Om ॐ

Om ॐ

Tuesday, February 25, 2020

मूल नक्षत्र जन्म फल

ज्योतिष शास्त्र ( मुल जन्म फल विवेचना?


आचार्य ज्योतिष नवीन भारद्वाज ९८४५३६१८२८/९८५५०६७२५७
ज्योतिष शास्त्र
मूल नक्षत्र जन्म फल विवेचना
Nabin Kandel

INTRODUCTION

मुलादि--जन्म-फलम् 
मूल नक्षत्र मा जन्मिएका को जन्म फल शास्त्र मा यसप्रकार ले वर्णन गरिएको छ ।

 (आध्ये पिता नाशमुपैति मूल 
पादे द्वितीये जननी तृतीये । 
धनं चतुर्थस्य शुभोऽथ शान्त्या 
सर्वत्व सत्स्यादहिभेविलोमम् ॥)

अर्थः- मूलनक्षत्रको पहिलो पाउमा बालक जन्म्यो भने बाबु पिर्ने हुन्छ, दोस्रो पाउमा जन्म्यो भने आमा पिर्ने हुन्छ, तेस्रो पाउमा जन्म्यो भने धन नाश गर्ने हुन्छ, चौंथा पाउमा जन्म्यो भने शुभ हुन्छ । 
त्यस्तै 
अष्लेषा नक्षत्रको चौथो पाउमा जन्म भएको भए बाबु पिर्दछ, तेस्रो पाउमा आमा पिर्दछ, दोस्रो पाउमा जन्म भए धन नाश गर्ने हुन्छ, पहिलो पाउमा जन्म भएको भए शुभ हुन्छ । 
यसमा शान्ति गन ले सबै शुभ हुन्छ दोष लाग्दैन ।

( अभुक्तमूलं घटिका चतुष्टयं ज्येष्ठान्त्यमूलाहिभवं हि नारदः । वसिष्ठ एक द्वि घटीमितं जगौ, वृहस्पतिस्त्वेक घटि प्रमाणकम् ॥)

अर्थात्- नारदको मतमा ज्येष्ठाको अन्त्यको ४ घडी मूलको आदिको
४ घडी जम्मा ८ घडी अभुक्त मूल हुन्छ, 
वसिष्ठजी ज्येष्ठाको अन्त्यको एक घडी मूलको आदिको २ घडीलाई अभुक्त मूल भन्नु हुन्छ, वृहस्पति ज्येष्ठाको एक घडी मूलको पनि एक घडीलाई अभुक्त मूल भन्नु हुन्छ ॥

 (अथोचुरन्ये प्रथमाष्टघटयो

मूलस्य संक्रान्तिमयञ्च नायः ॥
जातं शिशुं तत्र परित्यजेद्वा मुखं पितास्याष्टसमा न पश्येत् ॥)

अर्थ:- अरू आचार्यहरू मूलको आदिको ८ घडी ज्येष्ठाको अन्त्यको ५ घडीलाई अभुक्त मूल भन्दछन् । यस्तो बहुमत हुँदा नारदको मतलाई नै प्रमाणित गरिएको छ । अभुक्त मूलमा जन्म लिएको बालकलाई त्याग गर्नु अथवा ८ वर्षसम्म बाबुलेले मुख नहेर्नु अश्लेसाको अन्त्यको ४ घडी र मघाको आदिक्रो ४ घडीको फल पनि यस्तै बताउनु पर्छ ।


💥मूल नक्षत्र आषाढ, भाद्र, आश्विन, माघ यी महीनाहरूमा स्वर्ग लोकमा हुन्छ, फल #राज्य प्राप्ति हुन्छ ।

💥श्रावण, कार्तिक, चैत्र, पौष यी महीनाहरूमा (मर्त्य लोके) भूमिमा हुन्छ फल #सुन्य अर्थात् हानी हुन्छ।

 💥फाल्गुन, मार्गशीर्ष, वैशाख, ज्येष्ठ, यी महीनाहरूम पाताल लोकमा हुन्छ, फल # धनागम हुने हुन्छ ।

जुन लोकमा मूल हुन्छ त्यही लोकको फल जान्नु ॥। 

     🔥दोस परिहार:🔥

   न कन्या हन्ति मूलः पितरं मातरं तथा । मूलजा भ्वशुरं हन्ति व्यालजा च तदङ्गनाम॥ 

अर्थ-मूल नक्षत्रमा कन्याको जन्म भएमा आमा बाबुलाई पिर्दैन बरु ससुरा र सासुलाई नाश गर्दछ॥

🔥दोस परिहार:🔥

अर्थ-मूल नक्षत्रमा कन्याको जन्म भएमा आमा बाबुलाई पिर्दैन बरु ससुरा र सासुलाई नाश गर्दछ॥

Thursday, February 20, 2020

शिवरात्रि, शिव भगवान् र महत्व

भगवान शिवजी सर्वप्रथम प्रकट हुनुभएको समय नै शिवरात्रि हो। फाल्गुण कृष्णपक्ष, चतुर्दशी तिथि को रात्रिकालमा यस लोकको दृष्टिगोचरमा अनादि भगवान शिवजी ज्योतिर्लिंग स्वरूपमा उत्पत्ति हुनुभएको धार्मिक विश्वास छ। हिन्दू हरुको आराध्य देव भगवान शिवलाई चाँडै प्रसन्न तुल्याउन सकिने हुँदा 'आशुतोष' भाई पूजा आराधना गरिन्छ। भगवान् स्वयं प्रकट हुनुभएकाले उक्त पवित्र रात्रिलाई महाशिवरात्रि भनिएको हो।

भगवान शिव अनादि, अनन्त, सर्वव्यापक र सनातन हुनुहुन्छ। सम्पूर्ण चराचर जगतको सृष्टि, पालन र संहारका निमित्त ब्रह्मा-विष्णु-महेश त्रिविध स्वरूपधारी भगवान शिव नै हुनुहुन्छ। सर्वप्रथम ज्योतिर्लिंग स्वरूपमा यस लोकको दृष्टिगोचरमा प्रकट हुनुभएको रात्रि भएकाले शिवरात्रि मानवमात्रका लागि अत्यन्त पवित्र मानिन्छ। सत्य युगमा समुद्र मंथन का क्रममा निस्किएको हलाहल विषको भीषण ज्वालाबाट समस्त प्राणी जल्न लागे। यो देख्नासाथ साथ भगवान शिवले उक्त विष पान गरी कण्ठ मे धारण गर्नुभयो। विष का पहले भगवान को कण्ठ नीलो हुन पुग्यो र भगवान नीलकण्ठ नामले प्रसिद्ध हुनुभयो। कामशास्त्र (श्रुति) का उपदेशक तथा प्रतिपाद्य भगवान् विष्णु हुनुहुन्छ भने आगम शास्त्र अर्थात तंत्र उपदेष्टा र आराध्य भगवान शिव। यज्ञ र तपका पर्याय क्रमश: भगवान विष्णु र शिव हुनुहुन्छ। यज्ञरूप भगवान विष्णु परम शैव र तपस्वरूप भगवान् शिव परम वैष्णव हुनुहुन्छ। भगवान विष्णु तपस्वीहरूका सेवक, रक्षक हुनुहुन्छ भने भगवान शिव यज्ञ का उच्छिष्ट भोजन।
मन्यु, मनु, महिनस, महान्, शिव, ऋतध्वज, उग्ररेता, भव, काल, वामदेव र धृत व्रत भगवान का एकादश रुद्र रूप हुन्। सद्योजात, वामदेव, अघोर, तत्पुरुष र ईशान भगवान शिव का पाँचवटा मुख हुन्।

