएर बाहिर परेको ग्रहलाई पाश्चात्य ज्योतिषीहरू उपचारक वा बचाउने ग्रह (Saving Planet) भन्ने गर्दछन् ।
राहु र केतुको गति सदैव उल्टो देखिने हुनाले लग्नमा राहु भएको अवस्थामा सातौंमा केतु हुन्छ । यस अवस्थामा अन्य सबै ग्रह १२, ११, १०,९ र ८ औं घरमा हुने परिस्थितिलाई वास्तविक कालसर्पयोग भनिन्छ र राहुको बाटोमा सबै ग्रह रहने हुनाले यही स्थितिलाई नै मुखगत वा ग्रस्त कालसर्पयोग पनि भन्ने गरिन्छ । माथि बताइएको स्थितिमा सबै ग्रह दृश्यभागमा रहने हुनाले यसैलाई उदित गोलाद्र्ध कालसर्पयोग पनि भन्ने प्रचलन छ । यसको ठीक विपरीत परिस्थितिलाई पृष्ठगत कालसर्प योग भनिन्छ ।
यस प्रसङ्गमा स्मरणीय छ कि कालसर्पयोगको गणना वा फलादेश गर्दा आधुनिक समयको अनुसन्धानबाट अस्तित्वमा आएका युरेनस, नेप्च्युन र प्लुटोलाई लिइएको छैन ।
[सम्पादन गर्ने]कालसर्प योगको प्रभाव

मुख्यत: जन्मकुण्डलीमा यी दुबै छाया ग्रहको उपस्थितिका आधारमा जातकको आंतरिक स्वभाव थाहा पाउन सकिन्छ। जसअनुसार जातकले आफ्नो जीवनलाई गतिमान तुल्याउन सक्दछ । यी दुबै छाया ग्रहको स्पष्ट व्याख्याबाट व्यक्तिले आफ्नो जीवनमा भविष्यमा आइपर्ने कठिनाइको पूर्वानुमान गरेर ती कष्टहरूबाट आफूलाई सुरक्षित राख्न सक्दछ। तर यी दुबै छाया ग्रहका बारेमा एउटा के कुरो सत्य हो भने यी दुबै छाया ग्रहद्वारा जीवनमा जेजस्ता अनिष्टकारी घटनाहरू हुने गर्दछन्, तिनले जातकलाई आध्यात्मतर्फ अग्रसर बनाउँदछन् । केतु शब्दले ध्वजा अर्थ पनि प्रदान गर्दछ। तर ध्वजाको पताका वा झण्डा होइन। केतुलाई ध्वजा भन्नुको के अर्थ हो भने केतु परमात्माको शक्तिको मूर्त रूप हो। जसको प्रभाव र चेतनाबाट मनुष्यले यस सृष्टिमा व्याप्त त्यस सर्वशक्तिमान्, सर्वव्यापी शक्तिको अनुभव गर्न सक्दछ। जातकको जन्मकुण्डलीमा अन्य ग्रह बलवान् छैनन् भने यस योगमा जन्मने व्यक्ति अल्पायु पनि हुने गर्दछन्, जीवित नै रहे पनि उसले पटकपटक मृत्युतुल्य कष्ट व्यहोर्नु पर्छ । यस योगले प्राणिलाई किसिमकिसिमले दीनहीन तुल्याउँदछ । यस्ता व्यक्तिले अनेकखाले कष्ट र तनाव भोग्नुपर्छ । त्यसैले ज्योतिषशास्त्रमा यस योगलाई अशुभ फलसूचक योगका रूपमा लिइन्छ ।
कालसर्पयोगको नकारात्मक प्रभाव
 विभिन्न किसिमका स्वास्थ्यसमस्याहरू,
 अपाङ्गस्थिति (शारीरिक रूपमा ),
 सुस्तमनस्थिति ( मानसिक कमजोरी समेत ),
 सन्ततिसम्बन्धी समस्याहरू (पाँचौ राहुले सन्तानसुखबाट वञ्चित गर्छ ),
 पतिपत्नी विवाद,
 फलप्राप्तिमा अवरोध,
 बाह्रौं राहुले ऋण, प्रवास र चिन्ता पनि बढाउँछ,
 आठौं राहुले रोग, दुर्घटना, प्रवास वा बन्धन बढाँउछ,
 नवौं राहुले करोडपतिबाट कङ्गाल पनि बनाउँछ।
 दशौं राहुले शासकबाट जेलबन्धन दिलाउँछ,
 लग्नको राहुले रोगी बनाउँछ,
 चौथो राहुले शरीरको मध्यभागमा अवरोध गराउँछ र
 सातौं राहुले वैधव्य ( विधवा वा विधुरमा पारिवारिक विखण्डन गराउँछ )।
[सम्पादन गर्ने]कालसर्पयोगको दोष नलाग्ने अवस्था

 पति वा पत्नी ज्येष्ठा, मूल र अश्लेषा नक्षत्रमा जन्मेको अवस्थामा
 कुण्डलीमा राशि परिवर्तन योग भएमा ( वृश्चिक लग्नको ट र ड मा बाहेक अन्य अवस्थामा ),
 सबै ग्रह सप्तमस्थानदेखि प्रथमस्थानसम्म रही शुभफलदायक छत्रयोग बनाएमा
 सबै ग्रह प्रथमस्थानदेखि सप्तमस्थानसम्म रही शुभफलदायक नौका योग बनाएमा
 सबै ग्रह चतुर्थस्थानदेखि दशमस्थानसम्म रही शुभफलदायक कुटयोग बनाएमा
 सबै ग्रह दशमस्थानदेखि चतुर्थस्थानसम्म रही शुभफलदायक सर्पयोग बनाएमा
 राहु ३, ६, १०, ११ राशिमा भएमा पनि कालसर्पयोगको दोष लाग्दैन । परन्तु त्यस्तो दोषरहित राहुको स्थितिबाट विशेष शुभफल मिल्न जान्छ ।
[सम्पादन गर्ने]कालसर्प योगका किसिम

वास्तविक कालसर्पयोगको प्रसङ्ग माथि नै चर्चा भइसकेको छ । तापनि राहु र केतुको घेरा बाहिर एउटासम्म ग्रह भएको अवस्थामा पनि व्यक्तिलाई व्यवहारमा आंशिक असर पर्न जाने पक्षलाई मध्यनजर राखी पूर्ण कालसर्पयोग र आंशिक कालसर्पयोग भनेर वर्गीकरण गर्ने जनधारणा रही आएको छ । यस आधारमा पूर्ण र आंशिक कालसर्पयोगका विविध भेद भनेर घद्धछट किसिमका कालसर्पयोगको अवधारणा ज्योतिषीहरूले अघि सारेका छन् । यस मान्यताअनुसार १२ भावगत र १२ राशिबाट १४४, उदित र अनुदित भेदले २८८ र ती हरेकमा एक­एक भावमा एक­एक ग्रह राहु र केतुको घेराबाहिर पर्दा बन्ने आंशिक योगको भेदसहित गणना गर्दा ३४५६ प्रकारका हुने देखिन्छ तर पनि निम्नलिखित १२ योगलाई विशेष महत्त्वपूर्ण मानिन्छ । ती हुन् :-
अनन्त - स्वास्थ्यकष्ट र दुःखद पारिवारिक स्थिति
कुलिक - दुःखद आर्थिक स्थिति, वाक्युद्ध
वासुकी - उच्च आर्थिक र सामाजिक उन्नति
शंखपाल - प्रभावशाली व्यक्तित्व तर निराश दिनचर्या
पद्म - तेज दिमाग र धनलाभ तर सन्तानपीडा
महापद्म - धन, मान र प्रतिष्ठावृद्धि तर यदाकदा स्वास्थ्यबाधा
तक्षक - यात्रा र व्यापारमा वृद्धि, तर वैवाहिक कष्ट र दुर्घटना
कर्कोटक - स्थान परिवर्तन योग तर जेल र अङ्गभङ्गको पनि भय
शंखचूड - भाग्यवृद्धि तर धर्मनाश र आकस्मिक वैराग्ययोग
घातक - कर्मवृद्धि र पदप्रतिष्ठा प्राप्ति तर पितृनाश
विषधर - सामाजिक सम्मान र धनवृद्धि तर आंशिक पुत्रबाधा
शेषनाग - धनक्षय, जेलबन्धन र अङ्गभङ्गको भय एवं स्थाननाश
यसरी संलग्न विवरण हेर्दा सामान्यतया ३, 6, ९, १०, ११ औं स्थानमा राहु बसेर बनाएको कालसर्पयोगको फल सुखद र सकारात्मक हुने गरेको पाइएको छ । यी समस्त कालसर्प योगहरू मध्ये कर्कोटक, विषधर, घातक र शंखचूड सबैभन्दा बढी दुष्प्रभावी हुन्छन् । बाँकी कालसर्प योग त्यति हानिकारक हुँदैनन् । तिनको पूजनपाठ, स्वस्तिशान्ति गराउनाले शांत हुन्छन् । कालसर्प दोषले जसलाई आक्रान्त तुल्याएको हुन्छ, त्यो व्यक्ति प्रायशः असमंजसयुक्त वातावरणमा हुने गर्दछ र कुनै काम पनि ठीक तरिकाले गर्न सक्दैन, ऊ सधैंजसो भयग्रस्त रहन्छ वा उद्दण्डतारत हुन्छ ।
[सम्पादन गर्ने]अनन्त कालसर्प योग

