💥💥💥 माङ्गलिक योग : परिचय
#नोट :(बिहे पूर्व एकपटक अनिवार्य विचार गर्ने गरौं )
✍✍✍ॐ ज्योतिष तथा वास्तु परामर्श केन्द्र, नेपाल
लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे ।पत्नी हन्ति स्वभर्तारं भर्ता पत्नीं विनाशयेत्॥
यस श्लोकको भावार्थ हो – जुनसुकै व्यक्तिको जन्मकुण्डलीमा जम्मा बाह्रवटा कोठा हुन्छन् । त्यसमध्ये पहिलो कोठालाई लग्न भन्ने गरिन्छ । लग्नबाट गन्दै क्रमशः दोस्रो, तेस्रो गर्दै बाह्रौं भावसम्मको गणना गरिन्छ । तिनै बाह्रवटा भावमध्ये पहिलो, चौथो, सातौं, आठौं र बाह्रौं भाव गरी ५ वटा घरमा मङ्गल ग्रहको उपस्थिति भएको अवस्था नै माङ्गलिक योग हो । माङ्गलिक योगका कारण पति र पत्नीको सम्बन्ध नाश हुन्छ । कोशीय आधारमा माङ्गलिक योग शब्दको अर्थ नराम्रो छैन, तर हामीकहाँ यो शब्द सुन्नासाथ विशेषतः विवाहयोग्य सन्ततिका अभिभावक र गृहिणीहरू झस्कने गर्दछन् । तर वास्तवमा माङ्गलिक योग भन्नासाथ आत्तिनु र झस्किनु आवश्यक छैन, अनि यो अशुभ कारक योग पनि होइन । बुझ्नुपर्ने कुरा के हो भने माङ्गलिक योग भएको मान्छे निडर, प्रष्टवक्ता, साहसी, स्वाभिमानी, सेवाभावयुक्त र स्वावलम्बी हुन्छ, यसको अर्थ ऊ हाईएटिच्युडको हाईभोल्टेज पर्सनलिटि हो । यस्तो स्वभाव भएको व्यक्तिलाई गैरमाङ्गलिक अर्थात् कातर, चिप्ला कुरा गर्ने, डरछेरुवा, चाकरीबाज व्यक्तिले थेग्न र व्यवहार गर्न सक्दैनन् ।
सैन्य पेसामा संलग्न हुन चाहने व्यक्तिको कुण्डलीमा कुनै न कुनै तरिकाले मङ्गल ग्रह प्रभावशाली रहनु अनिवार्य मानिन्छ र त्यस क्षेत्रका व्यक्तिमा माङ्गलिक योगका लक्षण भेटिने सम्भावना पनि हुन्छ । तपाईंले विचार गर्नुभएको हुनसक्छ, सेना र प्रहरिको छाउनी वा क्याम्प गाउँ र समाजभन्दा पर एकान्त स्थानमा सुरक्षित तवरले राखिएको हुन्छ । यसको मुख्य कारण उक्त क्याम्पभित्रको सुरक्षा व्यवस्था र सामरिक महत्त्व नै हो, तर मङ्गल ग्रह हाबी हुने भएकाले सैन्य सेवा संलग्न व्यक्तिको कडापन र मिजास पनि अर्को महत्त्वपूर्ण कारण हो भन्दा अत्युक्ति हुँदैन । त्यसैले सरकारको एउटै कोशबाट सेवा र सुविधा खर्च हुने भए पनि प्रशासनिक र लेखा सेवाका कर्मचारी तथा सेना र प्रहरि सेवाका कर्मचारीको व्यवस्थापन र सेवासुविधामा पनि फरक बनाउनु परेको हो । वास्तवमा जुन अनुशासन र कसीको दायरामा सेना र प्रहरि बसेका हुन्छन्, खुसमिजासका अन्य कर्मचारीले त्यसलाई बुझ्न र पालना गर्न सक्दैनन् । यसरी सैन्यसेवा र अन्य प्रशासनिक सेवाका कर्मचारीको तुलना गरेर पनि माङ्गलिक र अमाङ्गलिकको स्वभावको पहिचान गर्न सकिन्छ । माङ्गलिक योगका व्यक्ति तर्क, योजना, अनुशासन र कर्तव्यलाई अहमताका साथमा पालना गर्दछन् । सांसारिक र भावनात्मक विषयमा दुई र दुई जोड्दा पाँच वा सात जति पनि हुन सक्छ तर यिनीहरू जुनसुकै