सम्पूर्ण विद्या तथा कलाका आदि आचार्य भगवान् शंकर हुनुहुन्छ। माहेश्वरसूत्रबाट व्याकरणको उत्पत्ति भएको हो। संगीत भगवानकै डमरु नादबाट उत्पत्ति भएको हो भने नृत्य का विधायक उनै नटेश्वर भगवान् हुनुहुन्छ। आयुर्वेद, धनुर्वेद आदि समस्त ज्ञान भगवान् शिवबाटै देवता र लोकले प्राप्त गरेको विश्वास गरिन्छ।

पुराणहरू मा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्त्व वर्णन गरिएको छ। यी मध्ये पनि फागुन कृष्ण चतुर्दशी मनाने शिवरात्रि का विशेष महत्त्व छ। सम्पूर्ण दीनदुःखी र संकटले घेरिएका प्राणी हृदयमा वास गरी कल्याण गराउने आशुतोष भगवान शिव को अति प्यारो दिन है शिवरात्रि हो। व्रतहरूमध्ये सर्वोत्कृष्ट मानिएको महाशिवरात्रिका दिन भक्तहरूले शुद्ध भाई शिव मन्दिरमा सभक्ति पूजा-आराधना गरी व्रत बस्ने र भगवान शिव का प्रिय वस्तुहरू दूध, धतुरो, बेलपत्र आदि चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी "ऊँ नमः शिवाय" मंत्र जप गर्दा पनि कामना सिद्धि हुनुका साथै आजीवन सुखैश्वर्य र मृत्यु पश्चात श्लोक प्राप्त हुने विश्वास गरिन्छ। शिवरात्रि निर्जल तथा निराहार व्रत, रात्रि जागरण, चारै प्रहर पूजा, शिवलिंग का अभिषेक र शिव महिमा गायन शिवपूजनका मुख्य कर्म मानिन्छन् ।

शिवरात्रिमा रातका चारै प्रहरमा भगवान् शिवको पूजा गर्ने विधान छ । पत्येक प्रहरमा षोडषोपचारले पूजा गरी विशेष अर्घ्य दिनुपर्छ। प्रथम प्रहरको पूजापछि शिवलिंगलाई दूधले विशेष स्नान गराएर बेलका पात वा फलसमेत राखी यो मन्त्रले अर्घ्य दिनुपर्छ

ॐ नमो यज्ञ जगन्नाथ नमस्त्रिभुवनेश्वर । पूजां गृहाण मद्दत्तां महेश प्रथमे पदे ।।

द्वितीय प्रहरको पूजापछि शिवजीलाई दहीले विशेष स्नान गराएर बिमिरो वा कागतीसमेत राखी यो मन्त्रले अर्घ्य दिनुपर्छ

ॐ नमोऽव्यक्ताय सूक्ष्माय नमस्ते त्रिपुरान्तक । पूजां गृहाण देवेश यथाशक्त्युपपादितम् ।। तृतीय प्रहरको पूजापछि शिवजीलाई घिउले विशेष स्नान गराएर केरासमेत राखी यो मन्त्रले अर्घ्य दिनुपर्छ ॐ बद्धोऽहं विविधैः पाशैः संसारभवबन्धनैः । पतितं मोहजालं मां त्वं समुद्धर शंकर ।। चतुर्थ प्रहरको पूजापछि शिवजीलाई महले विशेष स्नान गराएर यो मन्त्रले अर्घ्य दिनुपर्छ ॐ नमः शिवाय शान्ताय सर्वपापहराय च । शिवरात्रौ मया दत्तं गृहाणाध्यं नमोऽस्तु ते ।।
त्यसपछि बिहानको समयमा स्नानादि नित्यकर्म गरेर विधिवत् षोडषोपचारले पूजा गरी यस मन्त्रले विशेष अर्घ्य दिनुपर्दछ ॐ दुःखदारिद्र्यभावैश्च दग्धोऽहं पार्वतीपते । मां वै त्राहि महादेव किं न जानासि शंकर ।। किं न जानासि देवेश तावद् भक्तिं प्रयच्छ मे। स्वपादाग्रतले देव दास्यं देहि जगत्पते ।। विशेष अर्घ्यपश्चात् पूजा समापन गरी ब्राह्मणलाई दक्षिणा दिएर भोजन गराउनुपर्छ ।


Wednesday, February 19, 2020

मांसाहार शास्त्र विरुद्घ छ

#बैदिक_शास्त्रले_मासु_खानुहुन्न_भनेको_छ 😊😊

१)पद्म_पुराणको पद्मोत्तर खण्डको श्लोक नं १०४ मा देविले भन्नुभएको छ कि,"" जस्ले मेरो(देविको) नाममा निर्दोश पसुको बलि चढाउछ र जस्ले आफ्नो स्वादी जिब्रोको लोभको लागि पसुको हत्या गरेर मासु खान्छ तेस्लाइ म(देवि) आकासमा चन्द्र सुर्य रहुन जेल असिपत्रबन नामक नरकमा पसुबनाएर दण्ड दिनेछु ।""

२) माहाभारमा बेदव्यास मुनिले भविष्यवाणी गर्नु भएको छ की, "" मानिसहरुले आफ्नो स्वादी जिब्रोको लोभको लागि वेदमा नभएको जथाभावी मन्त्र मिसाएर पसु बलि गरेर खानेछन् ।""

३) today's science tells , मासु पकाउदा खेरी उक्त निक्लेको बाफ हावामा मिसिन्छ र तेस्बाट air born diseases हरु फैलन्छ, शरीर आलस्य, छालाको रोग, चाढै चाउरी पर्ने, आयु घट्ने, फोक्सो र मुटु सम्बन्धी समस्या आदि सबै मासुको कारणले लाग्ने रोग हुन् । 😊

Tuesday, February 18, 2020

See Mars disappear behind the moon in a lunar occultation

See Mars disappear behind the moon in a lunar occultation

Those who are fans of unusual lunar events may want to attempt to watch the moon occult Mars this coming week. For those who are unaware of the phenomena of lunar occultations, they occur because the moon is constantly in motion in front of the constellations.
Mars with Earth visible in background
Mars with Earth visible in the background

Occultations take place when a planet or star is temporarily hidden by the moon as it passes between it and the observer. This year there will be five lunar occultations that involve the planet Mars, and one of these is due to take place on 18 February. It will take the moon about 14 seconds to completely hide Mars start to finish, and the time between this and the red planet reappearing will vary from mere minutes to about an hour and a half, depending on how centrally they cross and the location of the observer. The other four occultations will occur in March, August, September and October, and will mainly be visible in the southern hemisphere.