राहु लग्नमा र केतु सप्तमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा अनन्त नामक कालसर्प योगको रचना हुन्छ । यस कालसर्प योगको प्रभावले जातक धनवान्, बलवान्, बुद्विमान् र अध्यात्मवेत्ता हुने गर्दछ, साथै अतीव दृढ़ निश्चयी र साहसीसमेत हुन्छ। त्यस जातकले आफ्नो पुरुषार्थमा राम्रो सफलता प्राप्त गर्दछ। तर त्यस व्यक्तिको पति वा पत्नीको स्वास्थ्यमा प्रायशः प्रतिकूलता देखिन्छ। सन्तान विशेषतः पुत्रसन्ततिसित सम्बन्ध अनुकुल हुँदैन। जातक मानसिक अशान्ति र अस्थिरताको प्रवृत्तिले ग्रसित हुन्छ । ऊ दुष्टबुद्धि, मिथ्याभाषी र लम्पट हुन्छ । ऊ षडयन्त्रमा फँसिरहन्छ । अड्डाअदालतका कारण प्रशस्त हानि ब्यहोर्नु पर्ने हुन्छ । आफ्नो कार्यक्षमता बमोजिम वाञ्छित सफलता प्राप्ति हुँदैन । आफूले गरेको परिश्रमको फल पनि पराइले प्राप्त गर्दछन । धर्म र र्इश्वरप्रतिको विश्वास क्रमश: हटदै जान्छ । आफूलाई समाजमा स्थापित तुल्याउन असाध्यै मिहिनेत गर्नुपर्छ । उसको वैवाहिक जीवन पनि प्राय: कष्टप्रद हुन्छ । उसले स्वास्थ्यसम्बद्ध विविध समस्या त ब्यहोर्नु नै पर्छ साथै उसको पारिवारिक स्थिति पनि दु:खद हुन पुग्छ।
उपाय
प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप वा भगवान शिवमा श्रद्धाभक्ति र ॐ नम: शिवाय मन्त्रको प्रतिदिन जाप वा नागपञ्चमीका दिन प्रतिवर्ष व्रत गर्ने, यथोचित दानदक्षिणा गर्ने र नागलाई दूध चढाउने वा कालसर्प योग शान्ति यन्त्र घरमा स्थापना गरेर त्यसका सम्मुखमा प्रतिदिन शान्ति पाठ गर्ने वा विधिपूर्वक कालसर्प योग शान्ति कर्म सम्पादन गर्ने वा सामूहिक पूजामा सहभागी हुने। सूर्योदयपछि तामाको कुनै एउटा पात्रमा गहुँ र सक्खर(गुड़)मिश्रित अन्न झुसी हुनेगरी भरेर बग्दो पानीको प्रवाहमा कम्तीमा सातवटा शनिबार बिसर्जन गर्नुपर्दछ। अन्तिम शनिबारका दिन रुद्राभिषेक गरी उक्त भाँडो र कालो राडी(कम्बल) ब्राह्मण वा दीनदुःखीलाई दान गर्नुपर्दछ। प्रतिदिन एक माला ॐ नम: शिवाय यस मंत्रको स्वयं आफैले वा ब्राह्मणद्वारा जप गर्नुपर्दछ। अथवा कालसर्पदोष निवारक यन्त्र घरमा स्थापित गरी त्यसको नियमित पूजन गर्नुपर्दछ।
[सम्पादन गर्ने]कुलिक काल सर्पयोग

राहु दोस्रो स्थानमा र केतु अष्टमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा कुलिक नामक कालसर्प योगको रचना हुन्छ । यस भावमा बसेर राहुले सदैव जातकलाई दहीचिउरे स्वभावको बनाइदिन्छ। अत्यधिक आत्मविश्वासका कारण अनेक प्रकारका मानसिक असन्तोष र तनावको सामना गर्नुपर्ने हुन्छ। आफ्ना प्रियजनको विरहव्यथा भोग्नुपर्छ। केतु आठौं भावमा रहेका कारण कतिपय जातक पायल्सका रोगी हुने गर्दछन्। तर आठौं घरको केतु मेष, वृष, मिथुन, कन्या र वृश्चिक राशीमा अवस्थित छ भने जातकसँग धनको कमी हुँदैन। यस्ता व्यक्तिले पुस्तान्तरबाट प्राप्त पुर्ख्यौली सम्पत्ति उपभोग गर्न पाउँछन्। जातकलाई प्रारमिभक शिक्षादीक्षामा कठिनाइ हुन्छ । आँखा र मुखसित सम्गद्ध रोगले सताउँछ । जीवन र परिवार धान्न लिएको ऋणले गर्दा आर्थकि अवस्था दयनीय हुन पुग्छ । अन्य शुभयोगका बलले राम्रै सामाजिक र आर्थकि स्थिति भइहाले पनि ऊ मानसिक रूपले तनावग्रस्त रहने गर्छ । त्यो तनावको प्रभाव उसको व्यक्त्गित नातागोता माता-पिता, पत्नी, पुत्रादिमा स्पष्टत: देखनिछ । उसले आफन्तलाई त्याग्न पनि सक्छ । दु:खद आर्थकि स्थिति त हुन्छ नै, उसले झगडा र मुद्दामामिला पनि खेप्नु पर्छ।
उपाय
चाँदीको दाना बनाएर सेतो धागोमा बाँधेर हरहमेशा घाँटीमा धारण गर्नुपर्दछ। केसरीको तिलक लगाउने गर्दा पनि यस्ता जातकलाई शुभ नै हुन्छ। २१ वटा आइतबारसम्म बग्दो पानीमा आफ्नो श्रद्वानुसार काठका कोइला प्रवाहित गर्नुपर्दछ। भगवान श्रीकृष्णको पूजाआजा गर्ने वा राहु र केतुको मन्त्रलाई प्रतिदिन पाठ गर्ने तथा दुबै ग्रहको दानादि गर्ने वा आफ्नो लग्न-अनुकूल हुने गरी रत्न धारण गर्ने वा प्रतिवर्ष नागपञ्चमीका दिन व्रत गर्ने र पूजा लगाउने वा विधिपूर्वक कालसर्प योग शान्ति कर्म सम्पादन गर्ने वा सामूहिक पूजामा सहभागी हुने।
[सम्पादन गर्ने]वासुकी कालसर्प योग