परिस्थितिमा पनि दुई र दुई जोड्दा चार भएकै देख्न चाहन्छन् । अर्थात् माङ्गलिक योग भएका व्यक्ति भावना वहने र व्यवहारपरक बन्न प्रयास गर्दैनन् । त्यसैले यिनका जीवनमा आउने जीवनसाथीमा पनि त्यस्तै गुण हुनु जरुरी हुन्छ । यस्तो नभएमा जतिवेला पनि सम्बन्ध टुट्ने खतरा मँडारिरहेको अवस्था सिर्जना हुन्छ । त्यसैले माङ्गलिकको सम्बन्ध माङ्गलिकसँगै हुनु पर्दछ, अनिमात्र विवाहलगायत साझेदारीका हरेक क्षेत्रमा उत्तम जोडीको भूमिका निर्वाह हुनसक्छ र तिनको जीवनमा पनि परममङ्गलको उदय हुन्छ भन्न खोजिएको हो ।
मङ्गल ग्रह दाजुभाइ, मित्रता, साझेदारी, उत्साह, ऊर्जा आदिको कारक ग्रह भएकाले विवाहमात्र होइन, कुनै पनि दुई व्यक्तिका बीचमा साझेदारी र व्यापारका सिलसिलामा पनि माङ्गलिक योगको प्रभाव हुन्छ । स्वभावले माङ्गलिक योग भएका जातक निडर, प्रष्टवक्ता, साहसी, स्वाभिमानी र स्वावलम्बी हुन्छन् । त्यसैले उनीहरूको सम्बन्ध पनि त्यस्तै स्वभाव भएका व्यक्तिहरूसित हुने गर्दछ । अतः माङ्गलिक योगको विवेचना आपसी सम्बन्ध निर्धारणका लागि हुने गर्दछ । विवाहले जीवनको दीर्घकालसम्म प्रभाव पार्ने भएकाले केवल विवाहका प्रसङ्गमा मात्र यस योगको विवेचना गर्ने गरिन्छ, तर आपसी सम्बन्ध कायम गरी गरिने हरेक क्रियाकलापमा यस योगको महत्त्वपूर्ण उपयोग हुनसक्छ । वास्तवमा माङ्गलिक र गैरमाङ्गलिक जातकहरूका माझमा विवाह, व्यापार वा कुनै पनि प्रकारका साझेदारी कार्य सफल हुँदैनन्, अर्थात् माङ्गलिक व्यक्तिका लागि माङ्गलिक व्यक्ति नै उपयुक्त हुन्छ चाहे त्यो विवाह होस्, व्यापार होस् वा कुनै साझेदारीको क्षेत्र होस् ।
दाम्पत्य जीवन भनेको एउटा पुरुष र एउटी स्त्रीका बीचमा कायम हुने दीर्घकालिक साझेदारी र समझदारी हो । यौनसुख यस सम्बन्धको मुख्य कडी हो, यद्यपि केवल यौनसुखमात्र दाम्पत्यको समग्र विषय होइन, यससँग कुल, परिवार, समाज, प्रतिष्ठा, वंश र आपसी सम्बन्धजस्ता जटिल विषय जोडिएका हुन्छन् । सनातन संस्कृतिमा एउटी नारीको नाम, थर र गोत्रसमेत पुरुषसँग जोडिएको हुन्छ, त्यसैले विवाहपछि जुठोसूतक समेत पतिगृहमा आश्रित भइदिन्छ, उता पुरुषको जीवनमा पनि कुलबधु र घरकी नियन्ताका रूपमा उसकी पत्नीको अहम् भूमिका रहने गर्दछ । अतः दाम्पत्यसम्बन्धमा माङ्गलिक योगको शुभ वा अशुभ प्रभावले महत्त्व राख्नु स्वाभाविक नै हो ।
💥💥💥योग भङ्ग हुने अवस्था :
माङ्लिक दोष भङ्ग हुने परिस्थिति
व्यक्तिको जन्म र राशि कुण्डलीको प्रथम, चतुर्थ, सप्तम, अष्टम र द्वादश भावमा मङ्गल ग्रह बसेको खण्डमा माङ्गलिक योग सिर्जना हुने गर्दछ । तर कुण्डलीमा भएका केही विशेष परिस्थितिले उक्त योग आफैं भङ्ग हुने गर्दछ । तिनको विवरण यसप्रकार छ :-
जामित्रे(७) च यदा सौरिः लग्ने(१) वा हिबुके(४)ऽथवा ।
नवमे(९) द्वादशे(१२) चैव भौम दोषो न विद्यते ॥