What's Astrology?

"Astrology is the study of man's response to planetary
stimuli. The stars have no conscious benevolence or
animosity; they merely send forth positive and negative
radiations. Of themselves, these do not help or harm
humanity, but offer a lawful channel for the outward
operation of cause-effect equilibriums which each man
has set into motion in the past.

"A child is born on that day and at that hour when the
celestial rays are in mathematical harmony with his
individual karma. His horoscope is a challenging
portrait, revealing his unalterable past and its probable
future results. But the natal chart can be rightly
interpreted only by men of intuitive wisdom: these are
few."

God Bless!

Saturday, February 15, 2020

ज्योतिष शास्त्र र यसको परिचय

 कतिपयले सोध्नुहुन्छ, ज्योतिष भनेको हात हेर्ने विद्या होईन ? र कतिपयले जिज्ञाशा राख्नुहुन्छ, यो त अंकको खेल हो क्यारे ! यस्ता तमाम कौतुहल धेरैको मनमा पक्कै होला । त्यसैले आज म यो लेखमार्फत जानकारी गराउन खोज्दैछु । ज्योतिष के हो र यसले कसरी काम गर्छ बुझ्न जरुरी छ । साधारण भाषामा भन्ने हो भने ज्योतिष भनेको ज्योति देखाउने कार्य हो । ज्योति अर्थात् दृष्टी यानेकी बाटो, पथप्रदर्शन । त्यसकारण ज्योतिषले व्यक्ति–व्यक्तिलाई र समग्र समाजलाई दृष्टि प्रदान गर्छ । ज्योतिष पूर्वीय दर्शनको अति नै महत्वपूर्ण पक्ष हो । यो दार्शनिक र व्यवहारिक रुपमा सशक्त विधा हो ।


वेदाङ्गमा ज्योतिष
वेद पूर्वीय दर्शनको सर्वाधिक पुरानो र आधारस्तम्भ हो । त्यसैले वेदमा आधारित संस्कृतिलाई ‘सनातन वैदिक संस्कृति’ भनिन्छ । अर्थात् सनातनदेखि चलिआएको संस्कृति नै वैदिक संस्कृति हो । हो, यति महत्वपूर्ण दर्शन अर्थात् वेदका ६ वटा अंग छन्, जसलाई वेदाङ्ग भनिन्छ । वेदका ६ अंग शिक्षा, छन्द, व्याकरण, निरुक्त, ज्योतिष र कल्पमा ज्योतिष ५औं अंगका रुपमा रहन्छ । त्यसैले ज्योतिष कुनै पनि साधारण विन्दुबाट उदय नभई वेदबाट प्रादुर्भाव भएको अत्यन्त महत्वपूर्ण विधा हो । जसले पथप्रदर्शकको भुमिका निर्वाह गर्दछ ।

ज्योतिषको महत्व बुझाउन शास्त्रमा ‘ज्योतिषं वेदनामं चक्षु’ अर्थात् ज्योतिष वेदको आँखा हो भनिएको छ । त्यसैले वेदका अन्य विधालाई पनि दृष्टिपात गर्ने कार्य ज्योतिष विधाबाट हुने गर्छ । यसरी वेदको गर्भबाट प्रादुर्भाव भएको शास्त्र नै ज्योतिष शास्त्र हो ।


ज्योतिषको दायरा
ब्रम्हाण्ड एक चुम्बकीय शक्तिमा अडेको छ । यसको सत्यलाई उद्घाटित गर्न पृथ्वीमा रहेको मानिसले केवल आफू वरपरको अवस्थामात्र अध्ययन गर्नमा सिमित रहेन । उसले पृथ्वीभन्दा पर रहेका खगोलीय अवस्थाको पनि वृहत्तर अध्ययन गर्यो । नतिजास्वरुप जन्मियो, ज्योतिष विज्ञान । ज्योतिष यस अर्थमा विज्ञान हो कि वैदिक ज्योतिषले नै पृथ्वीभन्दा अरु ग्रह पनि छन् र सूर्य यो सृष्टिको केन्द्र हो भनेर पहिलो पटक दुनियाँलाई बतायो । अर्थात् सौर्य प्रणालीबारे बृहत् जानकारी दियो । वैदिक ज्योतिष केवल कल्पनामा अडेको नभई विज्ञानमा आधारित रहेको मुख्य प्रमाण यही हो ।

वैदिक ज्योतिषले पत्ता लगाएर निश्चित गरेको सौर्य प्रणालीको अर्डरलाई आधुनिक विज्ञानले सदर गरेको छ । सौर्य प्रणालीको चक्रमा पृथ्वीभन्दा भित्री घेरामा शुक्र छ, पृथ्वीभन्दा बाहिरी घेरामा मंगल छ, पृथ्वीलाई चन्द्रमाले परिक्रममा गर्छ भन्ने कुरा आधुनिक विज्ञानले असत्य भनेको छ र ? छैन । त्यसैले वैदिक ज्योतिष विज्ञान हो । यसकारण हाम्रा ऋषिमुनी विद्वानहरूको वैज्ञानिक खोजको योगदानलाई स्थापित गर्ने काम गरेको छ ।
यसरी विज्ञानमा अडेको ज्योतिषमा क्रमशः अन्य सामाजिक पक्षहरु समावेश हुँदै गएका हुन् । वैदिक ज्योतिषमा ६० प्रतिशत शुद्ध विज्ञान र  गणित हुन्छ । २० प्रतिशत सामाजिक विज्ञान, १० प्रतिशत मनोविज्ञान र १० प्रतिशत विश्वास जोडिएको हुन्छ ।