राहु तेस्रो स्थानमा र केतु नवमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा वासुकी नामक कालसर्प योगको रचना हुन्छ । यस्तो अवस्थामा जातकसँग धनदौलथ र वैभवको कुनै कमी हुँदैन। उसका अनुकूलमा सुख हुन्छ तथा मित्रशक्तिबाट पनि यथेष्ट सहयोग प्राप्त हुन्छ। पितासित पनि अत्यन्त सुमधुर सम्बन्ध हुन्छ र पिताको आज्ञाकारी पुत्रमा उदाहरणलायक हुन्छ। यस्ता व्यक्तिले धर्म र अध्यात्मका माध्यमले धनार्जन गर्दछन्, प्रसिद्धि प्राप्त गर्दछन् र देशदेशान्तरमा समेत यश प्राप्त गर्दछन्। तर यस्तो जातकको आफूभन्दा कान्छा भाइ जीवित रहँदैनन् वा जीवितै रहे पनि ती दुईको एकआपसमा ठूलो शत्रुता हुन्छ। जातकले आफ्ना परिवारजन र खासगरी भाइ र बहिनीसित सम्बद्ध समस्याले सताउने देखनिछ । आफ्ना साथीभाइ र नातागोताले विश्वासघात गर्नाले धोका पाइने छ । साहस, धैर्य र पराक्रममा कमी आउनाले जीवन नैराश्य पूर्ण देखनिछ । वैदेशिक यात्रा भइ गए पनि प्रवासमा अनेकानेक कष्ट ब्यहोर्नु पर्छ । कानुनी कागजात वा लेखापढीमा ध्यान नदिनाले उसले हानि ब्यहोर्नु पर्छ । यी अनिष्टता देखिए पनि उसको आर्थिक र सामाजिक स्थिति उन्नत हुन्छ।
उपाय
चामल, दाल र चना एउटा पात्रमा राखी कम्तीमा सातवटा बुधबार बग्दो पानीमा प्रवाहित गर्नुपर्दछ। घरको मुख्य द्वारमा भित्रबाहिर दुबैतिर स्वस्तिक वा गणेशजीको प्रतिमा टाँस्नुपर्छ। ७२ वटा बुधबारसम्म प्रत्येक बुधबारका दिन काला खाद्यपदार्थ र वस्तुहरू श्रद्वानुसार कालै वस्त्रमा बाँधेर राहुको मन्त्र जप गर्दै गरीब वा ब्राह्मणलाई दान गर्नुपर्छ। दान लिन कसैले नमानेमा त्यस पोकोलाई बग्दो पानीमा बगाइदिनु पर्छ। राहु, केतु र सङ्कटाको दशा वा अंतर्दशामा महामृत्युञ्जय मंत्रको नियमित जाप गर्नुपर्छ वा ब्राह्मणद्वारा गराउनु पर्छ। नागपञ्चमीका दिन प्रतिवर्ष व्रत गर्ने, यथोचित दानदक्षिणा गर्ने र नागलाई दूध चढाउने वा मृत पितृहरूको यथोचित तीर्थश्राद्ध सम्पन्न गर्ने वा ११ दाना जटासहितका नरिवल शनिवारका दिन वा नागपञ्चमीका दिन बग्दो पानीमा बगाइदिने वा चराचुरुङ्गीलाई प्रतिदिन चारो दिने वा बग्दो पानीमा ११२५ ग्राम गँहु वा जौ बगाउने। विधिपूर्वक कालसर्प योग शान्ति कर्म सम्पादन गर्ने वा सामूहिक पूजामा सहभागी हुने।
[सम्पादन गर्ने]शंखपाल कालसर्प योग

राहु चौथो स्थानमा र केतु दशमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा शङ्खपाल नामक कालसर्प योगको रचना हुन्छ । जातकको व्यक्त्तित्व प्रभावशाली हुन्छ, तर उसको दिनचर्या भने नैराश्यपूर्ण हुन्छ । आमाको ममता तथा स्नेहप्राप्तिमा कठिनाइ उत्पन्न हुन्छ । आमा जीवित नै रहेको अवस्थामा आमाका माध्यमबाट हानि ब्यहोर्नु पर्छ । उसले शिक्षाग्रहण गर्ने प्रसङ्गमा पनि प्रशस्त झमेला खेप्नु पर्छ । चलअचल सम्पत्तिबारेमा पनि कष्ट भोग्नुपर्छ । वाहन दुर्घटनाका प्रशस्त सम्भावनाहरू हुन्छन । जग्गाजमिनमा पनि किचोला भइरहन्छ । सामाजिक सेवाका प्रसङ्गमा विना कारण अपयशको भागी बन्नु पर्छ । कुनै कार्यारम्भ गर्नु अघि नै उसलाई अनावश्यक भ्रम र शङ्काले ग्रस्त बनाउँछ । अत: जातकको जीवन घोर निराशापूर्ण र सङ्घर्षमय भएर बित्छ। यस्तो कालसर्प योग हुने जातकले राहु उच्चगृहको र शुभराशीको भए समस्त सुखभोग गर्न सक्दछ एवं जातकको कुण्डलीमा शुक्र अनुकूल भएमा विवाहपछि कारोबार र धनधान्यमा वृद्धि प्राप्त हुन्छ। साथै यदि चंद्रमा लग्नमा भए आर्थिक तानावको सामना गर्नुपर्दैन। यो योग हुने व्यक्तिले ४८ वर्षको उमेरमा बृहस्पतिग्रहको उत्तम फल प्राप्त गर्दछ। यद्यपि सफलताका निम्ति उसले विघ्नको सामना गर्नु पर्दछ । उता केतु दसौं घरमा मेष, वृष, कन्या और वृश्चिक राशिमा हुँदासमेत उत्तम फल प्राप्त हुन्छ एवं उसलाई शत्रुले प्रयत्न गरेर पनि हानि पुर्याउन सक्दैन। यस्ता व्यक्तिले राजनीतिमा उतारचढ़ाव हुँदाहुँदै राम्रो सफलता प्राप्त गर्दछन्। अनि यस्ता व्यक्तिले आफ्ना साथीभाईबाट नचाँहदा नचाँहदै पनि सहयोग प्राप्त गर्दछन्।
उपाय
प्रत्येक आइतबार पहेंलो कपड़ामा गहूँ बाँधेर खाँचोको अनुभव भएका व्यक्तिलाई दान दिनुपर्दछ। आइतबारका दिन ४०० ग्राम धनिया बग्दो पानीमा प्रवाहित गर्नुपर्दछ। शिवलिङ्गको अगाडि बसेर प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप गर्ने वा चाँदीको सर्प बनाएर शिवजीलाई चढाउने वा राहु ग्रहको मन्त्र प्रतिदिन पाठ गर्ने वा धातुबाट निर्मित १०८ वटा राहुयन्त्र नागपञ्चमीका दिन बग्दो पानीमा बगाउने वा विधिपूर्वक कालसर्प योग शान्ति कर्म सम्पादन गर्ने वा सामूहिक पूजामा सहभागी हुने।
[सम्पादन गर्ने]पद्म कालसर्प योग

