कतिपयले सोध्नुहुन्छ, ज्योतिष भनेको हात हेर्ने विद्या होईन ? र कतिपयले जिज्ञाशा राख्नुहुन्छ, यो त अंकको खेल हो क्यारे ! यस्ता तमाम कौतुहल धेरैको मनमा पक्कै होला । त्यसैले आज म यो लेखमार्फत जानकारी गराउन खोज्दैछु । ज्योतिष के हो र यसले कसरी काम गर्छ बुझ्न जरुरी छ । साधारण भाषामा भन्ने हो भने ज्योतिष भनेको ज्योति देखाउने कार्य हो । ज्योति अर्थात् दृष्टी यानेकी बाटो, पथप्रदर्शन । त्यसकारण ज्योतिषले व्यक्ति–व्यक्तिलाई र समग्र समाजलाई दृष्टि प्रदान गर्छ । ज्योतिष पूर्वीय दर्शनको अति नै महत्वपूर्ण पक्ष हो । यो दार्शनिक र व्यवहारिक रुपमा सशक्त विधा हो ।
वेदाङ्गमा ज्योतिष
वेद पूर्वीय दर्शनको सर्वाधिक पुरानो र आधारस्तम्भ हो । त्यसैले वेदमा आधारित संस्कृतिलाई ‘सनातन वैदिक संस्कृति’ भनिन्छ । अर्थात् सनातनदेखि चलिआएको संस्कृति नै वैदिक संस्कृति हो । हो, यति महत्वपूर्ण दर्शन अर्थात् वेदका ६ वटा अंग छन्, जसलाई वेदाङ्ग भनिन्छ । वेदका ६ अंग शिक्षा, छन्द, व्याकरण, निरुक्त, ज्योतिष र कल्पमा ज्योतिष ५औं अंगका रुपमा रहन्छ । त्यसैले ज्योतिष कुनै पनि साधारण विन्दुबाट उदय नभई वेदबाट प्रादुर्भाव भएको अत्यन्त महत्वपूर्ण विधा हो । जसले पथप्रदर्शकको भुमिका निर्वाह गर्दछ ।
ज्योतिषको महत्व बुझाउन शास्त्रमा ‘ज्योतिषं वेदनामं चक्षु’ अर्थात् ज्योतिष वेदको आँखा हो भनिएको छ । त्यसैले वेदका अन्य विधालाई पनि दृष्टिपात गर्ने कार्य ज्योतिष विधाबाट हुने गर्छ । यसरी वेदको गर्भबाट प्रादुर्भाव भएको शास्त्र नै ज्योतिष शास्त्र हो ।
ज्योतिषको दायरा
ब्रम्हाण्ड एक चुम्बकीय शक्तिमा अडेको छ । यसको सत्यलाई उद्घाटित गर्न पृथ्वीमा रहेको मानिसले केवल आफू वरपरको अवस्थामात्र अध्ययन गर्नमा सिमित रहेन । उसले पृथ्वीभन्दा पर रहेका खगोलीय अवस्थाको पनि वृहत्तर अध्ययन गर्यो । नतिजास्वरुप जन्मियो, ज्योतिष विज्ञान । ज्योतिष यस अर्थमा विज्ञान हो कि वैदिक ज्योतिषले नै पृथ्वीभन्दा अरु ग्रह पनि छन् र सूर्य यो सृष्टिको केन्द्र हो भनेर पहिलो पटक दुनियाँलाई बतायो । अर्थात् सौर्य प्रणालीबारे बृहत् जानकारी दियो । वैदिक ज्योतिष केवल कल्पनामा अडेको नभई विज्ञानमा आधारित रहेको मुख्य प्रमाण यही हो ।
वैदिक ज्योतिषले पत्ता लगाएर निश्चित गरेको सौर्य प्रणालीको अर्डरलाई आधुनिक विज्ञानले सदर गरेको छ । सौर्य प्रणालीको चक्रमा पृथ्वीभन्दा भित्री घेरामा शुक्र छ, पृथ्वीभन्दा बाहिरी घेरामा मंगल छ, पृथ्वीलाई चन्द्रमाले परिक्रममा गर्छ भन्ने कुरा आधुनिक विज्ञानले असत्य भनेको छ र ? छैन । त्यसैले वैदिक ज्योतिष विज्ञान हो । यसकारण हाम्रा ऋषिमुनी विद्वानहरूको वैज्ञानिक खोजको योगदानलाई स्थापित गर्ने काम गरेको छ ।
यसरी विज्ञानमा अडेको ज्योतिषमा क्रमशः अन्य सामाजिक पक्षहरु समावेश हुँदै गएका हुन् । वैदिक ज्योतिषमा ६० प्रतिशत शुद्ध विज्ञान र गणित हुन्छ । २० प्रतिशत सामाजिक विज्ञान, १० प्रतिशत मनोविज्ञान र १० प्रतिशत विश्वास जोडिएको हुन्छ ।
ज्योतिषले कसरी काम गर्छ ?