ज्योतिषले कसरी काम गर्छ ?
माथि भनिए झै यो ब्रम्हाण्डमा पृथ्वी मात्र एक्लो डल्लो होईन । यस्ता असंख्य डल्लाहरु निरन्तर गतिमा छन् । तर, पृथ्वीमा बस्ने मानिसलाई निश्चित–निश्चत ग्रहको मात्र प्रभाव पर्छ । सबैको पर्दैन । त्यसकारण ती प्रभाव पार्ने ९ वटा ग्रह भनेर एकिन गरिएको हो । जसमा पृथ्वी, चन्द्रमा, मंगल, बुध, वृहस्पति, शुक्र, शनि, राहु र केतु छन् ।

वास्तवमा राहु र केतु बाहेकका अन्य ग्रह भौतिक ग्रह हुन् । तर, राहु र केतु भने भौतिक ग्रह होईनन् । सूर्य, पृथ्वी र चन्द्रमा एक आपसमा गतिमा रहँदा उत्पन्न हुने परिस्थिति हुन् जसलाई राहु र केतु भनिएको हो । यी दुई अवस्था भौतिक रुपमा उपस्थित नभए पनि भौतिक ग्रह सरह पृथ्वीमा प्रभाव पर्ने भएकाले भौतिक ग्रहकै कोटीमा राखेर नौवटा ग्रह मानिएको हो । त्यसैगरी चन्द्रमा पृथ्वीलाई परिक्रममा गर्ने उपग्रहका रुपमा रहेको भए पनि सबैभन्दा नजिक रहने र त्यसको प्रभाव बढी हुने भएकाले ग्रहकै गणनामा सामेल गरिएको पाईन्छ ।

यसरी नवग्रहको प्रभाव समग्र पृथ्वीमा पर्ने असर अध्ययन गर्ने कार्य नै ज्योतिष हो । साथै हरेक व्यक्ति–व्यक्तिको जीवनमा यी नवग्रहको स्थिति र असरबारे सुक्ष्म रुपमा ज्योतिषमा अध्ययन हुन्छ, जसलाई कुण्डली वा चिना वा जन्मपत्रिका भन्ने गरिन्छ । यसरी हरेक व्यक्तिको जीवनमा यी नवग्रहको अवस्था के कसरी उपस्थित भएको छ र जीवनको कुन कुन उमेरमा प्रभाव के कस्तो रहन्छ भनेर भविष्यसम्मको आँकलन ज्योतिषको कुण्डली अध्ययनबाट गर्ने गरिन्छ ।

ज्योतिषका विधाहरु
वैदिक ज्योतिष कैयौ विधामा फैलिएको छ । तर, समग्रमा यी एकअर्काका परिपुरक विधाका रुपमा काम गर्छन् । समग्रमा यी सबै विधाको आवश्यकता अनुसार समुचित प्रयोग ज्योतिष हो ।

१. कुण्डली निर्माण – यसको मुख्य विधा कुण्डली निर्माण र त्यसको विवेचना हो । त्यसभित्र पनि सिद्धान्त ज्योतिष अर्थात् गणित र यसको विश्लेषण फलित गरी विभाजित गरिएको छ । कुण्डली निर्माण र विवेचना ज्योतिषको मुख्य काम अर्थात् मेरुदण्ड हो । यसबाट कुन वर्षमा कहिले–कहिले कुन ग्रहण लाग्छ भनी एकिन गर्न सकिन्छ । यसै विधाले पञ्चाङ्ग निर्माण गर्छ । साथै व्यक्ति–व्यक्तिको कुण्डली निर्माण गरी विवेचना पनि गर्छ । विभिन्न शुभ कार्यका मुहूर्त, साईत आदि निकाल्ने, सूर्याेदय, सुर्यास्त आदिको एकिन पनि यसै विधाले गर्छ । नवग्रहको चाल, यिनको गति, मार्गी, बक्री, उदय अस्त आदि अवस्थाको गणना गर्छ । त्यसकारण यसमा गणितको शुक्ष्म पक्ष जोडिएको हुन्छ । र यसको विश्लेषण फलितका रुपमा शुक्ष्म रुपमा नै जोडिएको हुन्छ । यो वैदिक ज्योतिषको मुख्य धारा हो ।


२. सामुन्द्रिक शास्त्र– सामुन्द्रिक शास्त्र व्यक्तिको शारीरिक बनावटको अध्ययन गर्ने शास्त्र हो । हाम्रो वैदिक ज्योतिषभित्रको यस विधाले व्यक्तिको शारीरिक बनावट, कपालको अवस्था, अनुहारको बनावट, शरीरमा रौंको अवस्था, हातखुट्टाको बनावट आदीलाई समग्र अध्ययन गरी व्यक्तिको स्वभावबारे आँकलन गर्ने गर्छ । शरीरमा आउने कोठी साथै शरीरको अंगहरुको अवस्था आदीलाई शुक्ष्म रुपमा केलाउने विधी यस शास्त्रमा छ ।

३. हस्तरेखा– खासमा हस्तरेखा सामुन्द्रिक शास्त्रको नै अंग हो । तर, हस्तरेखाको अध्ययनबारे निकै महत्वसाथ विस्तृत अनुसन्धान भएका छन् । यो विधा भारतवर्षकै विधा भएता पनि यसको मुल तत्वलाई आत्मासाथ गरी पाश्चात्य विद्धानहरुले यसमा धेरै ठुलो अनुसन्धान गरी फैलाएको पाईन्छ ।

हरेक व्यक्तिको हस्तरेखाको बनावट फरक–फरक हुन्छ । त्यसैले कुनै पन औपचारिक कानूनी कागजमा व्यक्तिको औठाछाप लिने गरिन्छ । कुनै पनि फरक फरक व्यक्तिको औठाछाप मिल्दैन । त्यसैले व्यक्तिको हातको अध्ययनबाट उसका बारेमा व्याख्या गर्न सकिन्छ भन्ने यथार्थ पूर्वीय विद्वानहरुले पत्ता लगाईसकेका थिए । यस यथार्थतालाई किरोजस्ता पाश्चात्य विद्वारहरुले समयसापेक्ष थप अनुसन्धान गरी अझ व्यापक बनाएका हुन् । हस्तरेखाले कुण्डलीमा नवग्रहको अध्ययनबाट कुन दिन कति बेला ग्रहण लाग्छजस्ता शतप्रतिशत वैज्ञानिक तथ्य एकिन गर्न नसके पनि व्यक्तिको अवस्थाबारे निकै नजिक पुगेर विश्लेषण हुने गर्छ । अर्थात् व्यक्तिको समग्र जीवनको एक हदसम्म अध्ययन हस्तरेखाबाट हुने गर्छ ।