राहु पाँचौ घरमा र केतु एघारौं घरमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा पद्म नामक कालसर्प योगको रचना हुन्छ। जातकको दिमाग तेजिलो हुन्छ । तर उसले उच्चस्तरीय शिक्षा ग्रहण गर्न सक्दैन । जातकले प्रशस्त धनसम्पत्ति कमाउने योग पनि छ, यधपि त्यो धन शत्रुमार्फत नष्ट हुन्छ । उन गरियो कित सन्तान हुँदैनन वा पुत्रसन्तानको अभाव हुन्छ । अथवा भएका सन्तति रोगी, अपाङ्ग र बेकामे हुन्छन् । उनलाई बुढ्यौली एकाकी बित्छ। यस्ता व्यक्तिहरुलाई उदर (पेट)को रोगको सम्भावना पनि प्रबल हुन्छ। पञ्चम भावको राहु तथा एघारौं भावको केतुले जातकलाई अध्यात्मपट्टि प्रेरित गर्दछ। उत्तम परिवार भएको, आर्थिक स्थिति मजबूत भएको तथा उत्तम गुण एवं भोगबाट युक्त हुन्छ। केतुले एघारौं घरमा सम्पूर्ण सिद्धि तथा सफलता प्राप्त गराउँदछ तर यस योगमा संतान पक्षमा थोरै कमजोरी रहन सक्दछ। साथै जातक आफ्ना दाजुभाइहरूका निम्ति प्रियकर नहुन सक्छ। २१ वा ४२ वर्षको उमेरमा जातकको पितालाई कष्टको सम्भावना रहन्छ। यस्ता व्यक्ति सफल राजनितिक हुन्छन्। यस्ता व्यक्तिहरुलाई उतारचढ़ाव त भैरहन्छ तर सफलता र राम्रो यश प्राप्त हुन्छ। धेरजसो ठूला राजनितिज्ञहरूमा यो कालसर्प योग प्राप्त हुन्छ। पञ्चमभावलाई पूर्वजन्मसँग सम्बन्धित मानिन्छ।
उपाय
राती सुत्ने बेलामा सिरानेमुनि पाँचवटा मूला राखेर बिहानै भगवान् शिवको मंदिरमा अर्पण गर्नुपर्दछ। सन्तान सुखको कामना हुनेले मूल दैलोको ठेलोलाई चाँदीको पत्रले मोड्नुपर्दछ। कुनै शुभ मुहूर्तमा एकाक्षी नरिवल आफ्नो शिरदेखि पैतालासम्म सातपल्ट आरती गरे झैं घुमाएर सातवटा बुधवारसम्म गङ्गा वा जमुना नदीमा अथवा गङ्गागामिनी नदीमा प्रवाहित गर्नुपर्दछ। ४० दिनसम्म पंक्षीलाई जौका दानाको चारो खुवाउनु पर्दछ। भगवान श्रीकृष्णको पूजाआजा गर्ने वा आफूभन्दा पाका उमेरका व्यक्तिलाई सम्मान र आदर भाव राख्ने वा ज्ञानप्राप्ति गर्ने सिलसिलामा आफूभन्दा कान्छै भएपनि उसबाट श्रद्धाभक्त्पिूर्वक करबद्ध भर्इ ग्रहण गनुपर्छ वा घरमा मुजुरको प्वाँख राख्ने वा प्रतिदिन सर्पसूक्तको जाप गर्ने।विधिपूर्वक कालसर्प योग शान्ति कर्म सम्पादन गर्ने वा सामूहिक पूजामा सहभागी हुने।
[सम्पादन गर्ने]महापद्म कालसर्प योग

राहु छैठौं घरमा र केतु बाह्रौं घरमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा महापद्म नामक कालसर्प योगको रचना हुन्छ। छैटौं स्थानको राहुले धेरै सहयोग गर्दछ र राम्रो फल प्रदान गर्दछ, यहाँसम्म कि मृत्युको मुखबाट पनि खोसेर ल्याउने काम राहुले गर्दछ। सम्पत्ति, वाहन, दीर्घायु, सर्वत्र विजय, साहस, बहादुरी आदि राहुको प्रभावबाट प्राप्त हुन्छ। यस योगका जातक धर्म र अध्यामसँग जोडिएका हुन्छन्। सबै प्रकारको प्रतिस्पर्धामा राम्रो सफलता पाउँदछन् तथा दान, पुण्य र अरुको मदद गर्न आफ्नो सबै धनसम्पत्ति लुटिएको पनि थाहा पाउँदैनन्। तर जातक प्राय: रोग र ऋणबाट ग्रस्त हुन्छ । दुर्व्यसनी हुन्छ । आँखाको बिमारीले पनि सताउँछ। चारित्रिक दोष पनि देखिन्छ। मामालाई पनि कष्ट हुन्छ । व्यवसायमा हानि हुन्छ । यद्यपि उसले सबै समस्याहरू झेल्दै धन, मान र प्रतिष्ठा त कमाउँछ तर खराब स्वास्थ्य सहितको बुढ्यौलीले उनलाई जीवनलाई निराशामय बनाइदिन्छ। आफू कहिल्यै निरोगी हुँदैन। अनेक किसिमका रोगले सताउँछ। जुवा, तास, सट्टापट्टा वा चिट्ठाको दुर्व्यसनले यस्ता व्यक्तिलाई यस योगले बर्बाद तुल्याउन सक्छ।
उपाय
यस्तो कालसर्पयोग हुने जातकका लागि गणेशजीको उपासना सर्वमङ्गलकारी मानिन्छ। शुक्ल पक्षको पहिलो शनिबारबाट थालनी गरी कम्तीमा १८ पटक शनिबारको व्रत लिनु पर्दछ। कालो वस्त्र धारण गरेर १८ माला राहु बीजमन्त्रको जप गर्नुपर्दछ। तदनन्तर एउटा भाँडोमा दूर्वा र कुश मिश्रित पानी पिपलको जरामा चढाउनु पर्छ। गुलियो खाद्यपदार्थ जस्तै गुलियो सातु, रोटी, कुराउनी, भुजाको लड्डु, तिल र सक्खरको लड्डु आदिले हवन गर्नुपर्छ र यिनै सामाग्री जुटाएर गरिबगुरुबा वा ब्राह्मणलाई दान पनि गर्नुपर्छ। राती घिउको दियो बालेर पिपलको रुखको फेदमा राखिदिनु पर्छ। अन्भय्गा उप्वाआय्नाहरूमा श्रीकृष्णको पूजाआजा गर्ने वा लगातार १६ वटा औंसीमा आफ्ना मृत पितृको मोक्षार्थ यथोचित श्राद्ध सम्पन्न गर्ने वा नागपञ्चमीका दिन प्रतिवर्ष व्रत गर्ने, यथोचित दानदक्षिणा गर्ने र नागलाई दूध चढाउने वा शिवलिङ्गका अगाडि बसेर प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप गर्ने वा बग्दो पानीमा ११२५ ग्राम गँहु वा जौ बगाउने वा घरको मूल दैलोमा विधिपूर्वक प्राणप्रतिष्ठा गर्न लगार्इ स्वसितक यन्त्र झुन्ड्याउने वा विधिपूर्वक कालसर्प योग शान्ति कर्म सम्पादन गर्ने वा सामूहिक पूजामा सहभागी हुने। मंगलवार एवं शनिवारका दिन रामायणको सुन्दरकाण्डको १०८ पल्ट पाठ श्रद्धापूर्वक गर्नुहोस्।
[सम्पादन गर्ने]तक्षक कालसर्प योग

केतु लग्नमा र राहु सप्तमभावमा बसेर यी दुबैको मध्यवर्ती भई समस्त ग्रहहरू विद्यमान रहँदा तक्षक नामक कालसर्प योगको रचना हुन्छ । यस योगमा जन्मने जातकका लागि लामो टाड़ाको यात्रा प्राय: कष्टप्रद हुन्छ । साझेदार भई गरेको व्यापार व्यवसायमा हानि ब्यहोर्नु पर्छ । विश्वासी र भरपर्दो साथीले पनि एकाएक शत्रुवत् व्यवहार गर्न थाल्छ । उसको प्रगतिको मार्ग अवरुद्ध हुनपुग्छ । यद्यपि उसले सबै समस्याहरू झेल्दै यात्रा, व्यापार र व्यवसाय बढाउँछ तर जातकको वैवाहिक जीवन समस्यामूलक हुन्छ र उसमा वैराग्यका भावनाहरू सञ्चरण हुन थाल्छन्। जातकले उच्च सरकारी पदमा बसी काम गर्ने अवसर पनि प्राप्त गर्दछ। सुखी, परिश्रमी र धनी हुन्छ। उसले आफ्ना पितालाई धेरै नै आदर, सम्मान र प्रेम गर्दछ साथै सहयोगी पनि हुन्छ। धनधान्य र सुखसम्पत्तिको कुनै कमी हुँदैन। यति हुँदाहुँदै जातकले आफ्नो खुट्टामा आफैं बन्चरो हन्ने प्रवृत्तिको हुन्छ। आफ्नो सङ्गतमा राम्रा मानिसहरू भएमा राम्रो नै हुनसक्छ तर खराब सङ्गतका कारणले विशेषतः कठिनाइ उत्पन्न हुन्छ। यदि जातकले खासगरी परोपकारमा चित्त लगाएमा यी कुलक्षणहरू नदेखिन सक्छन्।
उपाय
सातवटा आइतबारसम्म प्रत्येक आइतबार ११ वटा नरिवल बग्दो पानीमा प्रवाहित गर्नुपर्दछ। दिनहुँ हनुमान् चालिसाको ११ पल्ट पाठ गर्नुपर्दछ र हरेक शनिवारका दिन रातो कपडामा आठ मुट्ठी भिजेका चना तथा ११ वटा केरा अगाडि राखेर हनुमान चालिसाको १०८ पल्ट पाठ गर्नुपर्दछ र ती केरा बाँदरलाई खुवाउनुपर्छ र प्रत्येक मंगलवारका दिन हनुमान् मन्दिरमा बुनियाको लड्डूको भोग लगाएर हनुमानको प्रतिमामा चमेलीको तेल दलिदिनु पर्दछ। कालसर्प योग शान्ति यन्त्र घरमा स्थापना गरेर त्यसका सम्मुखमा प्रतिदिन शान्ति पाठ गर्ने वा ११२५ ग्राम जौ वा धातुबाट निर्मित १०८ वटा राहुयन्त्र नागपञ्चमीका दिन बग्दो पानीमा बगाउने वा शिवलिङ्गका अगाडि बसेर प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप गर्ने वा विधिपूर्वक कालसर्प योग शान्ति कर्म सम्पादन गर्ने वा सामूहिक पूजामा सहभागी हुने।
[सम्पादन गर्ने]कर्कोटक कालसर्प योग