माथि भनिए झै यो ब्रम्हाण्डमा पृथ्वी मात्र एक्लो डल्लो होईन । यस्ता असंख्य डल्लाहरु निरन्तर गतिमा छन् । तर, पृथ्वीमा बस्ने मानिसलाई निश्चित–निश्चत ग्रहको मात्र प्रभाव पर्छ । सबैको पर्दैन । त्यसकारण ती प्रभाव पार्ने ९ वटा ग्रह भनेर एकिन गरिएको हो । जसमा पृथ्वी, चन्द्रमा, मंगल, बुध, वृहस्पति, शुक्र, शनि, राहु र केतु छन् ।
वास्तवमा राहु र केतु बाहेकका अन्य ग्रह भौतिक ग्रह हुन् । तर, राहु र केतु भने भौतिक ग्रह होईनन् । सूर्य, पृथ्वी र चन्द्रमा एक आपसमा गतिमा रहँदा उत्पन्न हुने परिस्थिति हुन् जसलाई राहु र केतु भनिएको हो । यी दुई अवस्था भौतिक रुपमा उपस्थित नभए पनि भौतिक ग्रह सरह पृथ्वीमा प्रभाव पर्ने भएकाले भौतिक ग्रहकै कोटीमा राखेर नौवटा ग्रह मानिएको हो । त्यसैगरी चन्द्रमा पृथ्वीलाई परिक्रममा गर्ने उपग्रहका रुपमा रहेको भए पनि सबैभन्दा नजिक रहने र त्यसको प्रभाव बढी हुने भएकाले ग्रहकै गणनामा सामेल गरिएको पाईन्छ ।
यसरी नवग्रहको प्रभाव समग्र पृथ्वीमा पर्ने असर अध्ययन गर्ने कार्य नै ज्योतिष हो । साथै हरेक व्यक्ति–व्यक्तिको जीवनमा यी नवग्रहको स्थिति र असरबारे सुक्ष्म रुपमा ज्योतिषमा अध्ययन हुन्छ, जसलाई कुण्डली वा चिना वा जन्मपत्रिका भन्ने गरिन्छ । यसरी हरेक व्यक्तिको जीवनमा यी नवग्रहको अवस्था के कसरी उपस्थित भएको छ र जीवनको कुन कुन उमेरमा प्रभाव के कस्तो रहन्छ भनेर भविष्यसम्मको आँकलन ज्योतिषको कुण्डली अध्ययनबाट गर्ने गरिन्छ ।
ज्योतिषका विधाहरु
वैदिक ज्योतिष कैयौ विधामा फैलिएको छ । तर, समग्रमा यी एकअर्काका परिपुरक विधाका रुपमा काम गर्छन् । समग्रमा यी सबै विधाको आवश्यकता अनुसार समुचित प्रयोग ज्योतिष हो ।
१. कुण्डली निर्माण – यसको मुख्य विधा कुण्डली निर्माण र त्यसको विवेचना हो । त्यसभित्र पनि सिद्धान्त ज्योतिष अर्थात् गणित र यसको विश्लेषण फलित गरी विभाजित गरिएको छ । कुण्डली निर्माण र विवेचना ज्योतिषको मुख्य काम अर्थात् मेरुदण्ड हो । यसबाट कुन वर्षमा कहिले–कहिले कुन ग्रहण लाग्छ भनी एकिन गर्न सकिन्छ । यसै विधाले पञ्चाङ्ग निर्माण गर्छ । साथै व्यक्ति–व्यक्तिको कुण्डली निर्माण गरी विवेचना पनि गर्छ । विभिन्न शुभ कार्यका मुहूर्त, साईत आदि निकाल्ने, सूर्याेदय, सुर्यास्त आदिको एकिन पनि यसै विधाले गर्छ । नवग्रहको चाल, यिनको गति, मार्गी, बक्री, उदय अस्त आदि अवस्थाको गणना गर्छ । त्यसकारण यसमा गणितको शुक्ष्म पक्ष जोडिएको हुन्छ । र यसको विश्लेषण फलितका रुपमा शुक्ष्म रुपमा नै जोडिएको हुन्छ । यो वैदिक ज्योतिषको मुख्य धारा हो ।
