समस्त ज्योतिष शास्त्रमा रहेका ग्रह हरुले हाम्रो शरीरमा कुन कुन कुरा को प्रतिनिधित्व गर्दछन् त आउनुहोस् एक छिन् चर्चा परिचर्चा गरौं
ग्रह परिचय🙂
सूर्य : हाम्रो वैदिक ज्योतिष शास्त्रअनुसार सूर्य हाम्रो शरीर अवयवहरु मध्येको आत्मालाई प्रतिनिधित्व गर्ने ग्रह हो र यसको बालबाल विचार गरेर नै हाम्रो आत्मा शक्तिको पहिचान गर्न सकिन्छ। अर्थात् सूर्य कमजोर अवस्थामा रहेको भएँ आत्मबल कमजोर हुने तथा बलवान् अवस्थामा भएँ आत्मबलमा बढोत्तरी हुने गर्दछ ।
चन्द्रमा : चन्द्रमा हाम्रो पृथ्वीको उपग्रह हो र यसले पृथ्वीलाई परिक्रमा गर्ने हुँदा ग्रहबाट पर्ने प्रभावहरु यसमाथि परिरहेको हुन्छ, ज्योतिष शास्त्र अनुसार चन्द्रमाले हाम्रो शरीरमा मन /चित्त स्थानलाई आफ्नो अधिकार क्षेत्र बनाएर राखेको छ यानिकी मन् विषयक कुनै पनि विषयमा खोज अनुसन्धान गर्नुपर्दा चन्द्रमाको अवस्थिति हेर्नुपर्ने हुन्छ । जसरी औंसी पूर्णिमामा समुन्द्रमा चन्द्रमा को प्रभावले ज्वार भाटा हरु उत्पन्न हुन्छन् , त्यस्तै चन्द्रमाको बढ्दो र घट्दो कलाले पनि मानव शरीरमा मनलाई नियन्त्रण गरिरहेको हुन्छ ।
मङ्गल : मङ्गल ग्रह हाम्रो ज्योतिष शास्त्र अनुसार अत्यन्तै क्रोधी ग्रह मानिन्छ त्यस्तै यसको मानव शरीरमा अधिकार क्षेत्र भनेको बाहुबल अर्थात् बल क्षेत्र हो, शारीरिक कमजोरी तथा तन्दुरुस्तीको पनि कारक मानिने मङ्गलले राज अधिकारको विषयमा सेनापति पद ग्रहण गर्दछ।
बुध: ज्योतिष शास्त्र अनुसार बुधलाई वाणीको मालिक मान्ने गरिएको छ, बोलीवचन तथा ज्ञानको क्षेत्रमा बुध ग्रहको अधिकार रहन्छ भने राजकाज अधिकारमा बुध राजकुमार हो ।
बृहस्पति: ग्रहहरु मध्येको सबै भन्दा सौम्य ग्रह मानिने बृहस्पति देवता हरुको पनि गुरु हुन्, व्यक्ति शरीरमा ज्ञान र सुखलाई दर्साउने बृहस्पति राज अधिकारमा मन्त्री अर्थात् सचिव हुन् र बृहस्पतिलाई सबैभन्दा सुभ ग्रह पनि मानिन्छ ।
शुक्र : समग्र दाम्पत्य जीवनको कारक, दाम्पत्य सुखको दाताको रूपमा र भौतिक सुख सुविधाहरुको प्रदाता शुक्र ग्रह ज्योतिष शास्त्र अनुसार मद अर्थात् रति राग( सेक्सलाइफ) सम्बन्धी विषयलाई विशेष गरि अनुसन्धान गर्दछ , शौखिन बस्तु, विलासिताका साधन तथा स्त्री प्रसंगमा विशेष रुचि राख्ने शुक्र दानवहरुको पनि गुरु हुन् सुक्रको अवस्थिति मन्त्री/सचिव पदमा हुने गरेको छ।
शनि : पृथ्बी ग्रहबाट अत्यन्तै टाढा रहेको ग्रह सनि सूर्यको पुत्र मानिन्छ भने टाढा भएकै कारणले सबैभन्दा ढिलो परिक्रमा गर्ने ग्रहको रूपमा मानिन्छ , ज्योतिष शास्त्र अनुसार सनि दुःख को कारक हो , गरीब, दुखी अपाङ्ग माग्ने रुग्णजस्ता कमजोर अवस्था भएका हरुको प्रतिनिधित्व सनि ग्रहले गर्दछ भने व्यक्तिगत जीवनमा काम गर्ने भरिया अर्थात् नोकरको रूपमा राजकाजमा रहने गरेको छ ।
त्यस्तै राहु र केतुलाई भ्रम, संका, दुर्घटना, छाया को रूपमा मानिने गरेको छ। अदृष्ट तत्व जस्तै भूत प्रेत वायु तथा कुल पितृ हरु पनि राहु केतु मार्फत नै अध्ययन गरिन्छ।
लेखक: आचार्य ज्योतिष नवीन कँडेल
स्रोत: लघुजातक
सम्पर्क:९८४५३६१८२८
Nabinbhai33@gmail.com

No comments:
Post a Comment
धन्यवाद