केतु दोस्रो भावमा र राहु अष्टम भावमा रहेर ती दुई ग्रहका बीचमा सूर्यादि समस्त ग्रह स्थित भए कर्कोटक नामक कालसर्प योगको निर्माण हुन्छ। यस योगमा जन्म लिने जातक उदारमना, समाजसेवी र धनवान् हुन्छ। तर वाणीमा संयम हुँदैन। शिक्षामा समस्या आउँछ। परिवारमा कलह हुन्छ। साथै जातकले सधैं निन्दाको पात्र हुनुपर्छ। जातकलाई भाग्यले साथ दिदैन। नोकरी वा व्यवसायमा स्थिरता हुँदैन । घटुवा र असफलता भइरहन्छ । पैतृक सम्पत्ति र कुलको इज्जतमा हानि पुग्छ । साथीहरूबाट छलप्रपञ्च र जालसाजी हुन्छ । अकस्मात् शस्त्रप्रहार वा विषपानद्वारा मृत्यु पनि हुनसक्छ । उसले दुर्गमस्थानमा बसाइँ सर्नुपर्ने वा सरुवा भई जानुपर्ने हुन्छ । राज्यपक्षबाट अनावश्यक दु:ख पाउने र बन्धनको स्थिति पनि आउँछ । त्यस्तै चोटपटकबाट अङ्गभङ्गको भय पनि हुन्छ ।
उपाय
चांदीको चारकुने टुक्रो बनाएर हरहमेशा आफ्नो गोजीमा राख्नुपर्छ। शुभ मुहूर्तमा बग्दो पानीमा मुसुरोको दाल सातपल्ट प्रवाहित गर्नुपर्छ र त्यसपछि लगातार पाँचवटा मङ्गलबारका दिन हनुमानको प्रतिमामा चमेलीको तेल घसिदिनु पर्छ,हनुमानलाई बुनियाको लड्डू अर्पण गरेर प्रसाद वितरण गर्नुपर्छ। अन्तिम मङ्गलबार गुलिया खाद्यपदार्थहरू र मिठाई सवा किलोको परिमाणमा हनुमानलाई अर्पण गरेर प्रसादका रूपमा वितरण गर्नुपर्छ। ४१ दिनसम्म जौका दानालाई चाराका रूपमा खुवाउनु पर्छ र प्रत्येक शनिवारका दिन कमिलालाई चाराका रूपमा सक्खर मिश्रित सातु तिनको प्वाल खोजीखोजी अर्पण गर्नुपर्छ। असली रुद्राक्षको माला बनाएर धारण गर्ने वा शिवलिङ्गका अगाडि बसेर प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप गर्ने वा राहु र केतुसँग सम्बन्धित दानादि सङ्कलन गरी ब्राह्मणलाई दान गर्ने वा गरिबगुरुवालाई प्रदान गर्ने वा धातुबाट निर्मित १०८ वटा राहुयन्त्र नागपञ्चमीका दिन बग्दो पानीमा बगाउने वा कालसर्प योग शान्ति यन्त्र घरमा स्थापना गरेर त्यसका सम्मुखमा प्रतिदिन शान्ति पाठ गर्ने वा विधिपूर्वक कालसर्प योग शान्ति कर्म सम्पादन गर्ने वा सामूहिक पूजामा सहभागी हुने।
[सम्पादन गर्ने]शङ्खचूड कालसर्प योग

केतु तेस्रो भावमा र राहु नवम भावमा रहेर ती दुई ग्रहका बीचमा सूर्यादि समस्त ग्रह स्थित भए शङ्खचूड नामक कालसर्प योगको निर्माण हुन्छ। जातकले भाग्यको साथ पाउँदैन । पितृवियोग सहनु पर्छ वा पिताको सान्निध्य पाउन्न । राज्यपक्षबाट अनावश्यक दु:ख पाउने स्थिति हुन्छ । अति परिश्रम गरी सुख सुविधा त जसैतसै जुटछ तर त्यसको भोग गर्न पाउँदैन । पिता, परिवारका बृद्ध सदस्य र राज्यपक्षबाट मतभेद भनले उसले विविध समस्या र तनावले घेरािएर बस्नुपर्छ र उसमा वैराग्यका भावनाहरू सञ्चरण हुन थाल्छन्। हुन त यस योगमा जन्मिने जातक दिर्घायु, साहसी, यशस्वी र धनधान्यबाट परिपूर्ण हुन्छ। दाम्पत्य सुख अतीव अनुकूल रहन्छ। सर्वत्र विजय र सम्मान प्राप्त हुन्छ। तर यस जातकको चित संधै अस्थिर रहन्छ।
उपाय
राहु र केतुका बीज मंत्रहरुको जाप गर्नुपर्छ। महामृत्युञ्जय कवचको नित्य पाठ गर्नुपर्छ। प्रत्येक दिन शिवलिङ्गमा बेलपत्र अर्पित गर्नुपर्छ। चांदी वा अष्टधातुको नागाकृति औंठी बनाएर ज्योतिषीको सल्लाहबमोजिम हातको औंलामा धारण गर्नुपर्छ। घरको मूल दैलोमा विधिपूर्वक प्राणप्रतिष्ठा गर्न लगाई स्वस्तिक यन्त्र झुन्ड्याउने वा कालसर्प योग शान्ति यन्त्र घरमा स्थापना गरेर त्यसका सम्मुखमा प्रतिदिन शान्ति पाठ गर्ने वा नागपञ्चमीका दिन प्रतिवर्ष व्रत गर्ने, यथोचित दानदक्षिणा गर्ने र नागलाई दूध चढाउने वा शिवलिङ्गका अगाडि बसेर प्रतिदिन महामृत्युञ्जय मन्त्रको जाप गर्ने वा 108 वटा कोइलाका टुक्रा नागपञ्चमीका दिन बग्दो पानीमा बगाउने वा विधिपूर्वक कालसर्प योग शान्ति कर्म सम्पादन गर्ने वा सामूहिक पूजामा सहभागी भन।
[सम्पादन गर्ने]घातक कालसर्प योग