(कुनै कुण्डलीमा माङ्गलिक योग छ, तर कुण्डलीको १, ४, ७, ९ वा १२ औं भावमा शनिश्चर ग्रह बसेको अवस्था छ भने माङ्गलिक योगको दोष लाग्दैन ।)
मेषे वा वृश्चिके वापि मकरो वा धरासुतः ।
निशानाथसदनेऽपि भौमदोषो न जायते ॥
(मङ्गल ग्रहको मेष र बृश्चिक राशिलाई आफ्नो घर मान्ने चलन छ । त्यस्तै मकर राशिमा मङ्गल उच्च मानिन्छ भने कर्कट राशिमा नीच हुन्छ । त्यसैले कसैको कुण्डलीमा मेष, कर्कट, बृश्चिक र मकर राशिमा मङ्गल ग्रह बसेको अवस्था छ भने माङ्गलिक योग भए पनि यो कमजोर बन्न पुग्छ र यसको दोष व्यहोर्नु पर्दैन ।)
धनस्थिते दैत्यपचन्द्रयोगे वा पूर्णदृष्टिर्गुरुणापि भौमे ।
केन्द्री शशिः सैंहिकभौमयोगे माङ्गल्यदोषो न भवेत्कदाचित् ॥
(ग्रहसभामा चन्द्रमा र शुक्र ग्रहको सम्बन्ध भावुकता, सहृदयता र मनसँग गाँसिएको हुन्छ । यदि कसैको कुण्डलीमा चन्द्रमा र शुक्र एउटै भावमा बसेको अवस्था छ भने मङ्गल ग्रहले प्रदान गर्ने कठोरताजस्ता विषयमा स्वतः कमी आउने गर्दछ । अझ कुण्डलीको दोस्रो भावमा यी दुई ग्रह चन्द्रमा र शुक्रको युति भएको छ भने माङ्गलिक योगको दोष भङ्ग हुन्छ । देवगुरु बृहस्पतिले आफू बसेको घर र त्यसबाट पाँचौं, सातौं वा नवौं भावमा पूर्ण दृष्टिले देख्ने गर्दछ । कुण्डलीमा बृहस्पतिको पूर्ण दृष्टि जुन ग्रहमा पर्दछ, उक्त ग्रहले सम्पूर्ण अशुभ प्रभावको त्याग गरी शुभफल मात्र प्रदान गर्ने गर्दछ । अतः बृहस्पतिद्वारा दृष्ट मङ्गल ग्रहले प्रदान गर्ने अशुभ प्रभाव पनि नष्ट हुने गर्दछ । त्यसैले कसैको कुण्डलीमा मङ्गल ग्रहलाई बृहस्पतिले पूर्णदृष्टि प्रदान गरेको स्थितिमा पनि माङ्गलिक दोष लाग्दैन । राहु ग्रहको भौतिक पिण्ड छैन, यो छाया ग्रह हो । यसको र मङ्गल ग्रहको बसाइ एउटै राशिमा छ भने र कुण्डलीका केन्द्रमा रहेका चारवटा (१, ४, ७, १०) कोठामध्ये कुनै कोठामा चन्द्रमाको उपस्थिति छ भने पनि माङ्गलिक दोष लाग्दैन ।)
कुजो जीव समायुक्तो युक्तो वा कुजचन्द्रमा ।
चन्द्रे केन्द्रगते वाऽपि न दोषो मङ्गली भवेत् ॥
(मङ्गल र बृहस्पति वा मङ्गल र चन्द्रमाको युतिसम्बन्ध छ भने माङ्गलिक दोष भङ्ग हुन्छ । त्यस्तै चन्द्रकुण्डलीको केन्द्रमा मङ्गल ग्रह रहेछ भने पनि माङ्गलिक योगको दोष लाग्दैन ।)
अजे लग्ने व्यये चापि पाताले वृश्चिके स्थिते ।
वृषे जाये घटेरन्ध्रे भौमदोषो न विद्यते ॥
(मेष राशिमा बसेको मङ्गल यदि कुण्डलीको लग्न वा व्ययस्थानमा छ भने, बृश्चिक राशिमा बसेको मङ्गल चतुर्थ भावमा बसेको छ भने, बृष राशिमा बसेको मङ्गल सातौं भावमा बसेको छ र कुम्भ राशिमा बसेको मङ्गल अष्टम भावमा छ भने माङ्गलिक दोष भङ्ग हुन्छ ।)
अर्केन्दुक्षेत्रजातानां कुजदोषो न विद्यते ।
स्वोच्चमित्राभिजातानां तद्दोषो न भवेत् किल ॥