४. वास्तु शास्त्र– वास्तु शास्त्र वास्तवमा मानिसको आवास, उद्योग, कलकारखाना, अफिस आदी संरचनामा पञ्चतत्वको सन्तुलित प्रयोगको वृहत्तर शास्त्र हो । यसभित्र इन्जिनियरिङ, कला, विज्ञान, रंगको प्रयोग, दिशाको प्रयोग र अध्यात्मको सन्तुलन हुन्छ । वास्तु शास्त्र पूर्वीय दर्शनको ठुलो आधारस्तम्भ हो । साथै वास्तुशास्त्र ज्योतिष विज्ञान भित्रको एक अभिन्न अंग पनि हो ।
राम्रो ज्योतिषीले वास्तु शास्त्र सम्बन्धी ज्ञान लिएकै हुनु पर्छ । ज्योतिषको मुल पाटो र वास्तु एक अर्काका परिपुरक समेत हुन् ।

५. सकुन शास्त्र– कुनैबेला के कस्ता घटनाक्रम देखा परेका छन्, त्यसको विश्लेषण गरी शुभ–अशुभ हुने अध्ययन सकुन शास्त्र हो । व्यक्तिको मन तीन तहको हुन्छ– चेतन, अर्धचेतन र अवचेतन । हो, मनको यो स्तरमा विभिन्न विषयहरु मानसिक रुपमा अन्तर सम्बन्धित भएका हुन्छन् । यसको विश्लेषण यस शास्त्रमा हुने गर्छ । व्यक्तिले के कस्तो सपना देख्छ ? उसको मनमा के कस्ता तन्द्रा आउँछन् ? के कस्ता घटनाक्रमहरु देखा परेका छन् ? यस्ता विषयको विश्लेषण यस शास्त्रबाट गरिन्छ ।

६. कर्मकाण्ड– सबै ज्योतिषीले कर्मकाण्ड गर्छन् भन्ने छैन । तर, एउटा राम्रो ज्योतिषीले कर्मकाण्डका आधारभुत ज्ञान भने लिएकै हुनु पर्छ । कर्मकाण्ड एउटा सांस्कृतिक पाटो हो । व्यक्तिको जीवनमा देखिएका समस्याहरुको पहिचान कुण्डलीबाट वा हस्तरेखा वा सकुनशास्त्रबाट पत्ता लगाएपछि त्यसको निवारणका लागि कर्मकाण्डको सहारा लिनु पर्छ । तसर्थ कर्मकाण्ड ज्योतिष विद्या अन्तर्गतको शाखा शास्त्र हो । ज्योतिषमा समाधानका लागि कर्मकाण्डको सहारा लिने गरिन्छ ।

७. आयुर्वेद– वास्तवमा आयुर्वेद स्वास्थ्य उपचार, स्वस्थ जीवन पद्धतिको वृहत्तर शास्त्र हो । यो पूर्वीय दर्शन अन्तर्गत अति नै महत्वपूर्ण अद्वितीय ज्ञान हो । यसको महत्व बुझेर नै होला आजभोलि दुनियाँ यस पद्धतिमार्फत् उपचार गर्न इच्छुक हुन थालेको छ । ज्योतिषमा ग्रहहरुको पोजिसनका आधारमा व्यक्तिमा देखा पर्न सक्ने रोगव्याधिप्रति सचेत रहन भनिन्छ । र यसको उपचारका लागि कर्मकाण्ड भित्रका सांस्कृतिक अभ्याससहित आयुर्वेदिक उपचार पद्धतिलाई अपनाउन पनि भनिन्छ ।

आजभोलि राम्रो ज्योतिषीले व्यक्तिमा देखा पर्न सक्ने सम्भावित रोग व्याधिका बारेमा सचेत रहँदै आवश्यक पर्दा आयुर्वेद र एलोपेथिक उपचार पद्धतिको सहायता लिन भन्नु नै पर्छ । तथापी पूर्वीइ जगतमा आयुर्वेदबाट उपचार हुँदै आएको थियो र छ । तसर्थ आयुर्वेद प्रत्यक्ष रुपमा ज्योतिषीय कार्य नभए पनि ज्योतिषीको केही हिस्सामा आयुर्वेद ज्ञान आवश्यक पर्दछ । खगोलीय ग्रहका प्रभाव मानिसको स्वास्थ्यमा के कसरी पर्छ भनेर हेर्ने विधि ज्योतिषमा छ, जसलाई आजभोली ‘मेडिकल एस्ट्रोलोजी’ भनिन्छ । त्यसकारण यो उपचार पद्धतीभित्रको विधा हो ।

८. योग,  ध्यान– योग, ध्यान, जपतप, तीर्थाटन प्रत्यक्ष रुपमा ज्योतिषको विधा नभएजस्तो देखिएता ज्योतिषीय पद्धतिमार्फत व्यक्तिलाई सन्तुलित बनाउन यी पक्ष अगाल्न सुझाव दिने गरिन्छ । खासगरी व्यक्तिको जीवनमा मानसिक पक्ष जटिल रहन सक्ने अवस्था कुण्डलीमा देखा परे ज्योतिषले यी विधालाई अपनाउन सुझाव दिने गरिन्छ । तसर्थ यो पक्ष ज्योतिष विधामा अभिन्न अंगका रुपमा जोडिन पुग्छ ।

९. अंक ज्योतिष– अंकहरुको समिश्रणबाट व्यक्तिको विश्लेषण गर्ने विधा अंक ज्योतिष हो । प्रारम्भमा यसको प्रयोग त्यत्ति धेरै नभए पनि आजभोली यसलाई एक हदसम्म प्रयोग गर्ने गरेको पाईन्छ । तथापी ज्योतिषको मुल प्रयोग जस्तो यो सही वैज्ञानिक नभएता पनि यसबाट पनि केही आँकलन भने अवश्य हुने गर्दछ ।

१०. तन्त्र विद्या– यसलाई केहीले तन्त्र ज्योतिष पनि भन्ने गर्छन् । तन्त्र साधना मनको शतप्रतिशत केन्द्रीकरण गरेर इच्छाएको कार्य सम्पन्न गर्ने विधा हो । यसको मुल तत्वभित्र अत्यन्त ठुलो शक्ति रहेको भए पनि यसको दुरुपयोगले यसलाई आलोच्य पनि बनाएको छ । साथै यसलाई अन्धविश्वाससंग जोडेर अभ्यास गरिंदा यो कुरितीको रुप धारण गर्न बाध्य भएको पनि छ ।

तर यसको नकारात्मक रुपलाई घटाउँदै सकारात्मक रुपलाई बढावा दिएमा यसभित्र ठुलो शक्ति अन्तर्निहीत रहेको हुन्छ । आजभोली एलोपेथिक उपचार अन्तर्गत मानसिक उपचारमा संलग्न चिकित्सकहरुले अनौपचारिक रुपमा बिरामीलाई तन्त्र उपचार विधीको सहायता लिन पनि सुझाव दिने गर्छन् । यद्यपी यस विषयलाई ती चिकित्सकहरु औपचारिक रुपमा स्वीकार्न भने तयार हुँदैनन् । तन्त्र विद्याको सही साधनाले असम्भव विषयलाई पनि सम्भव तुल्याउने गर्छ । यो विधा ज्योतिष विद्या अन्तर्गत एकहदसम्म प्रयोग हुने विधा हो ।