केतु चतुर्थ स्थानमा र राहु दशम स्थानमा रहेर ती दुई ग्रहका बीचमा सूर्यादि समस्त ग्रह स्थित भए घातक नामक कालसर्प योगको निर्माण हुन्छ। जातकले व्यापार व्यवसायमा अकल्पनीय क्षति ब्यहोर्नु पर्छ । हेर्दा व्यापार व्यवसायबाट सफलता र लाभको स्थिति त देखनिछ तर प्रत्यक्षत: घाटा नै हुन्छ । पितृवियोग सहनु पर्छ वा पिताको सान्निध्य पाउन्न । धर्म र ईश्वरप्रतिको विश्वास क्रमश: हट्दै जान्छ । उसमा वैराग्यको भावना सञ्चरण हुन थाल्छ । पदप्रतिष्ठा र कर्मवृद्धिका लागि उसले प्रशस्त सङ्घर्ष गर्छ र केही लाभ पनि हुन्छ तर सारांशमा उसले वैराग्यपूर्ण जीवन बाँच्नु पर्ने हुन्छ । यदि शनि अनुकूल स्थानमा बसेको छ भने यस योगमा जन्म लिने जातक परिश्रमी, धनसञ्चयी तथा सुखी हुने गर्छ। शनिको अनुकुलतामा उपचार र प्रयोग गर्न जानेमा यो राजयोग सरहको योग हो। यस्तो अवसरमा जन्म लिने जातकले मनोवाञ्छित सफलताहरू प्राप्त गर्नाक साथै राजनीतिमा सफलता प्राप्त गर्न पनि सक्दछ। तर जातकले प्रायशः आफ्नो जन्मभूमिभन्दा टाढा रहँदा मात्र राम्रो उन्नति गर्न सक्छ। माताको स्वास्थ्य प्रतिकूल रहन्छ। सबै ऐश्वर्य हुँदाहुँदै पनि जातकले आँफू स्वयंले भने सुख प्राप्त सक्दैन।
उपाय
प्रत्येक मङ्गलबारको व्रत गर्नुपर्छ र १०८ पल्ट हनुमान चालिसाको पाठ गर्नुपर्छ अथवा दिनैपिच्छे हनुमान चालिसाको पाठ गर्नुपर्छ तथा प्रत्येक मङ्गलबारको व्रत लिनुपर्छ र हनुमानलाई चमेलीको तेल अर्पण गर्नुपर्छ। बुनियाको लड्डूको भोग लगाउनु पर्छ। अर्को उपायमा एक वर्षसम्म गणपति अथर्वशीर्षको दिनहुँ पाठ गर्नुपर्छ। शनिवारका दिन व्रत लिँदा पनि हुन्छ र लहसुनियां(वैदूर्यमणि), फलाम, तिल, सप्तधान्य, तेल, कालो वस्त्र, सुकेको नरिवल आदिलाई दानका रूपमा गरिबगुरुबालाई वा खाँचो हुने ब्राह्मणलाई प्रदान गर्नु पर्छ। मंगलवारका दिन बांम्दरलाई केरा खुवाउनु पर्छ र बग्दो पानीमा मुसुरोको दाल ७०० ग्रामका दरले प्रत्येक शनिबार सात पल्ट प्रवाहित गर्नुपर्छ। भगवान शिवको घरैमा प्रतिमा स्थापना गरी वा चित्र बनाई श्रद्धाभक्तिपूर्वक महामृत्युञ्जय वा ॐ नम: शिवाय मन्त्रको प्रतिदिन जाप वा धातु वा माटाका १०८ वटा सर्प बनाएर नागपञ्चमीका दिन विधिपूर्वक बग्दो पानीमा बगाउने वा विधिपूर्वक कालसर्प योग शान्ति कर्म सम्पादन गर्ने वा सामूहिक पूजामा सहभागी हुने।
[सम्पादन गर्ने]विषधर कालसर्प योग

केतु पचंम स्थानमा र राहु एघारौं भावमा रहेर ती दुई ग्रहका बीचमा सूर्यादि समस्त ग्रह स्थित भए विषधर नामक कालसर्प योगको निर्माण हुन्छ। यस योगमा उत्पन्न जातकको ज्येष्ठ सन्तानलाई कष्ट हुन्छ। जातकले आफ्ना दाजुभाइसित झगडा गर्छ। आर्थिक रूपमा प्रशस्त हानि ब्यहोर्नु पर्छ । आँखाको समस्या वा अनिद्रा, हृदयरोग र गुदासम्बन्धी रोगले ग्रस्त हुनपुग्छ । सन्ततिको अभाव वा सन्ततिको बाधाले उसको जीवनलाई निराश बनाउँछ । उसले सामाजिक सम्मान र मानप्रतिष्ठा तथा धनवैभव त प्रशस्त कमाउँछ तर आफूले गरेका दुष्कर्मका फलस्वरूप जातकले मानप्रतिष्ठा पनि गुमाउनु पर्ने हुन्छ । उसको जीवनको अन्त्य रहस्यमय ढङ्गले हुन्छ । तर शनिश्चर अनुकुल स्थानमा रहेमा यस योगमा उत्पन्न जातकले २४ वर्षको उमेरपछि सफलता प्राप्त गर्दछ। त्यसपछिको आर्थिक स्थिति पनि राम्रो हुन्छ । एघारौं भावमा राहुले सदैव अनुकूल फल प्रदान गर्दछ। उचित तथा अनुचित दुइटै तरिका अपनाएर धनको प्राप्ति हुन्छ। दाम्पत्य सुख अनुकूल हुन्छ। संतान सुखको कुनै कमी हुँदैन ।
उपाय
घिउको दियो बालेर दुर्गा कवच र सिद्धकुञ्जिका स्तोत्रको पाठ गर्नुपर्छ। देवदारू(लेकाली सल्लो)को बोक्रो, सरस्युँ तथा काँचो फलाम - यी तीन चिजलाई पानीमा उमालेर त्यस पानीलाई मनतातो बनाई ४१ दिनसम्म प्रत्येक दिन स्नान गर्नुपर्छ। कम्तीमा सोह्रवटा सोमवारसम्म प्रत्येक सोमबार भगवान शङ्करलाई ॐ हर हर महादेव भन्दै दहीले अभिषेक गर्नुपर्छ। कालसर्प योग शान्ति यन्त्र घरमा स्थापना गरेर त्यसका सम्मुखमा प्रतिदिन शान्ति पाठ गर्ने वा राहु र केतुको मन्त्रलाई प्रतिदिन पाठ गर्ने तथा दुबै ग्रहको दानादि गर्ने वा राहु र केतुसँग सम्बन्धित दानादि सङ्कलन गरी ब्राह्राणलाई दान गर्ने वा गरिबगुरुवालाई प्रदान गर्ने वा धातु वा माटाका १०८ वटा सर्प बनाएर नागपञ्चमीका दिन विधिपूर्वक बग्दो पानीमा सेलाउने वा लगातार ११ वटा शनिबार पिपल र शिवलिङ्गमा जल चढाउने वा विधिपूर्वक कालसर्प योग शान्ति कर्म सम्पादन गर्ने वा सामूहिक पूजामा सहभागी हुने।
[सम्पादन गर्ने]शेषनाग कालसर्प योग