२. सामुन्द्रिक शास्त्र– सामुन्द्रिक शास्त्र व्यक्तिको शारीरिक बनावटको अध्ययन गर्ने शास्त्र हो । हाम्रो वैदिक ज्योतिषभित्रको यस विधाले व्यक्तिको शारीरिक बनावट, कपालको अवस्था, अनुहारको बनावट, शरीरमा रौंको अवस्था, हातखुट्टाको बनावट आदीलाई समग्र अध्ययन गरी व्यक्तिको स्वभावबारे आँकलन गर्ने गर्छ । शरीरमा आउने कोठी साथै शरीरको अंगहरुको अवस्था आदीलाई शुक्ष्म रुपमा केलाउने विधी यस शास्त्रमा छ ।
३. हस्तरेखा– खासमा हस्तरेखा सामुन्द्रिक शास्त्रको नै अंग हो । तर, हस्तरेखाको अध्ययनबारे निकै महत्वसाथ विस्तृत अनुसन्धान भएका छन् । यो विधा भारतवर्षकै विधा भएता पनि यसको मुल तत्वलाई आत्मासाथ गरी पाश्चात्य विद्धानहरुले यसमा धेरै ठुलो अनुसन्धान गरी फैलाएको पाईन्छ ।
हरेक व्यक्तिको हस्तरेखाको बनावट फरक–फरक हुन्छ । त्यसैले कुनै पन औपचारिक कानूनी कागजमा व्यक्तिको औठाछाप लिने गरिन्छ । कुनै पनि फरक फरक व्यक्तिको औठाछाप मिल्दैन । त्यसैले व्यक्तिको हातको अध्ययनबाट उसका बारेमा व्याख्या गर्न सकिन्छ भन्ने यथार्थ पूर्वीय विद्वानहरुले पत्ता लगाईसकेका थिए । यस यथार्थतालाई किरोजस्ता पाश्चात्य विद्वारहरुले समयसापेक्ष थप अनुसन्धान गरी अझ व्यापक बनाएका हुन् । हस्तरेखाले कुण्डलीमा नवग्रहको अध्ययनबाट कुन दिन कति बेला ग्रहण लाग्छजस्ता शतप्रतिशत वैज्ञानिक तथ्य एकिन गर्न नसके पनि व्यक्तिको अवस्थाबारे निकै नजिक पुगेर विश्लेषण हुने गर्छ । अर्थात् व्यक्तिको समग्र जीवनको एक हदसम्म अध्ययन हस्तरेखाबाट हुने गर्छ ।
४. वास्तु शास्त्र– वास्तु शास्त्र वास्तवमा मानिसको आवास, उद्योग, कलकारखाना, अफिस आदी संरचनामा पञ्चतत्वको सन्तुलित प्रयोगको वृहत्तर शास्त्र हो । यसभित्र इन्जिनियरिङ, कला, विज्ञान, रंगको प्रयोग, दिशाको प्रयोग र अध्यात्मको सन्तुलन हुन्छ । वास्तु शास्त्र पूर्वीय दर्शनको ठुलो आधारस्तम्भ हो । साथै वास्तुशास्त्र ज्योतिष विज्ञान भित्रको एक अभिन्न अंग पनि हो ।
राम्रो ज्योतिषीले वास्तु शास्त्र सम्बन्धी ज्ञान लिएकै हुनु पर्छ । ज्योतिषको मुल पाटो र वास्तु एक अर्काका परिपुरक समेत हुन् ।