अन्तर्राष्ट्रिय अभ्यास
अन्तर्राष्ट्रिय दृष्टिबाट हेर्ने हो भने तीनवटा आयाममा ज्योतिषको प्रयोग भएको पाईन्छ । ज्योतिष विधालाई संसारको प्रायः सबै राष्ट्रमा स्वीकार गरेको देखिन्छ । जसमा पूर्वीय ज्योतिष, चिनियाँ ज्योतिष र पाश्चात्य ज्योतिष रहेका छन् । यी तीनवटा ज्योतिषमध्ये वैदिक ज्योतिष सबैभन्दा पुरानो ज्योतिष ज्ञान हो । आजभोली वैदिक ज्योतिषको ज्ञानलाई खासगरी पाश्चात्यहरुले नजिकबाट चियाउन थालेका छन् । वैदिक ज्योतिषको अभ्यास, नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, थाईल्याण्ड, अफगानिस्तान लगायतका भारतवर्षका देशहरुमा अधिकतम हुने गरेको छ । साथै आजभोली पाश्चात्य देशमा पनि वैदिक ज्योतिष अध्ययन गर्ने र अभ्यास गर्ने क्रम तिब्रतम भएको छ । जसरी योगप्रति विश्व मोहित भएको छ, वैदिक ज्योतिषतर्फ पनि उनीहरुको रुचि तिब्र रुपमा बढ्दै गएको देखिन्छ

Tuesday, February 11, 2020

ज्योतिष परिचय : ग्रह तारा द्वारा निर्माण हुने समय का केही नाम र तिनका विशेषता

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ। वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्षौ बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएकाछन्।


राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ। यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यसैलाई एउटा राशीको नाम प्रदान गरिएको हुन्छ। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन। एकमा मेष र एवम् क्रमले बाह्रमा मीन। यिनीहरूले मोटामोटी रूपमा यिनै शब्दहरूले सङ्केत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन् – मेषको मतलब भेडा, वृषको मतलब साँढे आदि। अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनी – जम्मा सात। यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि गणना गरिन्छ। यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्षद्वारा काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन्। त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन्। ज्योतिषशास्त्रले राशी र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ। राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ – जस्तैज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। ग्रिस हुँदै भारतमा र नेपालमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ। भारतीय उपमहाद्विपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रूप नै अर्को जस्तो भैसक्यो। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो।

मेष-मङ्गल वृष-शुक्र मिथुन-बुध कर्कट-चन्द्र सिंह-सूर्य कन्या-बुध तुला-शुक्र वृश्चिक-मङ्गल धनु-वृहस्पति मकर-शनी कुम्भ-शनी मीन-वृहस्पति।

राशी स्थिर रहन्छ। ग्रहहरू गतिशील। कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ। सम्बन्धित राशीहरू यी ग्रहका नैसर्गिक घर हुन्। आफ्नो स्वभावअनुसार ग्रहले सम्बन्धित घरको प्रवृत्तिलाई कमजोर पार्ने वा बल दिने गर्दछ। आफ्ना आफ्ना घरमा भएका बेला यिनीहरू बलवान हुन्छन्। ग्रहहरूबीच शत्रुभाव, मित्रभाव वा समभावको सम्बन्ध रहेको हुन्छ। शत्रुको घरमा पुगेको बेलामा ग्रह कमजोर हुन्छ। ज्योतिषशास्त्रको खास रमाइलो यी ग्रहहरूमा आरोपित विभिन्न अर्थहरू हुन्।

मङ्गल ग्रहको रङ रातो हुन्छ, त्यसैले यसले रिस, युद्ध, लडाईँ आदिको सङ्केत गर्दछ। त्यस्तै वृहस्पतिलाई देवगुरु मानिन्छ र वृहस्पतिले शिक्षा र विद्वताको सङ्केत गर्दछ। वृहस्पति प्रधान भएको व्यक्ति विद्वान हुन्छ भनेर ज्योतिषहरू भविष्यवाणी गर्दछन्। शुक्र दानवगुरु हुन्। त्यसैले वृहस्पति शुक्रको शत्रु भयो। शुक्रले यौनको पनि सङ्केत गर्दछ। शुक्र प्रधान हुने व्यक्ति कामी हुन्छ भन्ने गरिन्छ। शनी पाप ग्रह हो। यसको प्रभाव पाप कर्ममा हुन्छ। धन पनि पाप कर्म हो। शनीको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ। चन्द्रमा सुन्दरता, कल्पनाको प्रतिक हो। यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ। यस्तै यस्तै।

कुण्डलीमा प्रथम, चतुर्थ, सप्तम र दशम घरहरू अर्थात यो कुण्डलीमा १२, ३, ६ र ९ अङ्क भएका घरहरूलाई केन्द्र भनिन्छ। पहिलो घरबाट कुण्डलीवाला व्यक्ति (जातक)को निजी चरित्र अनुमान गरिन्छ। चौँथो घरबाट मातृपक्ष, शरीर आदि, सातौँ घरबाट पति/पत्नी, कुटुम्भ र दशम घरबाट पितृपक्ष, अध्यवशाय आदिको अनुमान गरिन्छ। केन्द्रमा शुभ ग्रह हुनु शुभ सङ्केत हो। त्यस्तै तृतीय, पञ्चम, नवम र एकादश घरलाई त्रिकोण भनिन्छ। द्वितीय, षष्ठम, अष्टम र द्वादश घरबाट नोक्सानी र हानिको फलादेश गरिन्छ। द्वितीय घरले आफन्तसँग विछोड अर्थात परदेशको सङ्केत गर्दछ। (आजभोलि त यहाँ शुभ ग्रह बसेको राम्रो हुन्छ किनभने विदेश त प्राथमिकता हो नि हामीहरूको!) षष्ठम घरबाट स्वास्थ, रोग आदि, अष्टम घरबाट आयु र द्वादश घरबाट धनसम्पत्तिको क्षय विचार गरिन्छ। कुनै ग्रह आफ्नै घरमा बसेको छ भने त्यसलाई स्वगृही भनिन्छ।