केतु छैठौं भावमा र राहु बाह्रौं घरमा रहेर ती दुई ग्रहका बीचमा सूर्यादि समस्त ग्रह स्थित भए शेषनाग नामक कालसर्प योगको निर्माण हुन्छ। जातकलाई सधैं अपरिचित शत्रुको डर हुन्छ । विनाकारण झैझमेला वा मुद्दामामिलामा फँस्नु पर्छ । नोकरी वा व्यवसायमा स्थिरता हुँदैन । घटुवा र असफलता भइरहन्छ । उसले दुर्गमस्थानमा बसाइँ सर्नुपर्ने वा सरुवा भइ जानुपर्ने हुन्छ । राज्यपक्षबाट अनावश्यक दु:ख पाउने र बन्धनको स्थिति पनि आउँछ । त्यस्तै चोटपटकबाट अङ्गभङ्गको भय पनि हुन्छ । सन्तति निरोगी, बलिया र दीर्घायु नै हुन्छन् तर ससुराली पक्षको खटपटले दाम्पत्य जीवनमा असर पर्न सक्छ र दाम्पत्य जीवनमा थोरै पनि सुखको अनुभूति हुन पाउँदैन । मावलीको साथ सहयोग प्राप्त हुँदैन। शनिको अनुकूलतामा उसले कडा परिश्रमपछि आफ्नो मिहिनेत र सुझबुझका बलमा मात्र सफलता हासिल गर्दछ। तर जातकले आफ्नो आचरणलाई संयमित राख्नु अत्यावश्यक छ नत्र अपयशको भागी हुनुपर्छ । यद्यपि मृत्युपछि उसले ठूलो प्रसिद्धि प्राप्त गर्छ।
उपाय
कम्तीमा एघार हप्ता प्रत्येक बिहीबार कालो र सेतो तिल बराबर मिसाई बग्दो जलप्रवाहमा सेलाउनु पर्छ । भगवान् विष्णुको मन्दिरमा एक दर्जनको सङ्ख्यामा केरा चढाउनु पर्छ । कुनै शुभ मुहूर्तमा ॐ नमो भगवते वासुदेवायमन्त्रको ११ माला जाप गरेर भगवान् विष्णुको प्रतिमा वा विग्रहमा गाईको दूधले अभिषेक गर्नुपर्छ र तुलसीपत्र आदि सामग्री श्रद्धापूर्वक अर्पित गर्नुपर्छ। साथै १२ को सङ्ल्ह्यासंग मिल्दो परिमाणमा सुन, चाँदी वा पित्तलबाट निर्मित शेषनागको प्रतिमालाई विधिवत् प्रतिष्ठा गरी विष्णु भगवानको मन्दिरमा अर्पण गर्नुपर्छ। श्रीमद्भागवत महापुराण अन्तर्गतको नारायण कवचको १०८ आवृत्ति पाठ गर्नु वा गराउनु पर्छ। बिहीबारका दिन भगवान् नारयणको प्रतिमामा पहेंला रङका खाद्यान्न र चिजबीज अर्पण गर्नुपर्छ। यस अतिरिक्त आफ्नो लग्न-अनुकूल हुने गरी रत्न धारण गर्ने वा कालसर्प योग शान्ति यन्त्र घरमा स्थापना गरेर त्यसका सम्मुखमा प्रतिदिन शान्ति पाठ गर्ने वा प्रत्येक पञ्चमीका दिन व्रत गर्ने, यथोचित दानदक्षिणा गर्ने र नागपञ्चमीमा नागलाई दूध चढाउने वा प्रतिवर्ष अक्षय तृतीयामा नरायणबली गर्ने वा राहु र केतुको मन्त्रलाई प्रतिदिन पाठ गर्ने तथा दुबै ग्रहको दानादि गर्ने। राहु र केतुसँग सम्बन्धित दानादि सङ्कलन गरी ब्राह्राणलाई दान गर्ने वा गरिबगुरुवालाई प्रदान गर्ने वा विधिपूर्वक कालसर्प योग शान्ति कर्म सम्पादन गर्ने वा सामूहिक पूजामा सहभागी हुने।
[सम्पादन गर्ने]लग्नबमोजिम कालसर्प योगको फल

मेष र वृश्चिक लग्न
यी दुई लग्नको मालिक मङ्गल ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकले कार्यक्षेत्रमा सन्तुष्टि प्राप्त गर्दैन । उसको व्यवसायिक क्षेत्र चौपट हुन्छ । नोकरी र व्यवसाय आदिमा अनेक किसिमका आरोहअवरोह भैरहन्छन् । उत्तरोत्तर सङ्घर्ष व्यहोर्नु पर्ने भएकाले व्यक्तिको आत्मविश्वास क्षीण हुँदै जान्छ । उसले जीवनभरि गाँसबास जुटाउन नै लागी पर्नु पर्ने हुन्छ । असन्तुष्टि र तनावको स्वतः सृष्टि हुन्छ । समग्रमा व्यक्ति अशान्त र निराश हुने गर्दछ । उसको अनुहारमा हरहमेशा निराशा मात्र देखा पर्दछ । यस्ता व्यक्तिले आफ्ना चारैतिर अन्धकारै अन्धकार मात्र देख्दछन् ।
वृष र तुला लग्न
यी दुई लग्नको मालिक शुक्र ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातक रोजगारीका क्षेत्रमा प्रायशः चिन्तित हुने गर्दछन् । आफूँसँग भएको वृत्ति गुम्ने हो कि भन्ने चिन्ता उसको मुख्य विषय हुने गर्दछ । यस भयका कारण उसको जीवनडुङ्गा हल्लिएको अनुभूति गर्दछ । यस्ता जातकलाई म आफैं सक्षम छु र मेरा लक्ष्यमा पुग्न म समर्थ छु भन्ने कुरामा पटक्कै आत्मविश्वास हुँदैन । लक्ष्यको नजिकै पुगेर पनि उसले कतिपय पटक कार्यक्षेत्र फेर्न सक्छ । यसै कारणले अशान्त र तनावग्रस्त भई ऊ पुनः नयाँ काम थाल्ने निधो गर्न पुग्छ । परिणामतः ऊ आत्मघाती हुन बेर लगाउँदैन ।
मिथुन र कन्या लग्न
यी दुई लग्नको मालिक बुध ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकले आफ्नो कार्यक्षेत्रमा उच्च सफलता हासिल गर्ने सपना भने अवश्य देख्दछ तर उसले सफलता कहिल्यै पनि प्राप्त गर्न सक्दैन । अझ यस्ता व्यक्तिले स्टिल, फर्निचर वा मेसेनरी उद्योगधन्दा गरेको छ भने त तनावग्रस्त जिन्दगी त गुजार्नु पर्छ नै उसलाई गाँसबासको खर्च जुटाउन पनि धौधौ हुन्छ । त्यस्तै ऊ खरिदबिक्री, कमिसन वा दलालीको क्षेत्रमा संलग्न छ भने पटकपटक मिहिनेत गरेर कमाएको रकम घाटा परेर एकै पटकमा गुमाउनु पर्ने हुन्छ । यस योगमा जन्म लिने जातकहरू कागत, कपडा, अन्नपात, किराना, गृहोपयोगी सामाग्री, होटल व्यवसाय आदिका व्यापारिक क्षेत्रमा प्रायशः सफल भएका देखिन्छन् । आँफूभन्दा ज्येष्ठ र वरिष्ठहरूसँग टक्करको स्थिति भैरहन्छ, उनीहरूसँग रिसराग बढ्ने र झगडा हुने परिस्थिति पनि उत्पन्न हुन्छ । फलतः ज्येष्ठ र वरिष्ठहरूको श्राप र चित्त दुःखाइले समेत उसले अनेक किसिमका क्षति र कष्ट व्यहोर्नु पर्छ ।
कर्कट लग्न
यस लग्नको मालिक चन्द्रमा ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकको स्थिरतामा कमी देखिन्छ । उसले न कुनै नोकरी गरेर नै आफ्नो जीविका चलाउन सक्दछ, न कुनै व्यवसायमा आबद्ध भएर । ऊ एकै पटक धेरै वटा काममा हात हाल्न पुग्छ तर त्यसलाई परिणाममुखी तुल्याउन सक्दैन । अन्ततः ऊ सबै क्षेत्रमा असफल हुन्छ । यस योगमा जन्मने जातकहरू चिकित्सक, वकिल, ज्योतिषी, शिक्षक तथा कलाकार जस्ता स्वतन्त्र कार्यक्षेत्रमा विशेषज्ञ भएर सफल हुने गर्दछन् । यिनीहरू शारीरिक रूपले अस्वस्थ र परिवारसँग असन्तुष्ट हुने गर्दछन् । चतुर्याइँ, चलाकी र चङ्खपनले अवसरमुखी भई यिनीहरूले आफ्नो आवरण फेर्ने गर्दछन् । यस्ता जातकले चौतर्फी उन्नति त गर्दछन् तर त्यसलाई स्थिर तुल्याउन दानपुण्य गर्नु अनिवार्य छ ।
सिंह लग्न
यस लग्नको मालिक सूर्य ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकले आफ्नो आजीविका र परिवारको भरणपोषणमा सदैव चिन्तित हुनुपर्दछ । उसको व्यवसायमा पटक पटक तीव्र उन्नति त हुन्छ तर एकै पटकको मन्दीले उसको सम्पूर्ण आम्दानी चकनाचुर हुन पुग्छ । उसको पुँजीगत सम्पत्ति सुस्त गतिमा वृद्धि भएको त देखिन्छ तर एउटै झट्कामा सर्वस्व नाश हुन्छ । यस लग्नमा जन्म लिने जातक अर्काको अधीनमा रहन चाहँदैन, तर परिस्थितिवश विवश भएर उसले पराधीनता स्वीकार गर्नु पर्छ । परिवारजनलाई एउटै सूत्रमा बाँधेर राख्नु यिनीहरूको विशेषता हो ।
धनु र मीन लग्न
यी दुई लग्नको मालिक बृहस्पति ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकले पराधीनमा रहेर गर्नुपर्ने काम नोकरी आदिमा सफलता प्राप्त गर्न सक्दैन । विपरीत लिङ्गीको सहयोगले स्वतन्त्र कार्यक्षेत्रमा भने ऊ सफल हुन्छ । उसको जीवन–साथीसितको सम्बन्ध त्यति राम्रो हुँदैन । उसले दलाली, कमिसन एजेन्सी, कन्सलटेन्सी एवं राजनीति आदि क्षेत्रमा मान र यश प्राप्त गर्दछ । कालसर्प समेतको यस लग्नमा जन्म लिने जातकले समाजमा प्रसिद्धि प्राप्त त गर्दछ तर उसको अन्तर्मुखी स्वभावका कारण धनको अभावको अनुभूति भने भइरहन्छ । कमाएको धन पनि उपयोग गर्न पाउँदैन । पारिवारिक जीवन असाध्यै सङ्घर्षमय हुन्छ । छातीमाथि गह्रुङ्गो भारी बोकेर हाँसेर हिंड्नु पर्ने अवस्थामा गुज्रान गर्नुपर्छ । ऊ परोपकार गर्न तल्लीन हुन्छ तर यसो गर्दा पनि अपयश र कष्ट व्यहोर्नु पर्छ ।
मकर र कुम्भ लग्न
यी दुई लग्नको मालिक शनिश्चर ग्रह हो । यस लग्नमा जन्म भई कालसर्प योगको सिर्जना भएको छ भने जातकले परदेशमा गुज्रान गर्नुपर्छ । उसले आफ्नो थातथलो छाडेर अन्यत्र बसाइ सर्दा मात्र सफलता आर्जन गर्न सक्दछ । ऊ स्त्रीपुत्रादिबाट सन्तुष्ट र तृप्त हुँदैन । उसले पैतृक सम्पत्तिलाई समेत सदुपयोग गर्न सक्दैन । हुन त यस योगमा जन्मिने जातकले आफूलाई आवश्यक धन आफैं आर्जन गर्दछन् तर त्यस धनबाट न त ऊ आँफू सन्तुष्ट हुन्छ, न स्त्रीपुत्रादि परिवारजन नै । खनिज पदार्थ, पेट्रोलियम, एसिड, कोइला, औषधी, रासायनिक पदार्थ आदिको कारोबारमा व्यापार गरी वा त्यस क्षेत्रमा नोकरी गरी यस योगमा उत्पन्न हुने व्यक्तिले राम्रो सफलता हासिल गर्न सक्छन् । तर यदाकदा देखिने आर्थिक सङ्कटले कमाएको सारा सम्पत्ति एकै चोटि स्वाहा हुने गर्दछ । सेयरको कारोबार, सट्टापट्टा, चिठ्ठा आदिबाट पनि उसलाई लाभ हुन्छ ।[५]
[सम्पादन गर्ने]समग्र उपाय