५. सकुन शास्त्र– कुनैबेला के कस्ता घटनाक्रम देखा परेका छन्, त्यसको विश्लेषण गरी शुभ–अशुभ हुने अध्ययन सकुन शास्त्र हो । व्यक्तिको मन तीन तहको हुन्छ– चेतन, अर्धचेतन र अवचेतन । हो, मनको यो स्तरमा विभिन्न विषयहरु मानसिक रुपमा अन्तर सम्बन्धित भएका हुन्छन् । यसको विश्लेषण यस शास्त्रमा हुने गर्छ । व्यक्तिले के कस्तो सपना देख्छ ? उसको मनमा के कस्ता तन्द्रा आउँछन् ? के कस्ता घटनाक्रमहरु देखा परेका छन् ? यस्ता विषयको विश्लेषण यस शास्त्रबाट गरिन्छ ।
६. कर्मकाण्ड– सबै ज्योतिषीले कर्मकाण्ड गर्छन् भन्ने छैन । तर, एउटा राम्रो ज्योतिषीले कर्मकाण्डका आधारभुत ज्ञान भने लिएकै हुनु पर्छ । कर्मकाण्ड एउटा सांस्कृतिक पाटो हो । व्यक्तिको जीवनमा देखिएका समस्याहरुको पहिचान कुण्डलीबाट वा हस्तरेखा वा सकुनशास्त्रबाट पत्ता लगाएपछि त्यसको निवारणका लागि कर्मकाण्डको सहारा लिनु पर्छ । तसर्थ कर्मकाण्ड ज्योतिष विद्या अन्तर्गतको शाखा शास्त्र हो । ज्योतिषमा समाधानका लागि कर्मकाण्डको सहारा लिने गरिन्छ ।
७. आयुर्वेद– वास्तवमा आयुर्वेद स्वास्थ्य उपचार, स्वस्थ जीवन पद्धतिको वृहत्तर शास्त्र हो । यो पूर्वीय दर्शन अन्तर्गत अति नै महत्वपूर्ण अद्वितीय ज्ञान हो । यसको महत्व बुझेर नै होला आजभोलि दुनियाँ यस पद्धतिमार्फत् उपचार गर्न इच्छुक हुन थालेको छ । ज्योतिषमा ग्रहहरुको पोजिसनका आधारमा व्यक्तिमा देखा पर्न सक्ने रोगव्याधिप्रति सचेत रहन भनिन्छ । र यसको उपचारका लागि कर्मकाण्ड भित्रका सांस्कृतिक अभ्याससहित आयुर्वेदिक उपचार पद्धतिलाई अपनाउन पनि भनिन्छ ।
आजभोलि राम्रो ज्योतिषीले व्यक्तिमा देखा पर्न सक्ने सम्भावित रोग व्याधिका बारेमा सचेत रहँदै आवश्यक पर्दा आयुर्वेद र एलोपेथिक उपचार पद्धतिको सहायता लिन भन्नु नै पर्छ । तथापी पूर्वीइ जगतमा आयुर्वेदबाट उपचार हुँदै आएको थियो र छ । तसर्थ आयुर्वेद प्रत्यक्ष रुपमा ज्योतिषीय कार्य नभए पनि ज्योतिषीको केही हिस्सामा आयुर्वेद ज्ञान आवश्यक पर्दछ । खगोलीय ग्रहका प्रभाव मानिसको स्वास्थ्यमा के कसरी पर्छ भनेर हेर्ने विधि ज्योतिषमा छ, जसलाई आजभोली ‘मेडिकल एस्ट्रोलोजी’ भनिन्छ । त्यसकारण यो उपचार पद्धतीभित्रको विधा हो ।
८. योग, ध्यान– योग, ध्यान, जपतप, तीर्थाटन प्रत्यक्ष रुपमा ज्योतिषको विधा नभएजस्तो देखिएता ज्योतिषीय पद्धतिमार्फत व्यक्तिलाई सन्तुलित बनाउन यी पक्ष अगाल्न सुझाव दिने गरिन्छ । खासगरी व्यक्तिको जीवनमा मानसिक पक्ष जटिल रहन सक्ने अवस्था कुण्डलीमा देखा परे ज्योतिषले यी विधालाई अपनाउन सुझाव दिने गरिन्छ । तसर्थ यो पक्ष ज्योतिष विधामा अभिन्न अंगका रुपमा जोडिन पुग्छ ।