(सूर्य र चन्द्रमा मङ्गल ग्रहका नैसर्गिक मित्र ग्रह मानिन्छन् । बाह्र वटा राशिमध्ये सिंह राशि सूर्यको र कर्कट राशि चन्द्रमाको घर मानिन्छ । त्यसैले कर्कट र सिंह लग्न भएका जातकका लागि माङ्गलिक दोषको प्रभाव पर्दैन । त्यस्तै मङ्गल ग्रहको स्वगृह (मेष र बृश्चिक), उच्चगृह (मकर) र मित्रगृह (कर्कट, सिंह, धनु र मीन) मा जन्मिएका जातकका लागि पनि पनि माङ्गलिकको प्रभाव कमजोर बन्दछ ।)
अष्टमो भौमदोषस्तु धनुमीनद्वयोर्विना ।
व्यये तु कुजदोषः स्यात् कन्या मिथुनयोर्विना ॥
(आठौं भावमा सिर्जना भएको माङ्गलिक छ तर मङ्गल ग्रह धनु वा मीन राशिमा बसेको अवस्था छ भने एवं बाह्रौं भावमा माङ्गलिक योग बनेको छ तर मङ्गल ग्रह कन्या वा मिथुन राशिमा बसेको छ भने पनि माङ्गलिक योगको दोष लाग्दैन ।)
केटा र केटी दुबै जनाको कुण्डलीमा अधिकतम ग्रहहरू समान भावमा बसेका छन् र समान किसिमका योग पनि देखिन्छन्, तर एउटाको कुण्डलीमा माङ्गलिक योग छ अर्कोमा छैन भने विवाह गरिदिए हुन्छ । माङ्गलिक योगको बाधा व्यहोर्नु पर्दैन ।
💥💥💥समाधान:
विवाहको निधो भइसकेपछि विवाह हुनपूर्व माङ्गलिक योग भएको वर वा बधूले मङ्गल ग्रहको १० हजारको सङ्ख्यामा जाप र हवन गराउने अनि विवाहपछि सकेसम्म दुबै दम्पतीले एकसाथ, नत्र जसको कुण्डलीमा माङ्गलिक योग देखिएको छ, उसको जीवनसाथीले आजीवन मङ्गलबारको व्रत लिई गणेशजीको उपासना गर्ने, व्रत लिन असमर्थ व्यक्तिले लग्नअनुकूल भएमा मात्र कम्तीमा ८ क्यारेटको मुगा रत्न धारण गर्ने ।
माङ्गलिक योग भएका व्यक्तिको शमी विवाह, घट विवाह, अर्क विवाह आदि विवाह विवाहोपरान्त वा निधो भएपछि गोप्य रूपमा गरिदिने
प्रत्येक वर्ष दुबै दम्पतीले मङ्गलागौरीको उपासना र व्रत सम्पादन गर्नेपुरुष जातकको माङ्गलिक योग भएमा उसले विवाहोपरान्त निरन्तर बिहिबार व्रत बसेर कात्यायनी भगवती वा बगलामुखी देवीको पूजा गर्ने तथा उसको लग्नअनुकूल रहेछ भने कम्तीमा पाँच क्यारेटको पुष्पराजको औंठी प्राणप्रतिष्ठा गराएर निरन्तर दाहिने हातको चोर औंलामा धारण गर्ने स्त्री जातकले निरन्तर ज्येष्ठ महिनामा पर्ने बटसावित्री व्रत सम्पादन गरेमा पनि पतिको सुस्वास्थ्य र आयु पक्ष बलियो बनाउन सक्दछन् ।
दुबै दम्पतीले निरन्तर सोमबारको व्रत बस्ने र शिवजीलाई पञ्चामृतले स्नान गराउने प्रत्येक वर्षको दुर्गापक्ष (चैते दशैं वा बडा दशैं) मा पतिको कुण्डलीमा माङ्गलिक योग भएको अवस्थामा पत्नीं मनोरमांदेहि मनोवृत्तानुसारिणीम् । तारिणीं दुर्गसंसारसागरस्य कुलोद्भवाम्॥ भन्ने मन्त्रले र पत्नीको कुण्डलीमा माङ्गलिक योग भएको अवस्थामा कात्यायनी महामाये महायोगिन्यधीश्वरी । नन्दगोपसुतं देवी पतिं मे कुरुते नमः॥ भन्ने मन्त्रले दुर्गासप्तशती (चण्डी) को सम्पुट पाठ गर्नाले पनि माङ्गलिक योगको दुष्प्रभावको नाश हुन्छ ।

Add caption |
No comments:
Post a Comment
धन्यवाद