यदि हजुरले सपनामा सर्प देख्नुहुन्छ वा प्रत्येक समय तनाव र असमंजसपूर्ण अवस्थामा रहनुहुन्छ भने हुनसक्छ तपाईँको कुंडलीमा समेत कालसर्पको प्रभाव छ । ज्योतिषशास्त्र-अनुसार जुन व्यक्तिको कुंडलीमा कालसर्प योग हुने गर्दछ, त्यसले जीवनभरि कतिपय कष्ट र कठिनाइ ब्यहोर्नु पर्दछ । उसले कतिचोटि त यतिसम्म तनाव अनुभव गर्दछ कि उसको मस्तिष्कमा आत्महत्यासम्मका विचार उद्भव हुन थाल्छ । यस योगको शांति गर्न सकिन्छ । साह्रै थोरै व्यक्तिहरू यस योगबाट जोगिएका हुन्छन् । यो योग अधिकतम व्यक्तिको कुंडलीमा कुनै न कुनै रूपमा अवस्थित हुन्छ ।
जन्मकुण्डलीको निर्माण नभएका तर सर्पको बाधा भइरहने वा सपनामा किराफट्याङ्ग्रा तथा सर्पादि सरिसृप जीव देख्ने व्यक्तिले वा दाम्पत्य जीवनमा कलह, बिछोड र असन्तुष्टि हुने दम्पतिले नागपञ्चमीका दिन यसको समग्र निवारण यसरी गर्न सक्दछन् :-
१ - त्रिपिण्डी श्राद्ध : पितृहरु असन्तुष्ट हुँदा यो योग हुने गर्छ, अतः नजिकको तीर्थस्थल (विष्णुपादुका, गोकर्ण, गया)मा गई विधिविधान पूर्वक त्रिपिण्डी श्राद्ध गर्ने, तर मातापिता हुनेले यो कर्म घरका श्राद्धाधिकारप्राप्त सदस्यहरूबाट मात्र सम्पन्न गर्नसक्नु हुनेछ ।
२ - मृत्युञ्जय जाप : कम्तीमा २१००० पटक महामृत्युञ्जय मन्त्रको जाप आफैं गर्ने वा ब्राह्मणद्वारा गराउने ।
३ - नागपूजा : नागपञ्चमीको दिन विधिवत् नागको पूजा गरी धातुनिर्मित नागको प्रतिमा बनाई ब्राह्मणलाई दान गरी, शिवालयमा चढाएर वा नदीमा प्रवाहित गरे कालसर्प योग निवारण यन्त्र धारण गरेपछि मात्र यो योग शान्त हुन्छ ।
४ - यदि कुंडलीमा कालसर्प दोष छ भने पीपलको बोटको एक वर्षभित्र २८००० पटक परिक्रमा गर्नुपर्दछ ।
५ - शिवलिंगमा कुनै धातुको नाग बनाई विधिपूर्वक पूजनप्रतिष्ठा गरी ब्रह्ममुहूर्तमा चढ़ाउनुपर्छ । चांदीका नाग-नागिनी बनाएर नदीमा बगाउनुपर्छ ।
६ - शिव उपासना लघु रुद्रको अनुष्ठान गर्नुपर्छ ।
७ - बुधवार वा शनिवारका दिन भिखारीलाई कंबल, कालोदाल, मूंग आदि दान गर्नुपर्छ ।
८ - एउटा तरबूजालाई प्रत्येक शनिबार पानीको स्रोतछेउमा बेस्सरी पछार्नु पर्दछ ।
९ - शनिवारका दिन कुकुरलाई खाद्यसामाग्री अर्पण गर्नुपर्दछ ।
१० - नवनाग स्तोत्रको विधिविधानपूर्वक पाठ गर्नुपर्दछ ।
[सम्पादन गर्ने]उपसंहार

कालसर्पयोगको घेराभित्र रहेका शुभाशुभ ग्रहहरूका फलमा छाया पारिदिने हुनाले कालसर्प योग भएको व्यक्तिले प्रशस्त मौका, अवसर र क्षमता हुँदाहुँदै पनि उल्लेख गर्न योग्य कुनै सफलता प्राप्त गर्न सक्दैन । अस्तव्यस्त जिन्दगी, निरुत्तरदायी व्यवहार, दाम्पत्य जीवनमा किचलो, सन्ततिसुखको अभाव, दिमाग र क्षमता हुँदाहुँदै अध्ययन-अध्यापनको क्षेत्रमा कमजोरी आदि यस योगका सामान्य लक्षण हुन् ।तर सबै कालसर्प योग खराब हुँदैनन्, २५ प्रतिशत कालसर्प योग असाध्यै राम्रा मानिन्छन्, त्यसैले विज्ञ ज्यौतिषीको सल्लाह प्राप्त गरी यसको विधिवत् शान्ति गर्नु पर्दछ । स्मरण रहोस् शुभ योगको समेत समुचित उपचारबाटमात्र शुभ्यफाप्य हुन्छ नि ![६]