९. अंक ज्योतिष– अंकहरुको समिश्रणबाट व्यक्तिको विश्लेषण गर्ने विधा अंक ज्योतिष हो । प्रारम्भमा यसको प्रयोग त्यत्ति धेरै नभए पनि आजभोली यसलाई एक हदसम्म प्रयोग गर्ने गरेको पाईन्छ । तथापी ज्योतिषको मुल प्रयोग जस्तो यो सही वैज्ञानिक नभएता पनि यसबाट पनि केही आँकलन भने अवश्य हुने गर्दछ ।
१०. तन्त्र विद्या– यसलाई केहीले तन्त्र ज्योतिष पनि भन्ने गर्छन् । तन्त्र साधना मनको शतप्रतिशत केन्द्रीकरण गरेर इच्छाएको कार्य सम्पन्न गर्ने विधा हो । यसको मुल तत्वभित्र अत्यन्त ठुलो शक्ति रहेको भए पनि यसको दुरुपयोगले यसलाई आलोच्य पनि बनाएको छ । साथै यसलाई अन्धविश्वाससंग जोडेर अभ्यास गरिंदा यो कुरितीको रुप धारण गर्न बाध्य भएको पनि छ ।
तर यसको नकारात्मक रुपलाई घटाउँदै सकारात्मक रुपलाई बढावा दिएमा यसभित्र ठुलो शक्ति अन्तर्निहीत रहेको हुन्छ । आजभोली एलोपेथिक उपचार अन्तर्गत मानसिक उपचारमा संलग्न चिकित्सकहरुले अनौपचारिक रुपमा बिरामीलाई तन्त्र उपचार विधीको सहायता लिन पनि सुझाव दिने गर्छन् । यद्यपी यस विषयलाई ती चिकित्सकहरु औपचारिक रुपमा स्वीकार्न भने तयार हुँदैनन् । तन्त्र विद्याको सही साधनाले असम्भव विषयलाई पनि सम्भव तुल्याउने गर्छ । यो विधा ज्योतिष विद्या अन्तर्गत एकहदसम्म प्रयोग हुने विधा हो ।
अन्तर्राष्ट्रिय अभ्यास
अन्तर्राष्ट्रिय दृष्टिबाट हेर्ने हो भने तीनवटा आयाममा ज्योतिषको प्रयोग भएको पाईन्छ । ज्योतिष विधालाई संसारको प्रायः सबै राष्ट्रमा स्वीकार गरेको देखिन्छ । जसमा पूर्वीय ज्योतिष, चिनियाँ ज्योतिष र पाश्चात्य ज्योतिष रहेका छन् । यी तीनवटा ज्योतिषमध्ये वैदिक ज्योतिष सबैभन्दा पुरानो ज्योतिष ज्ञान हो । आजभोली वैदिक ज्योतिषको ज्ञानलाई खासगरी पाश्चात्यहरुले नजिकबाट चियाउन थालेका छन् । वैदिक ज्योतिषको अभ्यास, नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, थाईल्याण्ड, अफगानिस्तान लगायतका भारतवर्षका देशहरुमा अधिकतम हुने गरेको छ । साथै आजभोली पाश्चात्य देशमा पनि वैदिक ज्योतिष अध्ययन गर्ने र अभ्यास गर्ने क्रम तिब्रतम भएको छ । जसरी योगप्रति विश्व मोहित भएको छ, वैदिक ज्योतिषतर्फ पनि उनीहरुको रुचि तिब्र रुपमा बढ्दै गएको देखिन्छ

No comments:
Post a Comment
धन्यवाद