पूर्ण फलादेशको लागि धेरै कुराको विचार आवश्यक हुन्छ। एउटा हो दृष्टि। ठाडो दृष्टि र विशेष दृष्टि महत्वका हुन्छन्। कुनै पनि ग्रहले आफू रहेको स्थानबाट सातौँ घर (आफू रहेको घरसमेत गरेर घडीको उल्टो दिशामा गन्दा सातौँ स्थानमा आउने घर)मा ठाडो दृष्टि दिन्छ। यो दृष्टिलाई ज्योतिषशास्त्रमा बलवान दृष्टि मानिन्छ। त्यस्तै अर्को दृष्टि हो विशेष दृष्टि। शनी ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मङ्गल ग्रहले चौथो र अष्टम घरमा र वृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ। फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो। दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ। त्यस्तै कुण्डलीमा नदेखाइने तर महत्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्त। राशीमा भर्खर प्रवेश गरेको ग्रह उदाउँदो हो भने, अर्को राशीमा प्रवेश गर्ने बेला भएको ग्रह अस्ताउँदो। उदाउँदो ग्रहको प्रभाव बलवान हुन्छ। ग्रहका आफ्ना भोगकाल हुन्छन्। त्यसलाई दशा भनिन्छ – वृहस्पतिको १६ वर्ष, शनीको १९ वर्ष, केतुको ७ वर्ष, शुक्रको २० वर्ष आदि। दशाहरू पनि बिभिन्न खालका हुन्छन् – विंशोत्तरी दशा, योगिनी दशा आदि। योगिनी दशा अलिक बेग्लै हो, तर यो महत्वपूर्ण मानिन्छ। फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा हुन्छन् – एउटा ग्रहको दशाभित्र फेरि सबै ग्रहको भोगकाल विभाजित हुन्छ। त्यसलाई अन्तरदशा भनिन्छ र अन्तरदशालाई पुनः विभाजन गरेर प्रत्यन्तर दशा निकालिन्छ। लग्नमा ग्रहहरूको स्थिति र सम्बन्धित दशा, अन्तरदशा, प्रत्यन्तर दशासमेतको विचार गरेर मात्र कुनै कुराको वास्तविक भविष्यवाणी गर्दछन् ज्योतिषीहरू।(ज्योतिषी भनेको सम्पूर्ण सौरमण्डललाई अध्ययन गरेको, तारा, नक्षत्र र ग्रहहरूको गणितीय पद्धतिबाट विश्लेषण गरि सत्य प्रभाव कुनै मनोविज्ञान र अड्कलन लगाईकन वैज्ञानिक विधि अनुसार सप्रमाण कथन गर्ने क्षमता भएको अभिव्यक्ति हो।[१])

यस्तै तिथि, बार, महिना, प्रहर, करण, योग आदिलाई पनि फलादेशमा महत्व हुन्छ। पूर्वीय ज्योतिषमा नक्षत्रलाई पनि महत्व दिइन्छ। चन्द्रमाले पृथ्वीलाई घुम्ने अवधिको आधारमा नक्षत्र गणना गरिन्छ। नक्षत्र जम्मा २७ वटा छन्। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र एक एक पाउसँग एक एक अक्षर सम्बन्धित हुन्छन्। यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन। यिनै कुनै एउटा अक्षरबाट जातकको नाम राखिन्छ। बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुराउँदछ! यसप्रकार जातकको राशी पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ। तर पश्चिमी परम्परामा सूर्यको आधारमा निर्धारण हुन्छ। जनबोलीमा एउटै कुरालाई जोड्दै जोड्दै लम्ब्याउने प्रवृत्तिलाई ‘बाह्र सत्ताइस कुरा’ भन्ने चलन छ। त्यो बाह्र राशी र सत्ताइस नक्षत्रलाई सङ्केत गरेको हो। मतलब कि यसको कुरा जति गरे पनि टुङ्गिदैँन। ज्योतिषविद्यामा अङ्कज्योतिष, प्रश्नज्योतिष आदि पनि प्रचलित छन्। परमहंस स्वामी विशुद्धानन्दको योगज्योतिष थियो। त्यस्तै तन्त्रमन्त्रसँग सम्बन्धित धेरै प्रकारका विद्याहरू समाजमा विद्यमान छन्। तन्त्रसँग सम्बन्धित प्रेतसाधना, मसानसाधनादेखि लिएर धामी, झाँक्री सबैमा आखत हेर्ने, भविष्यवाणी गर्ने विद्या पाइन्छ।

ज्योतिष विज्ञान आफूमा पूर्ण सत्य विज्ञान हो यसमा कसैको शंका नरहोस् भन्ने भनाई ज्योतिषीहरूको रही आएकोछ। तर समयसंगै यसमा धेरै विकारहरू आएका छन्। यो विद्यालाई आज पैसा कमाउने भाडाको रूपमा प्रयोग गरिएको छ। आदि युगमा धेरै ऋषिहरूले धेरै विस्तृत विशाल विज्ञानको रूपमा विकास गरिसकेको ज्योतिष शास्त्र आज थोरै व्यक्तिहरूको गलत व्यवहारका कारण मृत तुल्य हुन पुगेको छ। नौ ग्रह र अठाईस नक्षत्रका नाम सम्म नजान्ने व्यक्तिहरू आफ्नो नामको अगाडि श्री ज्योतिषविज्ञ,ज्योतिष भास्कर, डक्टर सम्म लेख्न पछि पर्दैनन जसको फल स्वरूप आज यो दिव्य विज्ञान ओझेलमा परेको हो त्यसका केही दोषी हामीहरू पनि हौं। किनकि यस विषयलाई कमाई खाने भाडाको रूपमा प्रयोग गर्नु पूर्व हामी गहन अध्ययन गर्न चाहदैनौ। दुईचार वटा श्लोक रटेको भरमा मानव जीवन र सम्पूर्ण चराचरको मनगढन्त फलादेश गर्न थाल्दछौ संयोगबस कसैको मिल्छ, तर अधिकतर मिल्ने कुरामा तपाईं हामी आफै ग्यारेण्टी गर्न सक्दैनौ।; यसको अपवादमा दुईचार जना विद्वानहरू हुनुहुन्छ जसलाई उपरोक्त श्रेणीमा राख्न मिल्दैन। आज जसरि विज्ञानका विद्यार्थीहरूले नयाँनयाँ खोज र सिर्जनाहरू गरिरहेका छन्, त्यस्तै यसमा पनि विद्यार्थिहरूको अथक मिहेनत र खोजको आवश्यकता छ। यदि सही ढंगले तपाईले यो शास्त्रको अध्ययन गनुभयो भने तपाईं एउटा विश्वासिलो वैज्ञानिक पनि हुनुहुनेछ।कुनै व्यक्तिविशेषको मनगढन्त ग्रन्थ अध्ययन गरेर मानवजीवनको पूर्ण भविष्यफल कथन गर्ने ग्यारेण्टी गर्नु्, जुन अतीव गलत परम्परा हो, यसको न्यूनीकरण गर्नु अति आवश्यक छ।

ज्योतिष विद्या जसलाई ज्योतिष शास्त्र पनि भनिएको छ। यो विद्या निम्न बिषय वस्तुहरूमा आधिरत हुन्छ। ज्योतिष शास्त्रको पौराणिक ग्रन्थ भृगु संहिता, वृहद ज्योतिष सार, मुहुर्त चिन्तामणी, सिघ्रबेध आदी ग्रन्थका अनुसार निम्न बिषय वस्तुहरूमा आधारीत पाईएको छ।

राशिहरूसम्पादन

पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न पुरा १२ महिना लाग्छ । यो अन्तरालमा पृथ्वी र सूर्यको दुरी परिक्रमाको बाटो आदीमा समय फरक पर्दै जान्छ । करिब १ महिना सम्म पृथ्वी र सूर्यको दुरी समान रहेको रहेको पाइन्छ । यो हिसाबले खगोल शास्त्रीहरूले पुरा एक महिना सम्म सूर्य एकै रेखामा विचरण गरेको तथ्यलाई औँल्याउदै सूर्यको यो अवस्थालाई एक "राशि"को नाम दिएका छन् । राशिहरू १२ वटा हुन्छन् । सूर्यले एक महिना सम्म एक राशिमा विचरण गर्छ भने चन्द्रमाले एक राशिमा करिब २.५ (ढाइ) दिन भोग गर्छ । यसकारण ज्योतिषविधहरूले राशिलाई क्रमश: "सूर्य राशि" र "चन्द्र राशि" दुई भागमा बिभक्त गरेता पनि हिन्दू ज्योतिष प्रमाणीकरणका अनुशार चन्द्र राशिलाई नै मान्यता दिईएको छ। [२] राशिहरूका नाम यस प्रकार छन् :-

*राशि-नामEnglishराशि चिन्ह (नेपाली)
1मेष राशिAries
mesh
2वृष राशिTaurus
3मिथुन राशिGemini
mithun
4कर्क राशिCancer
5सिंह राशिLeo
6कन्या राशिVigro
kanya
7तुला राशिLibra
tula
8वृश्चिक राशिScorpio
9धनु राशिSagittarius
10मकर राशिCapricorn
11कुम्भ राशिAquarius
12मीन राशिPisces

नक्षत्रहरूसम्पादन

नक्षत्र खगोलवीधहरूका अनुसार साना ठुला ताराहरूको समुह हो। हिन्दू ज्योतिषका मतानुसार नक्षत्रहरू निम्नानुर २७ वटा छन्।

  1. अश्विनी
  2. भरणी
  3. कृतिका
  4. रोहिणी
  5. मृगशिरा
  6. आद्रा
  7. पुनर्वसू
  8. पुष्य (तिष्य)
  9. अश्लेशा
  10. मघा
  11. पूर्व फाल्गुनी
  12. उत्तर फाल्गुनी
  13. हस्ता
  14. चित्रा
  15. स्वाती
  16. विसाखा
  17. अनुराधा
  18. जेष्ठा
  19. मूल
  20. पूर्वाषाडा
  21. उत्तराषाडा
  22. श्रवण
  23. धनिष्ठा
  24. सतभिषा
  25. पूर्व भाद्रपदा
  26. उत्तर भाद्र
  27. रेवती

एक नक्षत्र ६० घडी अथवा २४ घण्टाको हुन्छ।

ग्रह

सौर्य मण्डलमा धेरै तारा, नक्षत्रहरूको समुह छ। ति मध्य केही प्रमुख तथा ठुला आकार भएका र सूर्यको वरिपरी एक निश्चित घेरा बनाएर परिक्रमा गर्ने पिण्डहरूको समूहलाई खगोलशास्त्रीहरूले ग्रहको नाम दिएका छन्। प्राचिन कालका विद्वानहरूले ७ वटा ग्रहहरू मात्र भएको प्रमाणिकरण गरेका थिए। उनिहरूको मतानुसार चन्द्रमा पनि एक ग्रह हो। तर पृथ्वीलाई ग्रहमा राखिएको छैन। पछि आएर ज्योतिषहरूले ९ वटा ग्रहहरू भएको प्रमाणीत गरे। त्यस्तै खगोलविधहरूले पनि ९ वटा ग्रहहरू भएको प्रमाण गरे। तर हिन्दू ज्योतिषविध र पश्चात्य विद्वानहरूको मतानुशार ग्रहहरूको बारेमा फरक मत देखिएको पाइन्छ। खगोलविधहरूका अनुशार ग्रहको संख्या बढ्ने सम्भावना देखिएको छ।[३] अन्तरिक्षा सम्बन्धको खोज कार्यमा संलग्न "नासा" का खगोलवीधहरू अन्तरिक्षामा अरु ग्रहहरूको सम्भावना बताउदै ग्रह खोज कार्यमा जुटेका छन्।

  • खगोल विज्ञान अनुसार प्रमाणीकरण गरिएका ग्रहहरूको सूचि तालिकाको लागि जानकारी प्राप्त गर्नमा जानुहोस्।
  • ज्योतिष शास्त्रका अनुशार ग्रहहरूको बारेम जानकारी प्राप्त गर्नमा जानुहोस्।

तिथीसम्पादन

चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ। चन्द्रमालाई पृथ्वीको परिक्रमा पुरा गर्न करिब एक महिनाको समय लाग्छ। यसै क्रममा कहिल्यै सूर्य तथा पृथ्वीको सन्मुख दिशा त कहिल्यै विपरीत दिशामा पर्ने भएकाले कहिले पूर्ण रूपमा देखिन्छ भने कहिले देखिदै देखिदैन, कहिल्यै आधा, कहिल्यै सानो अथवा ठूलो आकारको देखिन्छ। यसरी चन्द्रमाले कहिले दृष्य कहिल्य अदूष्य हुने क्रियालाई चन्द्रमाको कला भनिन्छ।[४] चन्द्रमाको कलाको आधारमा चद्रमा पुरा देखिएको दिनलाई पूर्णीमा(पूर्णी) र अदृष्य भएको दिनलाई आमावश्या(औँशी) भनिन्छ। यसै गरी औँशी देखि पूर्णि सम्म पुग्न चन्द्रमाले १६ दिन लगाउँछ। यि १६ दिनको अलग अलग नाम दिएको छ जसलाई तिथि भनिन्छ। तिथिहरूका नाम यस प्रकार छन्:

यि १६ तिथी दुई पक्ष शुक्ल पक्ष र कृष्ण पक्ष दुई अलग अलग पक्षमा औँशी पक्ष र पूर्णी पक्षमा पर्छन्।